Friday 30 August 2013

earthqueake in nepal

काठमाडौ, भाद्र १४ - काठमाडौंमा राति ११ बजेर ३५ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ । करिव पाँच सेकेन्डभित्र दुई पटक जमिन हल्लिएको थियो । भूकम्पको धक्का महसुस हुनेवित्तिकै राजधानीमा सर्वसाधारण घर बाहिर निस्किएका छन् । 

ज्योति भवनमा आगलागी


जमलस्थित ज्योति भवनमा शुक्रबार बिहान आगलागी भएको छ । हिरो मोटरसाईकलको शो रुम माथिको फ्लोर(पहिलो र दोस्रो तल्ला)मा आगो लागेको थियो । आगलागीको कारण खुल्न सकेको छैन । ५ वटा दमकल र सुरक्षा निकायहरुको सक्रियतामा बिहान करिब पौने ८ बजे लागेको आगो एक घण्टा भित्र नियन्त्रणमा आएको थियो ।
त्यस भवनमा नेपाल बैंक लिमिटेडको कान्तिपथ शाखा, ग्राण्डी हस्पिटल लगायत विभिन्न कार्यालय तथा शो रुमहरु छन् । सुरक्षाकर्मीले भवनमा फंसेका अस्पातलका कर्मचारीलाई झ्लायलबाट उद्धार गरेको थियो । समयमै दमकल र सुरक्षा निकाय सक्रिय भएकाले आगो नियन्त्रण भएको हो । आगलागीले जमलको कान्तिपथ क्षेत्रका वासिन्दा त्रसित भएका छन् । 
राससका अनुसार आगलागीबाट बैंकका अधिकांश कागजात, फर्निचरलगायत अन्य सरसामग्री जलेर नष्ट भएका छन् । बैंकको नगद लकर र अति महत्वपूर्ण कागजात भने सुरक्षित रहेको बुझिएको छ । आगो नियन्त्रणका लागि काठमाडौं, ललितपुर र भक्तपुरका बारुणयन्त्रका अतिरिक्त नेपाली सेना र नेपाल प्रहरीका खानेपानी टयाङ्कीहरूसमेत प्रयोग गरिएको थियो । क्षतिको पूर्ण विवरण भने आउन बाँकी नै छ ।
-
fire

Monday 26 August 2013

तीन दिनदेखि अछाम अन्धकार

नहर भत्केर विद्युत् आपूर्ति अवरुद्ध भएपछि अछाम जिल्ला शुक्रबारदेखि अन्धकारमय बनेको छ । सदरमुकाम मंगलसैन, व्यापारिक केन्द्र साफेबगरलगायत १७ गाविस बिजुलीविहीन भएका हुन् ।
अछामका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईका अनुसार बिजुली नहुँदा अस्पताल, सरकारी कार्यालय, साना उद्योग, प्रेसलगायत क्षेत्र प्रभावित भएका छन् । 'अस्पतालको आकस्मिक कक्ष अनिश्चितकालीन बन्द हुने अवस्थामा पुगेको छ,' प्रमुख जिल्ला अधिकारी भट्टराईले कान्तिपुरसँग भने, 'जिल्लाका तीनवटा एफएम, दैनिक पत्रिकाहरू, निर्वाचन कार्यालयका गतिविधिलगायत सबै ठप्प हुन पुगेको छ, पूरै जिल्ला अन्धकार छ ।'
'हामी त बर्बाद हुने भयौं, समाचार लेख्न र पत्रिका प्रकाशन नै लामो समय बन्द हुनेभो,' खप्तड दैनिकका सम्पादक शिवराज खत्रीले भने, 'सबै क्षेत्र र सबै काम ठप्प हुन पुगेको छ, पूरै जिल्लावासी चिन्तित छौं ।'
२०५२ देखि सञ्चालनमा आएको ४ किलोवाट क्षमताको कैलाशखोला साना जलविद्युत् आयोजनाको पावरहाउसमा पानी लग्न बनाइएको नहरको ३० मिटर लामो भाग भत्केपछि विद्युत् उत्पादन र आपूर्ति रोकिएको हो ।
स्थिति गम्भीर बनेपछि आइतबार अछाममा बसेको सर्वपक्षीय भेलाले तत्काल नहर मर्मत सम्भव नभए पनि डोटीबाट विस्तार हुँदै गरेको केन्द्रीय प्रसारण लाइनलाई यथाशीघ्र जोड्न सरकारसँग माग गरेको छ । विद्युत् नहुँदा हरेक क्षेत्र ठप्प हुन गई पूरै जिल्लाको जनजीवन नै प्रभावित भएको ठहर भेलाले गरेको छ । विद्युत् सञ्चालनका लागि यथाशीघ्र पहल नभए आसन्न निर्वाचनसमेत अवरुद्ध हुने निष्कर्ष भेलाले निकालेको छ ।
घटनाको भोलिपल्ट शनिबार सरोकारवालाको टोलीले स्थलगत अध्ययन गरेको थियो । नहर पुनर्निर्माणका लागि ४०/४५ लाख लाग्ने प्राविधिकले प्रारम्भिक इस्टिमेट गरेका छन् । 'तल कैलाशखोला र माथि भीर रहेकाले नहर पुनर्निर्माणमा चुनौती छ,' प्रजिअ भट्टराईले भने ।
वर्षामा बालुवाले नहरको क्यानल भरिने कारण यसअघि पनि पटक-पटक विद्युत् आपूर्तिमा समस्या हुँदै आए पनि मर्मतमा सम्बन्धित निकायले वास्ता नगरेको गुनासो स्थानीय शंकर तिमिल्सेनाले गरे ।

