Monday 28 October 2013

चराले गर्दा एक मात्र अन्तर्राष्ट्रि विमानस्थल बन्द

कार्तिक ११ - चराको भीड लागेकाले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घन्टा बन्द भएको छ ।
उडान सञ्चालन विभागका निर्देशक नरेन थापाका अनुसार बन्दका कारण दुई अन्तर्राष्ट्रिय जहाज अन्तै डाइभर्ट गर्नुपरेको थियो । त्यस्तै आधा दर्जन विमान आकाशमै होल्ड भएका थिए ।

विमानस्थलका अर्का निर्देशक विमलेश कर्णका अनुसार दसैंका बेला मासु तथा हाड जथाभावी फालिएकाले कोटेश्वर क्षेत्रमा चराको भीड देखिएको थियो । 'विमानस्थल बन्द भएपछि आबुधावीबाट आएको इत्तिहादको जहाज अवतरण नगरी लखनउ डाइभर्ट भयो । त्यस्तै कुन्मिङबाट आएको चाइना इस्टर्नको जहाज ढाका डाइभर्ट भयो,' कर्णले भने, 'होल्ड भएकाहरू विमानस्थल खुल्नासाथ अवतरण भए ।' अन्तर्राष्ट्रिय टर्मिनलका अनुसार डाइभर्ट भएका जहाज बेलुका ७ बजेपछि मात्र विमानस्थलमा अवतरण भएका हुन् ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार त्रिभुवन विमानस्थलमा सन् १९९० यता ८१ पटक चरा ठोक्किइसकेका छन् । यसअघि मनहरा पुल नजिकै भएको सीता एयर दुर्घटनाको प्रारम्भिक कारण 'चरा ठोक्किनु' लाई बताइएको थियो । यस्ता घटनाले ३ दुर्घटना निम्त्याएको छ । सन् १९९६ अक्टोबरमा थाई एयरवेजको एयरबस, सन् २०१० को सेप्टेम्बर २ मा विमान बंगलादेशको डीसी-१० दुर्घटनामा परेको थियो । त्यसैले केही समययता प्राधिकरणले विमानस्थलमा चरा धपाउन एक निकाय नै गठन गरेको छ ।
त्रिभुवन विमानस्थल नजिक रहेको फोहोर वाग्मती र मनहरा खोला, खेतीपाती, रूखबिरुवा र मानव बस्तीका काण चराको आगमन बढी छ । विज्ञका अनुसार जहाज प्रतिघन्टा १ सय ५०  किलोमिटरको गतिमा उड्दा ३ केजीको चरा ठोक्किए त्यसले असर १ वर्गफिटमा १ हजार ८ सय किलो ह्याम्मरले हिर्काए बराबरको ठक्कर दिन्छ ।

Thursday 24 October 2013

पाल्पामा जीप दुर्घटना ४ को गयो ज्यान

कार्तिक ७ - पाल्पा- जिल्लाको चिदीपानी-३ भुटुकेभन्ज्याङ्मा बिहीबार दिउँसो भएको जीप दुघर्टनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । ११ जना घाईते भएका छन् ।

दुघर्टनामापरी बहादुरपुर, २ की ६३ बर्षीया भूमीसरा बारघरे, जल्पा, ९ की २६ बर्षीया ज्ञानीसरा सारु,  जल्पा, ९ कै ८६ वर्षीय बदलसिंह सारु र जल्पा, ७ की ५० वर्षीय चन्द्रबहादुर बारघरेको मृत्यु भएको प्रहरीले जनाएको छ । भूमीसरा, ज्ञानीसरा र बदलसिंहको घटनास्थलमै र चन्द्रबहादुरको तानसेनस्थित मिसन अस्पतालमा उपचारको क्रममा मृत्यू भएको हो । चन्द्रबहादुर जीपका मालिक हुन् ।
चिर्तुङ्धाराको भारतीय पेन्सन क्याम्प चिलाङ्दीबाट पूर्वको जल्पा गाविस जाँदै गर्दा लु. १ ज १२३० नम्बरको जीप दुघर्टनामा परेको जिल्ला प्रहरी प्रमुख स्थानेश्वर रेग्मीले बताए । दुघर्टनामा परी देवीनगरका धर्मराज कुँवर, जल्पाकी ममता कुँवर, सोही गाविसकै कृष्ण राना, शेरचन सारु, भीमकुमारी सारु, बहादुरपुरकी उमीसरा मगर, हुमिनका बसन्त रसाईली, बहादुरपुरकै टेकबहादुर ढेगा, हुमिनकी देवी कुमारी राना, बहादुरपुरका नरबहादुर बारघरे, चिदीपानीका मनोहर पुरी घाईते भएका छन् । घाईते सवैलाई तानसेनस्थित मिसन अस्पतालमा उपचारका लागि ल्याइएको छ । दुघर्टनाग्रस्त जीप सडकदेखि सय मिटरतल खसेको स्थानीयले बताए । दुघर्टनाको कारण नखुलेको प्रहरीले जनाएको छ ।

रहेनन् डा. वाग्ले

काठमाडौ, कार्तिक ७ - एपेन्डिक्स क्यान्सरबाट ग्रस्त डा. चित्रप्रसाद वाग्लेको बिहीबार निधन भएको छ । उनी राजधानीको धापासीस्थित ग्रान्डी अस्पतालको आईसीयूमा भर्ना थिए ।  अस्पतालका अनुसार अपरान्ह १२ बजेर ५ मिनेटमा उनको निधन भएको हो ।

अर्घाखाँचीमा लामो समय स्वास्थ्य सेवामा बिताएका वाग्ले त्यहाँका जनता माझ अत्यन्तै लोकप्रिय थिए । उनको उपचारका लागि देश विदेशबाट नेपालीहरुले सहयोग गरेका थिए ।
क्यान्सर शरीरको विभिन्न भागमा फैलिसकेका कारण उनको अवस्था गम्भीर बन्दै गएको थियो । उनले केही समय अगाडि नयाँ दिल्लीमा पनि उपचार गराएका थिए ।

Wednesday 23 October 2013

सन्नी लियोनी भनाइ एडल्ट फिल्म खेल्न छोडिसकेँ"

