Wednesday 26 February 2014

Real Madrid player Name List 2014

Tuesday 25 February 2014

आवाज सुन्ने बितिकै मान्छेको मृत्यु हुने मेशिन (फोटो फिचर सहित)

संसारका धेरै मान्छेहरु संगीत सुन्न मन पराउछन। बजारमा विभिन्न किसिमका म्युजिक सिस्टमहरु पनि उपलब्ध छन, कुनै सस्तो र कुनै त अति नै महंगो पनि भेटिन्छन। तर यस्तो म्युजिक सिस्टमको बारेमा जो कसैलाई थाहा नहुन सक्छ, जसबाट निस्केको संगीतले मान्छेको ज्यानै जान सक्छ भनेर।

विज्ञानका अनुसार संगीतको ध्वनी १३५ डेसिमल भन्दा बढी भएको खण्डमा संगीत सुन्ने मानिसको मृत्यु हुन सक्छ। यस्तो मृत्यवरण गराउने संगीत कुनै आइफोन वा कुनै पनि फोनमा नभई यूरोपियन स्पेस एजेन्सीको विशाल साउण्ड सिस्टममा अवस्थित छ।

 यो युरोपमा भएको सबैभन्दा शक्तिशाली हर्न (ध्वनी) हो। जब यो अधिक स्वरमा बज्न शुरु गर्छ तब नजिक भएका मानिसहरुको बाँच्ने सम्भावना नै हुदैन । अहिलेसम्म कुनै पनि मानिसले यो ध्वनीको गहिराई सम्म सुन्न सकेको छैन। यदि कसैले सुन्ने कोशिश गरेमा उक्त व्यक्तिको  तत्कालै मृत्यु भईहाल्छ।

यो ध्वनी यूरोपियन स्पेस एजेन्सीको एक विशाल हिस्सा हो। एक टेस्ट चेम्बरमा ध्वनीको तिब्रता र यसको परिणाम जान्नको लागि यसको प्रयोग गरिन्छ। यसको प्रयोग रकेट लन्च गर्दा आउने ध्वनीबाट हुने नोक्शानबाट बचाउनको लागि गर्ने गरिन्छ।

यो साउण्ड सिस्टमको एक टेस्ट चेम्बरको भित्र राखिएको हुन्छ। यो चेम्बर १६.४ मीटर उचाई, ११ मीटर चौडाई र ९ मीटर गहिराईको छ। चेम्बर भित्रको ढोकामा हर्नको साहारा लिएर नाइट्रोजन हालेपछि एक शक्तिशाली ध्वनी निस्किन्छ। यसको आवाज १४५ डेसिबल भन्दा पनि बढि आउने गर्छ।

यो मेशीनको प्रयोग हतियारको रुपमा पनि गर्न सकिन्छ। १२० देखि १९० डेसिबल क्षमता भएको ध्वनीवाला ग्रेनेट भन्दा पनि भयानक ध्वनी यो मेशिनबाट आउने गर्छ। एक शोधकर्ताका अनुसार २१० डेसिबल ध्वनी क्षमता भएको विस्फोटकले मानिसको भित्रि अंगमा असर गर्दै अन्तमा मृत्यु हुने गर्छ।


यस्तो भयानक क्षमता भएको मेशिनलाई यूरोपियन स्पेस एजेन्सीले अहिले सम्म हतियारको रुपमा प्रयोग गरेको छैन। एजेन्सीले यसको प्रयोग एकान्त वा मजबुत सिस्टम बनाएर मात्र गर्ने गर्छ अथवा सम्पुर्ण सुरक्षाको व्यवस्था अपनाएर मात्र गर्ने गर्छ। यसको सक्कली आवाज कस्तो छ भनेर अहिले सम्म कसैलाई पनि थाहा छैन किनकि यसको सक्कली आवाज सुन्ने मानिस अहिलेसम्म कोही पनि बाँचेको छैन। 

Monday 17 February 2014

nepal airlines crash in arghakhachi district nepal

काठमाडौँ : आइतबार दिउँसो सम्पर्कविहीन भएको नेपाल एयरलाइन्सको ट्विनअटर जहाज आज बिहान बल्ल फेला पर्‍यो। कठिन भौगोलिक स्थिति भएको ठाउँमा सिम्रिक एयरको हेलिकप्टरले शव संकलन गरी नेपाली सेनाको ब्यारेकमा पुर्‍याएको थियो। त्यहाँबाट सेनाकै हेलिकप्टरले शव पोस्टमार्टमका लागि काठमाडौँ पुर्‍यायो। अन्नपूर्ण पोस्टका संवाददाता रजेन्द्र केसीले घटनास्थल पुगी खिचेका केही फोटोहरु-
हेलिकप्टरबाट घटनास्थल। एनसेल र एनटिसीको टावर रहेको ठाउँभन्दा मुनि अर्घाखाँचीको नरपानी र खाँचिकोट गाविसको बीचमा पर्ने मसिने लेकको थाराभन्ने ठाउँमा क्षतविक्षत अवस्थामा विमान र शवहरु भेटिएका थिए। 
सिम्रिक एयरले उद्धारकर्मीलाई दुर्घटनास्थलमा डोरीबाट झारेपछि नजिकै हेलिकप्टर अवतरण गर्ने ठाउँको अभावमा स्थानीयको खेतबारीमा अवतरण गर्दै। सिम्रिक एअरको रेस्क्यु हेलिकोप्टर क्याप्टेन सिद्धार्थले उडाएका थिए। उनका साथमा नेपाल एअरलाइन्सका क्याप्टेन सन्जय वैद्य तथा रेस्क्यु टिममा नागरिक उड्ड्यन प्राधिकरणका एक अफिसर र सिम्रिक एअरका दुईजना उद्दार सहयोगी संलग्न थिए।
दुर्घटनास्थल हेर्दै स्थानीय बासिन्दा। बस्ती नजिकै भए पनि उनीहरुले रातभर दुर्घटना त्यहाँ भएको थाहा पाएका थिएनन्। 
यात्रुको म्याक बुक कम्प्युटर। 
उद्धारकर्मीहरु पुगेपछि घटनास्थलमा स्थानीय बासिन्दा। 
दुर्घटना भएको विमानको भग्नावशेष। हिउँ परेका कारण खोजी कार्य कठिन भएको थियो। विमानको पुच्छर भने हाम्रा संवाददाताले कतै देखेनन्। 
घटनास्थलमा छरिएर रहेका शव संकलन गरिसकेपछि सिम्रिक एयरको हेलिकप्टरले यसरी त्यहाँबाट सदरमुकाम सन्धिखर्कको ब्यारेकमा पुर्‍याएको थियो। 

अन्नपुर्णपोस्टबाट साभार गरिएको 

Nijyumaru Japanese restaurant

Delicious Otoro( blifin fish belly )sashimi mori I have ever try