 source ekantipur.com

Sunday 25 August 2013

KINA HO KINA - Nabin K. Bhattarai



पहिला पाकिस्तानी टोली भित्रियो

पाकिस्तानी राष्ट्रिय फुटबल टिम साफ च्याम्पियनसिप सुरु हुनु ठीक एक साताअघि शनिबार नै काठमाडौं आइपुगेको छ । साफ खेल्ने सात विदेशी टिममध्ये काठमाडौं ओर्लने पाकिस्तान पहिलो हो ।
सत्र खेलाडी र ३ अफिसियलसहित २० सदस्यीय पाकिस्तानी टिम काठमाडौंको वातावरणमा अभ्यस्त हुन चाँडै आएको जनाएको छ । आयोजक नेपाल, डिफेन्डिङ च्याम्पियन भारत, पूर्वविजेता बंगलादेशसँगै कठिन मानिएको समूह 'ए' मा विजेता बन्दै सेमिफाइनल प्रवेश गर्ने लक्ष्य पाकिस्तानको छ । उसले काठमाडौंमा दुई अभ्यस खेल खेल्ने पनि बताएको छ ।
पाकिस्तानले एक दशकपछि काबुलमा आयोजित मैत्रीपूर्ण खेलमा अफगानिस्तानविरुद्ध ३-० को हार मंगलबार बेहोरेको थियो ।
त्यसको अर्को दिन नै पाकिस्तान फुटबल संघले सर्वियाली प्रशिक्षक जाभिसा मिलोसाव्जेभिचलाई
बर्खास्त गरेको थियो ।