कार्तिक ६ - भारतीय रियालिटी टिभी सो 'बिग बोस' को छैटौं संस्करणमा निम्त्याइएकी एक सदस्य सनी लियोनीले त्यस बेला ठूलो चर्चा पाइन् । कारण थियो उनको परिचय । एडल्ट फिल्म नायिकालाई 'बिग बोस' मा भित्र्याएपछि त्यसले सांस्कृतिक विचलन ल्याउने अड्कलसहित विरोधका स्वर चर्किए । तर सनीलाई भारतले विरोध गरे पनि बलिउडले भने स्वागत गर्‍यो । पूजा भट्टले उनलाई 'जिस्म २' मा खेलाइन् । यति बेला तीन-तीन फिल्म 'टिना एन्ड लोलो,' 'रागिनी एमएमएस २' र 'ज्याकपट' मा व्यस्त सनीले आफूले पूर्व पेसालाई त्यागिसकेको दाबी गरेकी छन् ।

'एडल्ट फिल्म खेल्ने विचार त मैले बिग बोसको घरमा छिर्ने भएपछि नै त्यागिसकेकी हुँ' तर उनी भने एडल्ट फिल्म खेल्दाको इतिहासले आफूलाई कहिल्यै पछुतो नहुने पनि जिकिर गर्छिन् । 'एडल्ट फिल्म खेलेर मलाई कुनै पछुतो छैन । ती फिल्म नखेलेको भए मैले आजको स्थानमा आउने पनि थिइनँ ।' उनले एडल्ट फिल्म खेल्ने बारेमा परिवारलाई समेत जानकारी गराएको र पतिको त साथ सहयोग नै मिलेको अनुभव पनि सुनाउँछिन् ।
विगतबारेमा गुनासो नभए पनि यति बेला भने सनी आफ्नो परिचय बदल्न खुब लागिपरेकी छन् । क्यानाडाकी सनी यति बेला मुम्बईमै बस्नका लागि घरको खोजीमा छिन् । छोटो समयकी पाहुना मान्दै आएको बलिउडका लागि सनीले विश्वास दिलाउन भनिन्, 'पतिसँगै बस्नका लागि यहीं घर किन्न खोज्दै छु भने म किन फर्किन्छु
र ?' त सनीले आफूलाई बच्चाबच्ची जन्माएर परिवारसाथ बस्ने इच्छा पनि रहेको बताएकी छन् । उनले आफूलाई घृणा गर्नेको भन्दा माया गर्नेको संख्या बढिरहेको बताउँदै भारतमा पश्चिमा मुलुकमा जस्तो पोर्न फिल्म उद्योग सम्भव नभएको पनि ठान्छिन् । 'यहाँका मान्छे परम्परागत छन् । पोर्न फिल्म लुकिछिपी हेर्छन् होला तर यसको मतलब उनीहरू यस्ता फिल्म व्यावसायिक रूपमै बनुन् भन्नेचाहिँ चाहँदैनन् । पश्चिमा मुलुकमा पनि तपाइर्ंले सोचेजस्तो समाज त्यति उदार पनि छैन जहाँ खाना खाँदा पनि सेक्सबारेमा कुरा होस् ।

Tuesday 22 October 2013

How to use condom ( Sunny Leone will teach you )





जयन्तप्रसादले खोले नेपाली सेनाको रहस्य

नेपालका लागि पूर्व भारतीय राजदुत जयन्तप्रसादले नेपाली सेना जनताको मनोबिज्ञान र चाहनाअनुसार चल्ने भएकाले आसन्न संविधानसभाको चुनाव सन्दर्भमा सैन्य हस्तक्षेप अथवा कुनै अनर्थको आशंका नरहेको बताएका छन् ।

'दोस्रो जनआन्दोलन उत्कर्समा पुगेका बेला र जनताले दरबार घेरिसकेका बेला तत्कालिन प्रधानसेनापति (रुक्मागत कटुवाल)ले राजा ज्ञानेन्द्रलाई गद्दी त्याग्न सुझाव दिएका थिए,'इन्स्टिच्युट अफ पिस एण्ड कन्फिलक्ट स्टडिजले आयोजना गरेको 'आजको नेपाल' बिषयक प्रवचनमा टिप्पणीकर्ता रहेका पूर्व राजदुत प्रसादले भने-'म आफ्ना दाजुभाइ(सिटिजन)लाई गोली हान्न सक्दिना, बरु तपाईले गद्दी त्याग गर्नुहोस् भन्ने सुझाव प्रधानसेनापतिले दिएका थिए ।' नेपाली सेना कानूनी दफा अथवा अरु आधारभन्दा जनताको इच्छा र सोचाइमा परिचालित हुनेतर्फ पुर्व राजदुतको संकेत थियो ।
कुटनीतिक जानकार डा.निश्चलनाथ पाण्डेले आसन्न निर्वाचन र संविधान लेखनको संभावनामा मन्तव्य राखेपछि पूर्व राजदूत राजनले 'नेपालको भविष्यमा निराशाबादी हुनुभन्दा आशा र संभावनाको दृष्टि राख्नु' उपयुक्त भनी टिप्पणी गरेका थिए । नेपालमा चल्ने गरेको विदेशी हस्तक्षेपको प्रभाव र हल्लाका बारेमा पूर्व राजदूतले 'मुलुकका राष्ट्रिय नेताले गर्ने व्यवहार आधारमा हस्तक्षेपको अर्थ निर्दिष्ट हुने' बताए ।
पुर्व राजदूत प्रसादले आसन्न संविधानसभाको निर्वाचन पछि प्रतिबद्धताअनुसार संविधान लेखिन नसकेमा राजनीतिक दलका यिनै नेताहरु फेरि फर्केर जनतासामु जान नसक्ने टिप्पणी गरेका थिए । 'अबका दिनमा राजनीतिक दलका नेताहरु संविधान लेखनको प्रकृया बाहिर जानै सक्दैनन, यो जीवनमरणको सवाल हो,'उनले भने । उनले निर्वाचन बाहिर रहेका ३३ दलमा बैद्य समुहबाहेक अधिकांसको हैसियत गत संविधानसभाअनुसार 'प्रभावहीन' रहेको टिप्पणी गरेका थिए । उनले मधेशमा बिगतमा रहेका ३ वटा मुख्य दल फुटेर अहिले १४ वटा बनिसकेको सन्दर्भ उल्लेख गर्दै 'तर चुनाव भएको अवस्थामा संविधान लेखिनेमा आफू ढुक्क रहेको' बताए । चुनाव नभएको अवस्था अथवा संविधान लेखिन नसकेको अवस्थामा नेपालमा सेनाले हस्तक्षेप गर्न सक्ने संभावनाको बहसमाथि पुर्व राजदूतले दोहोर्याउँदै 'असम्भव' भनी टिप्पणी गरेका थिए ।   
भारत र चीन दुबैले नेपालको शान्ति र स्थिरता चाहेको भन्दै दुबै मुलुकसाग सहकार्य गरेर अघि बढ्न प्रसादले सुझाव दिएका थिए । दुइ महिनाअघि मात्रै आफ्नो कार्यकाल पुरा गरेर काठमाडौंबाट फिरेका राजदूत जयन्तप्रसादले प्राकृतिक सम्पदा र जलस्रोतका आधारमा नेपाल एशियाकै सम्पन्न मुलुक बन्न सक्ने बताएका थिए । 'राजनीतिमा पनि नेपालले विश्वलाई हुने गरी नमूना काम देखाएको छ,'उनले भने'आफ्नै दलका बिद्रोही लडाकुलाई आफ्नै माओवादी सरकारअन्तर्गत सेना समायोजनमा लगेर शान्ति प्रकृयामा अद्भुत काम भएको देखिने नेपाल मात्रै हो ।'
सेन्टर फर साउथ एशियन स्टडिजका निर्देशक डा.पाण्डेले नेपालको आसन्न संविधानसभा निर्वाचनको परिणाममा कुनै दलको बहुमत नआए र फेरि पनि संयुक्त सरकारको स्थिती रहेमा संविधान लेखन असम्भव हुने धारणा राखेका थिए । अर्का वक्ता जवाहरलाल नेहरु विश्वबिद्यालयका रिसर्च स्कलर प्रमोद जैसवालले बिगतमा झैं यसपटक पनि मधेश राजनीतिको केन्द्र कायम रहेको धारणा राखेका थिए ।

