वर्षौं अभिनेत्री बन्दा पनि कमाउन नसकेको चर्चा शिल्पा सेट्टीले छोटो समयमै पाइन्, बेलायती टिभी रियालिटी शो 'बिग ब्रदर' जितेपछि । सन् १९९३ मा 'बाजिगर' बाट फिल्मतिर तानिएकी यी अभिनेत्रीले फिल्म नखेलेको धेरै भयो ।
भारतीय मूलका बेलायती व्यवसायी राज कुन्द्रासँग विवाह गरेपछि शिल्पाले फुलफ्लेज अभिनेत्रीका रूपमा क्यामेरा फेस नगरेको सन् २००७ को 'अपने' पछि हो । बीचमा तीन फिल्ममा उनले झुल्किने काम मात्रै गरिन् । गत बुधबार मात्रै मुम्बईको जुहुस्थित निवासमा लुटेरा घुसेर एक लाख बराबरको धनमाल लगेपछि समाचारमा आएकी शिल्पा शनिबार भने आफ्नै पतिको पुस्तक विमोचनमा देखिइन् । उक्त कार्यक्रममा उनले आफू अझै डेढ वर्ष अभिनयमा नफर्किने बताइन् ।
'कम्तीमा पनि डेढ वर्ष कुर्नेछु,' डेढ वर्षे छोराकी ३८ वर्षीया आमाले भनिन्, 'जति बेलासम्म छोराले मसँग कुरा गर्न सक्ने हुन्छ, मेरो कामलाई बुझ्न सक्ने हुन्छ, त्यति बेला मात्रै कमब्याक गर्ने वा नगर्ने भन्ने सोच्न सक्छु ।' त्यतिन्जेल उनी सानो पर्दाकै काममा रमाउँछिन् रे । डान्स रियालिटी शो 'नाच बलिए ५' को निर्णायक बनिसकेकी शिल्पा यति बेला उक्त शोको नयाँ सिजनमा समेत रहने लगभग पक्का भइसकेको छ ।
'टिभीमा काम गर्न सजिलो छ, फिल्मले बढी समय खाइदिन्छ, त्यसैले केही वर्ष छोराकै लागि समय दिनेछु,' शिल्पाले भनिन्, जो अभिनयमा फर्किन हतार नगर्ने भए पनि निर्माणमा भने यसै वर्षदेखि लागेकी छन् ।

No comments:
Post a Comment