अनुभवमात्र मिल्यो

नेपाली क्रिकेट टिम सिंगापुरमा भइरहेको एसीसी इमर्जिङ टिम्स कप क्रिकेट खेलेर शुक्रबार घर फर्किएको छ । नतिजाको हिसाबले नेपालका लागि प्रतियोगिता निराशाजनक
रह्यो । खेलेका तीनै खेलमा पराजित
भयो, नेपाल । स्तरीय टिमहरूसँग खेल्न पाउँदा यात्रा सफल रहेको राष्ट्रिय टिमका प्रशिक्षक पुबुदु दसानायके मान्छन् । 'हाम्रो यसपल्टको यात्रा -पहिलो अभ्यासका लागि श्रीलंका र त्यसपछि सिंगापुर) उपलब्धिमूलक रह्यो,' नेपाललाई आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन-४ बाट डिभिजन-२ मा पुर्‍याएका प्रशिक्षक पुबुदुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने,'यसले दुवै वल्र्डकप छनोट -ट्वान्टी-ट्वान्टी र वान-डे) खेल्नुअघि महत्त्वपूर्णर् अनुभव मिल्यो ।'
समूह 'ए' मा रहेको नेपाल पहिलो खेलमा अफगानिस्तानसँग ३ रनले चुकेको थियो । दोस्रोमा भारतको यू-२३ टिमसँग ८४ रन र पाकिस्तानको यू-२३ टिमसँग ९ विकेटले पराजित भएको थियो । ट्वान्टी-ट्वान्टी र वान-डे वल्र्डकपमा समेत च्याम्पियन बनिसकेका तथा टेस्ट खेल्ने राष्ट्र भारत र पाकिस्तानसँगको हारले पुबुदु चिन्तित छैनन् । 'तर अफगानिस्तानसँगको हारमा भने मलाई चित्त बुझेको छैन ।
खेलको सम्पूर्ण क्षण हामीले विपक्षीलाई दबाबमा राखेका
थियौं । तर अन्तिममा चार रन आउटले खेल हाम्रो हातबाट फुस्कियो,' नेपाललाई
डिभिजन-४, डिभिजन-३ र एसीसी ट्रफी एलिटको च्याम्पियन बनाएका पुबुदुले भने,'उनीहरूले राम्रो खेलेर जितेका होइनन् । हाम्रो कमजोरीले उनीहरूले जितेका हुन् ।'
श्रीलंका र सिंगापुर यात्राले नेपाली क्रिकेटको स्तर थाहा पाउन मद्दत पुगेको क्यानेडेली प्रशिक्षक पुबुदुले बताए । 'राम्रो टिमसँग खेल्दा एसोसिएट राष्ट्रका खेलाडीले जस्तो खराब बल फ्याल्दैनन् । जसले गर्दा ब्याट्सम्यान आपै+mले मिहिनेत गरेर रन बटुल्न सक्नुपर्छ,' श्रीलंकाली प्रशिक्षक रोय लुक डायसको स्थानमा दुई वर्षअघि नेपाली टिम सम्हाल्न आएका पुबुदुले भने,'त्यसैले हाम्रा खेलाडीलाई रन बटुल्न गाह्रो
भयो ।' युवा खेलाडीहरू अलराउन्ड सागर पुन तथा सिम बलरद्वय अविनाश कर्ण र रामनरेश गिरीको प्रदर्शनदेखि पुबुदु खुसी थिए । पुबुदुले सागर र अविनाशलाई वान-डेमा डेब्यु पनि गराए । रामनरेशले भने श्रीलंकामा भएको अभ्यास खेल खेलेका थिए । 'तीनैले राम्रो गरेका छन्,' पुबुदुले
भने । सागरले भारतविरुद्ध अर्धशतक प्रहार गरेका थिए । वल्र्डकप छनोटअघि नेपालले श्रीलंकाको जस्तै अभ्यासका लागि भ्रमण गर्नुपर्ने पुबुदुले बताए । स्तरीय टिमसँग खेल्दै गए, नेपाली टिमको स्तर पनि बढ्दै जाने र बलियो हुने पुबुदुले दाबी गरे ।