करिना भोकै बस्ने नसक्ने

कार्तिक ५ - बलिउड बेबो करिना कपुरको जिरो फिगरमा लोभिनेहरूलाई थाहा नहुन सक्छ कि उनी नखाइकन बस्नै सक्दिनन् । स्लिम बन्नका लागि फास्टिङ गर्ने धेरै भेटिन्छन् । त्यसैले पनि धेरैलाई दुब्ली करिनाका लागि खाना यति महत्त्वपूर्ण होला भनेर विश्वास गर्न गाह्रै  पर्न सक्छ । तर करिना त खानाका लागि यतिसम्म झोडी छन् कि पतिका लागि व्रत बस्ने बारेमा पनि उनको विश्वास छैन ।

'पतिप्रति प्रेम दर्शाउनका लागि भोकभोकै बस्नु जरुरी ठान्दिनँ,' गत वर्षमात्रै नायक सैफअली खानसँग विवाह गरेकी करिनाले थपिन्, 'भोजनबिना म बस्नै सक्दिनँ । किन कि म कपुर हुँ ।' मंगलबारको कर्वा चौथको व्रतबारे मिडियाले धारणा बुझ्न खोज्दा करिनाले  यस्तो प्रतिक्रिया दिएकी हुन् । त्यसो भए उनले चाहिँ कर्वा चौथलाई कसरी मनाउलिन् त ? भन्छिन्, 'भोकै बसेकै भरमा माया गरेको हुन्छ जस्तो मलाई लाग्दैन । त्यसैले पनि म व्रत बस्दिनँ । बरु मज्जाले खाएर, काम गरेर अनि रिलिजका क्रममा
रहेका आफ्ना फिल्मको प्रोमोसनमा जुटेर मनाउनु पर्ला ।'
सन् २००० मा 'रिफ्युजी' खेलेर फिल्मी अभिनयमा छिरेकी करिनाले छोटो समयमै आफ्नो ग्ल्यामर र एक्टिङको जादूले बलिउडकी नम्बर एक नायिका बन्न सफल भइसकेकी छन् । पछिल्ला फिल्म 'हिरोइन' र 'सत्याग्रह' ले सोचेअनुरूप व्यापार गर्न नसके पनि  करिनाको अवस्था भने अझै मजबुत नै देखिन्छ । बिहेपछि पनि उनले आफ्नो सौन्दर्यतालाई कायमै राखेको बेलामा खानाको मामिलामा आफू उदार रहेको टिप्पणीले उनको फिटनेसको रहस्यलाई अझै बढाएको छ

गल्ती प्रमाणित भए झुण्डिन तयार( प्रचण्ड )

कार्तिक ५ - एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले १२ बर्षे शसस्त्र युद्धको जिम्मेवारी आफूले लिने बताउँदै गल्ती प्रमाणित भए झुण्डिन तयार भएको अभिव्यक्ति दिएका छन् । गैर आवासीय नेपाली (एनआरएन) को काठमाडौं जारी सम्मेलनमा बोल्दै उनले विद्रोहको बेलामा गरेको प्रत्येक घटनाको जिम्मेवारी लिने बताए

'हिजो गरेको गल्तीको छानबिनको लागि सत्यनिरुपण तथा मेलमिलाप आयोगको व्यबस्था गरिएको छ', उनले भने,'गल्ती प्रमाणित भए म झुण्डिनँ तयार छु ।'
सम्मेलनमा समृद्ध नेपालको लागि आर्थिक एजेण्डा बिषयक अन्तक्रिर्यामा मन्तव्यका लागि मञ्चमा पुगेका दाहाललाई सहभागीहरुले सशस्त्र युद्ध, माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारलगायत बिषयमा प्रश्न सोधेका थिए ।
कार्यक्रममा दाहालसहित कांग्रेसका शुशिल कोईराला, संघीय समाजवादी पार्टी अध्यक्ष अशोक राईलगायत नेताहरुले समृद्ध नेपालको लागि गैर आवासीय नेपालीहरुको भूमिका महत्वपूर्ण हुने धारणा राखेका थिए ।