नेपालले नोभेम्बरमा यूएईमा आईसीसी वल्र्ड ट्वान्टी-ट्वान्टीको छनोटमा खेल्नेछ । पुबुदु भने ट्वान्टी-ट्वान्टी र सन् २०१४ को सुरुआतमा हुने वान-डे वल्र्डकप छनोटका लागि टिम तयार गर्न लागिपरेका छन् । भन्छन्,'वान-डे सेटअप खोजिरहेको छु ।' अलराउन्डर प्रदीप ऐरीको खुट्टाको चोट ठीक भए पनि सिंगापुरमा खेलाउन हतार नगरेको पुबुदुले बताए । पुबुदुले वल्र्डकप छनोट नजिकिँदै गएकोमा खेलाडीहरूलाई दुई/तीन दिनमात्र छुट्टी दिएका छन् । 'त्यसपछि हामी फेरि तयारीमा जुट्नेछौं ।'
सिंगापुरमा फरक खेलाडी फरक खेलमा चलेको उल्लेख गर्दै पुबुदुले भने,'एकै खेलमा २/३ ब्याट्सम्यान चल्ने हो भने हामीले बलिया प्रतिद्वन्द्वीलाई पनि हराउन सक्छौं ।' कप्तान पारस खड्काले खेलाडीका लागि राम्रो एक्सपोजर भएको बताए । टिमको क्षमताअनुसार भने प्रदर्शन गर्न नसकेको पारसले बताए । उनले अघि बढ्नका लागि धेरै कुरा थाहा भएको प्रस्ट पार्दै भने,'हामीले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा सुधार गर्नुपर्छ ।' नेपाललाई चार ठूला अन्तर्राष्ट्रिय उपाधि जिताएका पारसले थपे,'श्रीलंका र सिंगापुरको जस्तो टुर भएमा धेरै कुरा सिकिन्छ ।' उनले वल्र्डकप अघि पनि बाहिर गएर यस्तै अभ्यास गर्नुपर्ने बताए । टिमका अनुभवी खेलाडी शक्ति गौचनले अफगानिस्तानसँगको हारबाहेक यात्रा राम्रो भएको बताए ।   
'मेड इन चाइना'
एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले यस पल्टको इमर्जिङ टिम्स कपमा 'मेड इन चाइना' लेखेको बलले खेलाइरहेको छ । प्रशिक्षक पुबुदुले भने,'बल अरूभन्दा निकै हलुका थियो । टेनिस बल जस्तो बाउन्स हुन्थ्यो ।' त्यही नयाँ प्रकृतिको बलका कारण प्रतियोगितामा कुनै पनि टिमले ठूलो स्कोर बनाउन नसकेको उनले बताए । 'त्यसैले त लो-स्कोरिङ खेल भइरहेको छ,' उनले भने,'छक्का हान्न सामान्य खेलाडीले सक्दैनथ्यो ।'
भारत र पाकिस्तान फाइनलमा
भारतको यू-२३ टिम र पाकिस्तानको यू-२३ टिम सिंगापुरमा भइरहेको एसीसी इमर्जिङ टिम्स कप क्रिकेटको फाइनलमा शुक्रबार पुगेका छन् । भारतले यूएईलाई ४६ रनले हरायो भने पाकिस्तानले श्रीलंकाको यू-२३ टिममाथि १ विकेटको जित निकाल्यो । भारतले पहिले ब्याटिङ गर्दै ४९ ओभर ५ बलमा सबै विकेट गुमाएर २ सय ८ रन
बनायो । जवाफमा यूएई ४८ ओभर ३ बलमा १ सय ६२ रनमा अलआउट भयो ।
श्रीलंकाले पाकिस्तानविरुद्ध पहिले ब्याटिङ गर्दै ७ विकेट क्षतिमा २ सय ३० रन
बनायो । जवाफमा पाकिस्तानले ४९ ओभर ५ बलमा ९ विकेट क्षतिमा २ सय ३२ रन बनायो । फाइनल शनिबार हुँदैछ ।

बाह्र छोरा तेर नाती

काठमाडौ, भाद्र ८ - चितवनको अयोध्यापुरी बाँदरझुलाका तीनाराम चेपाङ असी वर्षका भए । ठूलो हावाहुरी आउँदा ढल्ला कि भन्ने खालको झुपडीमा उनी आफ्नी वृद्ध श्रीमती शुकमायासँग बस्छन् । वर्षभरि खान पनि गाउलेको मुख ताक्नुपर्ने अवस्था छ । बाँदरझुलामा १५ घरधुरी चेपाङहरूको बसोबास छ । सरकारबाट केहीअघि १४ परिवारलाई घर बनाउने रकम आयो तर तिनारामले त्यो रकम पाएनन् । उनकै उमेर पुगेका अरू सबै नेपालीलाई सरकारले वृद्धभत्ता दिन्छ । तर तिनारामका बूढाबूढीले त्यो पनि पाउँदैनन् । तिनारामसँग नागरिकता छैन ।  
केही पहिले उनले नागरिकता बनाएका थिए । तर २०६१ सालमा बाँदरझुलामा लागेको आगलागीमा त्यो खरानी भयो । त्यसपछि उनले नागरिकता बनाउन सकेका छैनन् । केही अघि गाउँमा नागरिकता बनाउने टोली त आयो । तर तिनले नागरिकताको प्रतिलिपिबिना फेरि नागरिकता बनाउन मिल्दैन भने । उनलाई एकपल्ट गाउँलेले बोकेर जिल्ला सदरमुकाम पनि पुर्‍याए । तर फेरि नागरिकता बनेन ।
स्थानीय राजकुमार चेपाङ भन्छन्, 'राज्यले नागरिकता सहज तरिकाले नदिँदा उनी वृद्ध भत्ताबाट वञ्चित छन् ।' नागरिकता टोली आउँदा गाउँलेले टायरमा बोकेर लगेका थिए । तर नागरिकता टोली प्रमुखले जिल्ला आउनु अहिले हुन्न भनेर फर्काए । पछि सदरमुकाम गए पनि नागरिकता बनेन ।
१९९० सालको भूकम्पभन्दा ९ महिना जेठा तिनारामसँग जम्मा ६ कट्ठा जमिन छ । त्यति जमिनले के गर्ने ? त्यसमाथि उनी केही काम गर्न सक्दैनन् । 'सधैं अरूको सहारामा कतिसम्म बाँचिएला र ?' उनी भन्छन् ।  उनका सन्तान नभएका होइनन् । २ छोरी र १ छोरा छन् । दुइटै छोरी बिहे गरेर गए । छोराको पनि बिहे भयो तर छोरा-बुहारीको सम्बन्ध धेरै राम्रो भएन । त्यसपछि बुहारी बिदेसिइन्, डेढ वर्षदेखि छोरा पनि सम्पर्कमा छैनन् । तिनाराम भन्छन्, 'छोरालाई साह्रै भेट्न मन लाग्छ । छोराको मुख हेरेर मर्न पाए हुन्थ्यो । मेरो नागरिकता बनाउन सके नाति र छोरालाई सजिलो हुने थियो ।'
बाँदरझुला पुग्दा अनुभव हुन्छ, यहाँ त राज्यको उपस्थिति यति दयनीय छ भने अन्य दुर्गम क्षेत्रको स्थिति के होला ? नेपाल गाउँ नै गाउँको देशमात्र नभएर 'उपेक्षित गाउँ'हरूको पो देश हो कि जस्तो लाग्छ !

endofvid [starttext] [endtext]

Malaysia bus accident


क्वालालम्पुर, भाद्र ९ - मलेसियामा भएको बस दुर्घटनामा २ नेपालीसहित ३७ जनाको निधन भएको छ ।
पर्यटकीय नगरी गेन्तिङ हाइल्याण्डबाट राजधानी क्वालालम्पुरतर्फ आउँदै गरेको यात्रुबाहक बस जलान गेन्तिङ चिनियाँ मन्दिर नजिकैको सडकबाट ६० फिट तल खसेको थियो । यो गत बिहीबारको घटना हो । घटनामा नगेन्द्र राई र प्रेमबहादुर बुढा मगरको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरुले
उल्लेख गरेका छन् । हाल उनीहरुको शव पोष्ट मार्टमका लागि क्वालालम्पुर अस्पतालमा राखिएको जनाइएको छ ।
मृतक नेपालीबारे थप जानकारी प्राप्त हुन सकेको छैन । यसबारे यहाँस्थित नेपाली दुतावासलाई औपचारिक जानकारी प्राप्त नभएको दुतावासले जनाएको छ । यद्यपी सोमबार यसबारे बुझ्न क्वालालम्पुर अस्पताल जाने दुतावास स्रोतले बतायो । समाचारहरु अनुसार मृत्यु हुनेमा  २४ पुरुष र १३ महिलाहरु रहेका छन् ।
तीमध्ये १४ मलेसियाली यात्रु रहेको बताइएको छ ।  मृत्यु हुनेमा बंगलादेशी, इण्डोनेसियाली, थाई र कोरियाली नागरिकसमेत रहेका छन् । घटनामा ६ जना यात्रु गम्भीर घाइते भएका थिए । हाल उनीहरुको सुंगाइबुलो र क्वालालम्पुरस्थित अस्पतालहरुमा उपचार भइरहेको जनाइएको छ । बसमा ५३ जना यात्रुहरु सवार रहेका थिye
समाचार संस्था बर्नामाले १६ जना घाइते भएको उल्लेख गरेको छ । बसको क्षमता ४४ जनाको रहेकाले नियन्त्रण गुमाउँदा बस दुर्घटना भएको जनाइएको छ 