जीप दुर्घटनामा ८ को ज्यान गयो

कार्तिक ५ - पर्वतको लेखफाँट लोप्रेकदेखि म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको गरेको यात्रुवहाक जीप मंगलबार बिहान  दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । लेखफाँट गाविस २ खोलाखेत नजिकै सल्लेरीमा बिहान १० बजे ग १ ज ५१२० नम्बरको जीप सडकबाट ३ सय  ५० मीटर तल पल्टेकाे हाे । जीपमा २० जना सवार थिए । १ जना बच्चा सहित ९ जना गम्भीर घाइते भएका छन ।
दुर्घटना भएको जीप क्षत विक्षत भएको उद्धारमा गएका लेखफाँट १ का मोहदत्त सुवेदीले बताए । भीरमा खसेकोले उद्धार गर्न पनि कठिनाइ भएको उनले जानकारी दिएका छन् । घाइते र मृतकको पहिचान भइनसकेको सुवेदीले बताए ।
घटनास्थल मुख्य सडकदेखि टाढा र ग्रामीण क्षेत्रमा पर्छ । उक्त स्थानमा प्रहरी चौकी मिलनचोक र जिल्ला प्रहरी कार्यालयदेखि उद्धार टोली खटाइएको प्रहरी नायव उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।
घाइतेलाई प्रारम्भिक उपचारका लागि बेनी पठाइएको छ भने मृतकको शव उठाउने तयारी भइरहेको छ । लेखफाँट, माँझफाँट लगायतका स्थानीय वासिन्दा, नजिकका प्रहरी चौकीका जवान समेतले घटना स्थलको उद्धार गरिरहेका
छन् ।

Monday 21 October 2013

मंगलमा पुग्न भारत र चीनबीच होडबाजी

अन्तरीक्षमा बर्चस्व कायम गर्न एसियाली शक्ति राष्ट्रबीच होडबाजी हुने भएको छ । मंगल ग्रहमा एक यान पठाउने योजना भारतले बनाएसँगै यस्तो होडबाजी हुने देखिएको हो ।
भारतीय अन्तरीक्ष संगठन इसरो मंगल ग्रहमा एक अन्तरीक्षयान पठाउनका लागि अन्तिम चरणको तयारीमा जुटेको छ । यो अभियानको मुख्य उद्देश्य भारतीय अन्तरीक्ष प्रविधिको परीक्षण गर्नु हो जसबाट अन्तरीक्षमा कदम बढाइसकेको भारत अन्य ग्रहको अभियानका लागि पनि सक्षम छ छैन भन्ने कुरा थाहा पाउन सकिनेछ ।
भारतले पठाउन लागेको अन्तरीक्ष यानले मंगल ग्रहको मौसम तथा सतहका बारेमा वैज्ञानिक जानकारी जुटाउनेछ ।
मंगलयानको प्रक्षेपण यसअघि अक्टोबर २८ मा प्रस्ताव गरिएको भएपनि प्रशान्त महासागरमा खराब मौसमका कारण अधिकारीहरुले यो अभियानलाई पछि सारेका छन् । मानवरहित यो यान आउँदो नोभेम्बर १९ सम्ममा प्रक्षेपण हुने अनुमान गरिएको छ ।
यदि मंगल ग्रहमा यान पठाउने कुरामा सफलता पाएमा भारतले आफ्नो अन्तरीक्ष अभियानमा चीन र जापानलाई पछि पार्दै मंगल ग्रहमा पुग्ने चौथो राष्ट्र बन्नेछ । यसअघि अमेरिका, युरोपेली अन्तरीक्ष एजेन्सी तथा रुसले आफ्ना यान मंगल ग्रहमा पठाइसकेका छन् ।
स्मरण रहोस् चीनले सन् २०११ मा मंगल ग्रहमा एक यान प्रक्षेपण गर्ने प्रयास गरेपनि सफल भएको थिएन । भारतले सन् २००८ मा चन्द्रमामा यान पठाएको थियो । भारतले मंगल ग्रहमा यान पठाउने योजना बनाइरहेका बेला चीनले भने चन्द्रमामा ठूलो संख्यामा रोबोटिक जाँच अभियान संचालन गर्ने महत्वाकांक्षी योजना बनाएको छ । त्यस्तै चीनले पनि मंगल ग्रहमा एक यान पठाउने तयारी गरिरहेको छ । जापान एसियाली क्षेत्रको सबैभन्दा पुरानो अन्तरीक्ष अभियानकर्ता हो र उसले मानव रहित अन्तरग्रहीय अन्तरीक्ष अभियानको अनुभव हासिल गरेको छ । तर जापानले तत्काल मंगल ग्रहमा कुनै यान पठाउन लागेको भने छैन ।

पहिलो संबिधानसभा असफल नभएको राष्ट्रपतिको भनाइ

काठमाडौ, कार्तिक ४ - राष्ट्रपति रामवरण यादवले पहिलो संविधानसभा असफल नभएको दाबी गरेका छन् । उनले संविधानसभाको चार वर्षे कार्यकालमा महत्वपूर्ण काम भएको उल्लेख गरे ।