Bp highway sindhuli Nepal ( snake road)


Friday 16 August 2013

चक्रेले जेलभित्र पनि चलखेल

भदौ १ । गुण्डा नाइके भनेर चिनिने चक्रे मिलनका विषयमा जेलमा चलखेल भएको रहस्य खुलेको छ ।

केन्द्रीय कारागारमा जेल भुक्तान गर्दै आएका उनलाई शिक्षण अस्पताल पठाउन कारागार प्रशासनले नियम मिचेर चलखेल गरेको खुल्न आएको हो ।

जेलका कैदीलाई वीर अस्पताल लैजाने गरिएको भएपनि चक्रेलाई भने उनकै इच्छा अनुसार शिक्षण अस्पताल पठाइएको अनुसन्धानमा खुल्न आएको आजको नयाँ पत्रिकाले खबर छापेको छ ।

महानगरीय प्रहरी आयुक्त कार्यालयले गरेको छानविनमा जेल प्रशासनको कमजोरी भेटिएपछि दोषी प्रहरीलाई कारबाहीको सिफारिस गरिएको छ ।

चक्रेले जेलमै बाहिरबाट साथीहरु बोलाएर जन्मदिनको पार्टी दिएको तथा प्रहरी अधिकारीले फोटो खिचेको घटनाको सम्बन्धमा गठन गरिएको छानबिन समितिले जेलाका सुरक्षा प्रमुख डिएसपी रमेश खड्काको समेत अनुगमनको कमजोरी रहेको औँल्याएको छ ।