'पहिलो संविधानसभा पूर्णरुपमा फेलियर भएको होइन,' गैरआवासीय नेपाली संघ -एनआरएनए)को विश्व सम्मेलनलाई सोमबार राजधानीमा उदघाटन गर्दै राष्ट्रपतिले भने, 'पहिलो संविधानसभाले धेरै महत्वपूर्ण काम पनि गरेका छन् ।'
राष्ट्रपति यादवले परिवर्तनलाई संस्थागत गर्दै संविधानसभाको पहिलो बैठकले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको बताए । 'यसै संविधानसभाबाट चार-चारवटा सरकार बने,' ब्यङ्ग्य मिसाउँदै उनले भने, 'तिनै सरकारले लडाकु तथा हतियार व्यवस्थापनका काम गरेर सशस्त्र द्वन्द्व समापनको औपचारिक घोषणा गरेको छ ।'
राष्ट्रपतिले पहिलो संविधानसभाले पारिवारिक राजसंस्थाको अन्त्य गरि राष्ट्राध्यक्षमा जनताको छोरालाई निर्वाचित गर्नेजस्ता धेरै काम गरेको बताए । 'धेरै उपलब्धी भए,' उनले भने, 'मुल कुरा संविधान बन्न सकेन ।' उनले आगामी महिना हुने दोस्रो संविधानसभाले मुलुकलाई नयाँ संविधान दिने विश्वास व्यक्त गरे ।
एनआरएनए विश्व सम्मेलनलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेले एनआरएले आर्थिक-कुटनीतिक सहयोगीको भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले सरकारले एनआरएनसँग मिलेर काम गर्न चाहेको उल्लेख गर्दै नेपाललाई समृद्ध बनाउन पहल गर्न आग्रह गरे ।
एनआरएनए संस्थापक उपेन्द्र महतोले मातृभूमिलाई आफैंले विकास नगरेसम्म विदेशी पनि नआउने बताए । उनले नेपालमा धेरै सम्भावना रहेको उल्लेख गर्दै राजनीतिक स्थिरता कायमका लागि सचेत हुन राजनीतिक नेतृत्वलाई आग्रह गरे ।
एनआरएका निवर्तमान अध्यक्ष जीवा लामिछानेले लगानीको वातावरण बनाउन सरकारले गरेका विभिन्न निर्णयले उत्साहित तुल्याएको बताउँदै दोहोरो नागरिकतालगायतका विषयमा अब बन्ने संविधानले सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले नेपालमा लगानीका लागि एनआरएनले पुर्‍याएको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।
विश्व सम्मेलनमा सोमबार र मंगलबार विभिन्न कार्यपत्रमाथि छलफल हुने कार्यक्रम छ

सेनाको गोली छातीमा थाप्ने लिङ्देनको धम्की

४ कात्तिक, काठमाडौं । सक्रिय चुनाव बहिस्कारको घोषणा गरेको ३३ दलीय मोर्चामा आवद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङदेनले निर्वाचनमा सेना परिचालन गरिएकोमा आपत्ति जनाउँदै सेनाको गोली
छातीमा थाप्न तयार रहेको बताउनुभएको छ ।
चुनावको सुरक्षाका लागि नेपाली सेना फिल्डमा खटिएको भोलिपल्टै
सोमबार लिङ्देनले प्रेस वक्तव्यमार्फत् यस्तो धम्की दिनुभएको हो । लिङदेनद्वारा जारी वक्तव्यमा भनिएको छ- ‘नेपाललाई बचाउन संघीय सहअस्तित्ववादी बिचार धारा र सबै दल सहभागी हुनको लागि चैत्रमा चुनाब गरौं भन्ने आवाज उठाउँदा नै सेना ,सशस्त्र, प्रहरीको गोली खानु पर्ने हो भने ती गोलीहरु छातीमा थाप्न र गोली, बारुदलाइ चिर्दै नौ जिल्ला लिम्बुवानको आन्दोलनलाइ अझ उचाइका साथ अघि बढाउन सदा तत्पर रहेको उद्घोष गर्दछौं ।’ लिङ्देनले मंसिर ४ को चुनाव सक्रियरुपमा बहिस्कार गर्ने जनाउनुभएको छ ।
कति छ कुमार लिङ्देनको शक्ति ?
पूर्वी नेपालमा क्षेत्रीय पार्टीका रुपमा रहेको कुमार लिङ्देनको चुनाव बहिस्कारसम्बन्धी गतिविधि वैद्य माओवादीको भन्दा प्रभावकारी हुन सक्ने ३३ दलको विगतको आन्दोलन र गत चुनावमा लिङ्देनको दलको लिम्बुवान क्षेत्रमा देखिएको प्रभावबाटै आँकलन गर्न सकिन्छ । र, यही कारणले सरकारले मेची अञ्चलका सबै र कोशीका धनकुटा तेह्रथुम लगायतका जिल्लालाई संवेदनशील जिल्लाका रुपमा राखिसकेको छ ।
यतिबेला वैद्य माओवादीतिर लागेर निर्वाचन बहिस्कार गरेको लिङ्देनको मञ्चसम्वद्ध लिम्बुवान राज्य परिषद्ले अघिल्लो चुनावमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको ब्यानरमा चुनाव लडेको थियो । लिङ्देनको पार्टी देशभरिबाट कुल ३६ हजार ६० मत ल्याएर १८ औं स्थानको दलका रुपमा स्थापित भएको थियो । त्यसबेला उसले प्रत्यक्षतर्फ करिब ४० सीटमा उम्मेद्वारी दिएको थियो भने समानुपातिकमा ९४ जनाको सूची निर्वाचन आयोगमा बुझाएको थियो । अहिल कुमार लिङ्देनले नेतृत्व गरेको मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद् सोही मञ्चको एउटा प्रमुख हाँगो हो । अझै पनि यो दलको प्रभाव मेची र कोशीका केही जिल्लाहरुमा चौथो शक्तिका रुपमा छ ।l
गत चुनावमा ताप्लेजुङमा लिङदेनको दलले ४ हजार ३ सय मत ल्याएर चौथो दलको रुपमा आफूलाई उभ्याएको थियो । पाँचथरका दुबै क्षत्रेमा उसले ७ हजार मत ल्याएर एमाओवादी, कांग्रेस र एमालेपछिको चौथो दल बनेको थियो । कुमार लिङदेनले पाँचथर २ मा ४ हजार ९९ मत ल्याउनुभएको थियो । त्यसैगरी इलाम जिल्लामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले लगभग २२ सय मत पाएको थियो । झापामा पहाडको भन्दा थोरै मत आएको थियो । झापामा लिङ्देनको दलको मत ५ हजारभन्दा बढी थियो ।
त्यसैगरी लिङदेनको पार्टीले गत चुनावमा तेथ्रथुममा पनि चौथो दलको स्थान पाएको थियो । त्यहाँ उसले १७ सय मत पाएको थियो । धनकुटामा ३ सय ८७, मोरङमा २३ सय र सुनसरीको एउटा क्षेत्रमा २ सय ९७ मत आएको थियो ।
चुनावमा भाग लिएका सन्दर्भमा उसको यो मत खासै प्रभावकारुी नभए पनि मेची र कोशीका ९ जिल्लामा निर्वाचन विथोल्न वा बन्द हड्ताल गर्नका लागि कुमार लिङ्देनको यो शक्तिलाई सामान्य ठान्न मिल्दैन ।
छापामार शैलीले गर्ने वितन्डताहरुका लागि यो शक्तिलाई नजर अन्दाज गर्न मिल्दैन । चुनावै लड्दा पनि मेची र कोशीका पहाडी क्षेत्रमा कुमार लिङ्देनको पार्टी अहिले पनि एमाओवादी, कांग्रेस र एमालेपछिको चौथो शक्तिमा आउन सक्ने अनुमान गर्न सकिन्छ । किनभने उसले जातीय नाराका आधारमा विगतको तुलनामा पूर्वमा आफ्नो संगठन थप विस्तार गरेको छ ।

विगतको चुनावमा लिङदेनको मञ्चले बाँके, दाङ, मकवानपुर, सिन्धुपाल्चौक, काभ्रे, ललितपुर, नुवाकोट, सिन्धुली, रामेछाप, दोलखा, सप्तरी र सिरहामा पनि उम्मेद्वारी दिएको थियो । उही देव्यापी भोटका आधारमा रुक्मिणी चौधरी र राजकुमार नाल्बो सभासद बनेका थिए । तर, यतिबेला नाल्बो र चौधरी दुवैले लिङदेनको साथ छाडिसकेका कारण सप्तकोशी भन्दा पश्चिमका जिल्लामा लिङ्देनको प्रभावकारी शक्ति छैन । चुनाव विथोल्ने उसको शक्ति भनेको कोशी नदी पूर्वमात्रै हो ।
तर, लिम्बुवानमा मात्रै लिङ्देनको प्रभाव भए पनि खम्बुवान क्षेत्रमा खम्बुवान राष्ट्रिय मोर्चासमेत ३३ दलमा रहेकाले त्यहाँको चुनावी सुरक्षा पनि चुनौतीपूर्ण छ । तर, खम्बुवानका आन्दोलनकारीहरु लिम्बुवानमा जस्तो आक्रामक छैनन् ।
३३ दलीय मोर्चाको नेतृत्व गरिरहेको वैद्य समूहमा नेता र कार्यकर्ता रहे पनि संघीय लिम्बुवान राज्य परिषदको जस्तो बहिस्कारका लागि उनीहरु खासै आक्रामक देखिएका छैनन् । त्यसैले आगामी चुनावमा पूर्वी नेपालको यो शक्ति वैद्य भन्दा पनि कडा चुनौती बन्न सक्छ भन्ने कुरा लिङदेनको सोमबारको वक्तव्यले प्रष्ट पारेको छ 

शिल्पाले डेढ बर्ष फिल्म नखेल्ने

वर्षौं अभिनेत्री बन्दा पनि कमाउन नसकेको चर्चा शिल्पा सेट्टीले छोटो समयमै पाइन्, बेलायती टिभी रियालिटी शो 'बिग ब्रदर' जितेपछि । सन् १९९३ मा 'बाजिगर' बाट फिल्मतिर तानिएकी यी अभिनेत्रीले फिल्म नखेलेको धेरै भयो ।
भारतीय मूलका बेलायती व्यवसायी राज कुन्द्रासँग विवाह गरेपछि शिल्पाले फुलफ्लेज अभिनेत्रीका रूपमा क्यामेरा फेस नगरेको सन् २००७ को 'अपने' पछि हो । बीचमा तीन फिल्ममा उनले झुल्किने काम मात्रै गरिन् । गत बुधबार मात्रै मुम्बईको जुहुस्थित निवासमा लुटेरा घुसेर एक लाख बराबरको धनमाल लगेपछि समाचारमा आएकी शिल्पा शनिबार भने आफ्नै पतिको पुस्तक विमोचनमा देखिइन् । उक्त कार्यक्रममा उनले आफू अझै डेढ वर्ष अभिनयमा नफर्किने बताइन् ।
'कम्तीमा पनि डेढ वर्ष कुर्नेछु,' डेढ वर्षे छोराकी ३८ वर्षीया आमाले भनिन्, 'जति बेलासम्म छोराले मसँग कुरा गर्न सक्ने हुन्छ, मेरो कामलाई बुझ्न सक्ने हुन्छ, त्यति बेला मात्रै कमब्याक गर्ने वा नगर्ने भन्ने सोच्न सक्छु ।' त्यतिन्जेल उनी सानो पर्दाकै काममा  रमाउँछिन् रे । डान्स रियालिटी शो 'नाच बलिए ५' को निर्णायक बनिसकेकी शिल्पा यति बेला उक्त शोको नयाँ सिजनमा समेत रहने लगभग पक्का भइसकेको छ ।
'टिभीमा काम गर्न सजिलो छ, फिल्मले बढी समय खाइदिन्छ, त्यसैले केही वर्ष छोराकै लागि समय दिनेछु,' शिल्पाले भनिन्, जो अभिनयमा फर्किन हतार नगर्ने भए पनि निर्माणमा भने यसै वर्षदेखि लागेकी छन् ।

Sunday 20 October 2013

पुरुस भन्दा महिलाले छिटोछिटो हस्तमैथुन गर्छन

महिलाहरूको यौन अङ्ग विशेष गरेर अलि भित्र तिर

हुने भएको हुनाले होला कतिपय महिलाहरूले
पुरुषको दाँजोमा आफ्ना यौन अङ्गहरूलाई
राम्ररी नियालेर हेरेका हुँदैनन्। आफ्नै
अङ्गहरूका बारेमा आधारभूत जानकारी राख्नु आवश्यक
कुरा हो। हस्तमैथुनको थालनी आफ्नो शरीरबारे,
त्यसमा पनि विशेषगरी यौनअङ्गबारे जानकारी पाउने
कार्यमा सहयोगी हुन सक्छ। विशेष गरेर
किशोरावस्थामा यौन चाहना तीव्र हुँदा हस्तमैथुन
यौनेच्छा शान्त पार्ने एक राम्रो विकल्प हो।
महिलाहरूले हस्तमैथुन गर्दैनन् भन्ने ठान्नेहरू पनि छन्
तर महिलाहरूले पनि हस्तमैथुन गर्ने गर्छन्। किन्सेले
गरेको अध्ययनमा सोधिएकामध्ये ९२ प्रतिशत पुरुषले
हस्तमैथुन गरेको कुरा बताएका थिए भने ६२ प्रतिशत
महिलाहरूले, तर पछि गरिएका अध्ययनमा ८२
प्रतिशत महिलाले हस्तमैथुन गरेको अनुभव
भएको बताएको छन्।
महिलाले कसरी हस्तमैथुन गर्न सक्छन् ?
महिलामा प्रत्यक्ष रूपमा योनिलाई नै यौनअङ्ग
ठानिन्छ। महिलाहरूमा योनिबाहेक अन्य विभिन्न
अङ्गहरू पनि यौनको दृष्टिकोणले संवेदनशील हुन्छन्।
जस्तै कि भगक्षेत्र, ठूलो तथा सानो भगोष्ठ, भगाङ्कुर,
स्तन। त्यसदेखि बाहेक मुख तथा अधर, नितम्ब, गुदद्वार,
मलाशय, चर्म ९छाला० लाई हामीले यौन
अङ्गका रूपमा लिने नगरे पनि हामीले पाउने
धेरैजसो यौन सुख यही अङ्गबाट प्राप्त
गरिरहेका हुन्छौं। जाँध, तिघ्राको भित्री भाग,
धाँटी, काखी यौन संवेदनशील हुनसक्छन्।
स्पर्शको अनुभूति विभिन्न किसिमको हुन सक्छन् जस्तै
कि मर्दन, हल्का स्पर्स, सुम्सुम्याइ आदि।
पुरुषको भन्दा महिलाहरूको हस्तमैथुन गर्ने
तरिकामा विविधता बढी हुन्छ। महिलाहरूले विभिन्न
यौनअङ्गहरूलाई प्रयोगमा ल्याई हस्तमैथुन गर्ने
देखिएको छ। हस्तमैथुन गर्दा यौन परिकल्पना एक
महत्वपूर्ण पक्ष हो। हस्तमैथुन गर्दा आफूले चाहेअनुरूप
यौन क्रियाकलापमा संलग्न व्यक्ति, स्थान
अनि आसनको कल्पना गर्न सकिन्छ र यसमा मानसिक
पक्ष सबल रूपमा जोडिएर आनन्द झन् थपिन्छ।
भगाङ्कुर चलाउनुः भगाङ्कुर चलाउनु वा यसको घर्षण नै
महिला चरमसुखमा पुग्ने सबैभन्दा महत्वपूर्ण यौन
क्रियाकलाप हो। यस्तै ९० प्रतिशत महिलामा यौन
संवेदनशीलताको केन्द्रका रूपमा यो नै हुन्छ। आफूलाई
सजिलो लाग्ने वा मन पर्ने कुराले यसलाई चलाउन
सकिन्छ। चलाउने वा घर्षण गर्नेदेखि बाहेक दबाब दिने,
विस्तारै हल्लाउने वा जोडले हल्लाउने वा यसलाई कुनै
वस्तुमाथि थिच्ने जस्ता अनेक उपाय गर्न सक्नुहुन्छ।
पानीको हल्का फोहराको प्रयोगलाई पनि कतिपय
महिलाहरूले विशेष उत्तेजना प्रदान गर्ने
कुराको रूपमा लिएका छन्।
योनिमा केही पसाउनुः योनिमा केही पसाएर यौन
आनन्द लिन सकिन्छ। यसो गर्दा योनिमा पर्याप्त
मात्रामा रस आइसकेको हुनुपर्छ र यौन
उत्तेजना हुँदा यो स्वाभाविक रूपमा नै हुन्छ।
यस्तो नभएको स्थितिमा अन्य कुनै
चिप्लो पदार्थको प्रयोग भने बिर्सनुहुँदैन।
यस्तो पसाउने कुरा सफा भएको कुरा सुनिश्चित
गर्नुपर्ने हुन्छ।
यौन प्रसाधनको प्रयोगः भगाङ्कुर होस वा योनि,
हस्तमैथुनमा औंलाको प्रयोग नै महत्वपूर्ण हुन्छ।
औंला बहुउपयोगी हुने भएको हुनाले नै चाहेअनुरूप दबाब,
गति, तरिकामा प्रयोग गर्न सकिन्छ जसले आनन्द थप्छ
नै। यीदेखि बाहेका महिला शरीरको अन्य
अङ्गहरूको स्पर्श, मर्दन वा सुम्सुम्याई यौन आनन्द
पाउने कुरामा सहायक नै हुन्छन्।
अचेल यसरी यौन आनन्द लिने क्रममा महिलाहरूले यौन
प्रसाधन वा वस्तुहरू पनि प्रयोग गर्न सक्छन्।
कतिपयले पुरुषको लिङ्ग आकारको कृत्रिम
वा प्राकृतिक वस्तु पनि प्रयोग गर्ने गर्छन्।
अंग्रेजीमा ९भ्राइबेटर० भनिने यौन प्रसाधन
विभिन्न किसिमको आकार तथा प्रकारमा पाइन्छन्।
तुलनात्मक रूपमा यसको प्रयोगले यौन आनन्द प्राप्त
गर्न सजिलो भएको हुनाले पनि यसलाई
कयौं महिलाहरूले मन पराएका पनि छन्।
केही असर गर्छ कि ?
हस्तमैथुन एक स्वाभाविक प्रक्रिया हो त्यसैले यसले
हानी गर्दैन। हस्तमैथुन गर्दा कौमार्य भङ्ग हुन्छ भन्ने
कुरा सत्य होइन। योनिमार्गको द्वारमा हुने एक
पातलो छालाको झिल्ली ९योनिच्छद, जसलाई
अंग्रेजीमा हाइमेन भनिन्छ० च्यातिनुलाई नै
कुमारित्व भङ्ग भएको ठानिन्छ, तर योनिच्छद छ
वा छैन भन्ने आधारमा पहिले जस्तो कुमारित्वु कायम
भए नभएको कुराको मापन गर्ने जमाना अब रहेन।
वास्तविक रूपमा कुमारित्व भङ्ग हुनु वा नहुनु
भनेको कुनै व्यक्तिसँग यौन सम्पर्क भएको छ वा छैन भन्ने
आधारलाई मान्दा हस्तमैथुन गर्नुलाई कुमारित्व भङ्ग
हुने कारकको परिभाषामा राख्नै मिल्दैन। हस्तमैथुनले
कतै योनि खुकुलो हुन्छ कि भन्ने चासो हुने भए
पनि त्यसमा सत्यता छैन।
फाइदा ???
सर्वप्रथम त हस्तमैथुनले यौनइच्छाको दमनबाट हुने
तनावबाट मुक्ति दिलाउँछ। तनावबाट मुक्त मानिस
बढी सकारात्मक रुपमा सिर्जनशील हुन सक्छ।
यसरी यौन चाहना शान्त पार्न मद्दत पुर्याउने
भएकाले कतिपय यौन अपराधलाई कम गर्न सहयोग पुग्छ
भन्नेहरू पनि थुप्रै छन्।

how to take care your helth


  1. Steps

    1. 1
      Cleanse the Soul. For the same reason you wouldn't go a week without a shower, you shouldn't keep a week's worth of mind clutter stored up in your grey matter. Do easy meditations daily in the shower to clear your mind, open yourself up to new opportunities and prepare for a simply fantastic day!
  2. 2
    Brush Up. Do a daily affirmation twice a day in the morning and at night when you are brushing your teeth. Say it aloud through toothpaste suds or silently in your mind, "I am masterfully creating my ultimate life. Success and health (or sub in what you desire) comes naturally to me."
  3. 3
    Be Active. Don't just stand around and let life happen to you. Every time you walk to the car, think about tiny actions you could take to move you closer to achieving what you truly desire. Keep a notebook to jot them down before you start up the engine. Watch each baby step start to exponentially propel your life forward.
  4. 4
    Dress Up. Just as you might think ahead or lay out your wardrobe for an important meeting or date, prepare your mind for important events. Focus on how you want to feel and set your intentions and be very specific on what you'd like to accomplish.
  5. 5
    Buckle Up For Safety. It's the law. Expect that you will experience life mishaps, tragedy, injury and unfairness. You can safeguard against emotional distress by getting in touch with your true self. Choose how you want to feel, how you would like to handle difficult situations and think before you let fear, worry or panic creep in. It's your choice.
  6. 6
    Martin Luther King Jr. said, "The ultimate measure of a man is not where he stands in moments of comfort and convenience, but where he stands at times of challenge and controversy."
  7. 7
    Preventative Prescription. A vitamin a day keeps the self doubt away. Honor yourself and recognize all that you are. When something has gone well, applaud yourself and enjoy it! Don't dwell on what you could have done to improve it or what you would do differently next time. We all make mistakes. Learn and grow from them but remember to enjoy and relish in even your smallest achievements too!
  8. 8
    Bless Your Meals. Just as you might say grace or spend an extra moment going around the Thanksgiving table to express what you are thankful for, find the good in your life and be thankful for it. Adopt an attitude of gratitude at dinner time.
  9. 9
    Sleep Tight. Take your last waking moments before you drift off to sleep to focus on something that inspires you. Read inspiring literature, listen to soothing music or breathe in a delightful aroma. You will feel happier and wake up more content when you close your day with inspiring thoughts and feelings.

दाहालले भने संबिधान नबन्नुको जिम्मेवारी लिन्छु

डडेलधुरा , कार्तिक ३ - एमाओवादी अध्यक्ष पुष्पकमल दहालले बिगत संविधानसभाले संविधान बनाउन नसक्नुको नैतिक जिम्मेवारी आफूले र आफ्नो पार्टीले लिने बताएका छन् ।

'ठूलो पार्टी र ठूलो पार्टीको नेताका हैसियतले संविधान बन्न नसक्नुको नैतिक जिम्मेवारी लिन्छु,' डडेलधुरा बसपार्कमा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, 'अन्य दलले अग्रगामी निकासका लागि सहमत हुन नसक्दा संविधान बन्न नसकेको हो ।' पुरानै ढर्राको शासन व्यवस्था चाहनेहरुका कारण संविधान नबनेको उनले दावी गरे । 'सहमतिका लागि बढी समय बर्बाद गरेर गल्ती भएको हो,' उनले भने,  'असहमत विषयलाई निर्वाचनबाट नटुङ्गयाएर गल्ती भएको हो ।'
यस पटक जनताले साथ दिए छ महिनाभित्रै संबिधान बनाएर देखाउने उनले दावी गरे । ६ वर्षमा संविधान नबनाउनेले अव के बनाउलान् भन्ने भ्रम हटाएर सबै निर्वाचनमा लाग्नुपर्नेमा प्रचण्डले जोड दिए ।  'अब ६ महिना सहमतिको प्रयास गरिनेछ,' उनले संविधान बन्नेमा विश्वस्त तुल्याउँदै भने, 'सहमति नभए निर्वाचनमा गएर पनि एक बर्षभित्र संविधान जारी हुन्छ ।'
सुदूरपश्चिमको विकासलाई आफ्नो पार्टीले पहिलो प्राथमिकतामा राखेको बताउँदै पूर्व प्रधानमन्त्री दाहालले आफ्नै पालामा सुदूरपश्चिमका लागि विशेष विकास प्याकेज ल्याउने प्रयास गरेको बताए । 'पार्टीले कर्णाली र सुदूरपश्चिमलाई प्राथमिकतामा राखेर नीति निर्माण तहमा काम गरिहेको छ,' दाहालले भने, 'गत निर्वाचन जस्तै यस पटक सुदूरपश्चिमकै मतले माओवादी सत्तामा जाने निश्चित रहेको छ ।'
करिव ३५ मिनेट लामो भाषणको क्रममा दाहालले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका बिषयमा एक शब्द पनि बोलेनन् । अखण्ड सुदूरपश्चिम र पश्चिमसेती जस्ता चर्चित चुनावी मुद्दाका विषयमा पनि दाहालले केही बोलेनन् ।
कार्यक्रममा कांग्रेसबाट माओवादी प्रवेश गरेका पूर्वमन्त्री खेमराज मायालुले एकीकृत माओवादीले मात्र संविधान जारी गर्न सक्ने बताए । पूर्वमन्त्री लेखराज भट्ट सहितका माओवादी नेताहरुले चुनावीसभालाई सम्बोधन गरेका थिए ।

Nijyumaru Japanese restaurant

Delicious Otoro( blifin fish belly )sashimi mori I have ever try