यो विषयमा तपाईको धारणा राख्नुहोस्

Tuesday 13 August 2013

the title

काठमाडौ, श्रावण २९ - त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा बारम्बार धावनमार्गको पीच उप्कने समस्या देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएको छ । धावनमार्गमा देखिएको समस्या के कारणले भएको हो, यसबारे जानकारी लिन र स्थलगत अवलोकनका लागि बुधबार दिउँसो साढे १२ बजेतिर अख्तियारका अधिकारी विमानस्थल पुग्ने भएका छन् । त्यस्तै मंगलबार यस घटनाका विषयमा बुझ्न विमानस्थल व्यवस्थापन तथा विमानस्थल सुधार आयोजनाका अधिकारीलाई पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले  बोलाएको थियो । पर्यटनमन्त्री तथा सचिवलाई दुई निकायले धावनमार्गको अवस्था र समस्या समाधानका लागि भइरहेको कामबारे 'बि्रफ' गराएका थिए ।
विगतमा पनि धावनमार्गमा समस्या देखिएकाले विमानस्थल व्यस्थापन तथा आयोजनाले सम्बन्धित सम्पुर्ण कागजपत्र अख्तियारलाई बुझाईसकेको आयोजना प्रमुख पुण्यराज शाक्यले जानकारी दिए । अबको दुई महिनामा धावनमार्गको दिर्घकालिन समाधान कसरी गर्नेबारे स्पेनीस कम्पनीले प्रतिवेदन दिने उनले बताए । 'अहिले लगातार पानी परिरहेकाले अस्थायी मर्मतबाहेक अरु काम गर्न सकिदैन,' उनले भने । एउटै धावनमार्ग भएकाले वर्षा सकिएपछि चरण-चरण गरेर कम्पनीले दिएको प्रतिवदेनका आधारमा काम थालिने उनले जानकारी दिए ।
पीच उप्कने समस्या धावनमार्गको दक्षिण भागमा बढी देखिएको छ । जुन सन् १९६५ तिर बनेको हो । यो क्षेत्रमा पानी बग्ने 'सब सर्फ ड्रेनेज' नभएकाले पनि बढी उप्किने गरेको उनले बताए । 'समस्या आउनुको अर्को कारण बोइङ ७७७ र एयरबस ३४० जस्ता जहाज आउनु पनि हो,' उनले भने 'यसबारे जिम्मेवार निकायलाई जानकारी गराएपनि गम्भिर रुपमा लिइएन ।' अब सुधार गरेर पुर्ण रुपमा नयाँ र बलियो धावनमार्ग नबन्दासम्म ठुला जहाजको सट्टा साना प्रयोग गर्न विमानकम्पनीहरुलाई आग्रह गर्नुपर्ने उनले बताए ।  
'३०/४० वर्ष पुरानो धावनमार्ग ७५७ सम्मको जहाजका लागि बनाइएको थियो,' शाक्यले थपे 'त्यतिबेला अन्र्तराष्ट्रिय उडान गर्ने जहाजको उडान/अवतरण दिनको ५/६ पटक हुन्थ्यो । अहिले ७० को हाराहारीमा छ । यस्तोमा समस्या देखिन्छ नै ।' विमानस्थलको धावनमार्ग पीच उप्कने समस्या साउन शुरु भएयता देखिन थालेको थियो । साउन १९ गते पीच उप्केकैले एकै दिन २ पटक विमानस्थल बन्द भएपछि घटना सार्वजनिक भएको हो । त्यसयता लगातार यो समस्या आइरहेको छ । गत सोमबार पनि दुई पटक  पीच उप्कियो । आन्तरिक र अन्तर्राष्ट्रिय गरी दैनिक झण्डै ३ सय उडान/अवतरण हुने विमानस्थलको धावनमार्ग मर्मत तथा निर्माणको जिम्मा पछिल्लो पटक चीनीयाँ कम्पनी सिआरइसी र नेपाली टुन्डी कन्स्ट्रक्सनले पाएका थिए । सन् २०१० को मध्यदेखि झण्डै एक वर्ष लगाएर कम्पनीले 

Hill slide

रामेछापको खिम्ती गाविसमा गए राति आएको बाढी पहिरोमा परी ७ जनाको ज्यान गएको छ । बाढीले वगाउादा एक बालक वेपत्ता छन् भने ७ जना घाईते भएका छन् ।
खिम्ती गाविस वडा नं २ मा स्थानीय कृष्णवहादुर पोखरेलको घर बाढीले भत्काउदा सो घरमा व्यवसाय गर्दै आएका रस्नालु गाविस वडानं १ का भिमवहादुर तामाङको परिवारका ३ जनाको मृत्यू भएको छ । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीका अनुसार ज्यान जानेमा भिमवहादुर तामाङ, उनकी पत्नी बाटुली तामाङ र सासु कान्छि तामाङ रहेका छन् । भिमवहादुरको १२ बर्षीय छोरा ढल्के तामाङ वेपत्ता छन् भने छोरीहरु मईमाया , हेमा र आईमाला घाईते भएका छन् । घाईतेलाई दोलखाको किर्नेस्थित धुलिखेल अस्पतालको उपचार केन्द्रमा भर्ना गरिएको छ ।
यसैगरी खिम्ती गाविस-४ कटुन्जेमा पहिरोले घर वगाउादा एकै परिवारका ३ जनाको ज्यान गएको प्रजिअ पराजुलीले वताएका छ । स्थानीय मीठ्ठु थापाको घर वगाउादा उनी, उनकी २२ वर्षीया छोरी स्वस्थानी र १३ बर्षीया छोरा केदारको मृत्यू भएको हो । यसैगरी बाढीले घर भत्कदा खिम्ती ३ मा १३ बर्षीया बालिका सिता सुनुवारको ज्यान गएको छ ।
घटनाको जानकारी पाउना साथ विहानै घटनास्थल तर्फ गएका सेना, प्रहरी र शसस्त्र प्रहरीको टोली खानीखोलाको बाढीका कारण समयमानै गन्तव्यमा पुग्न सकेन । सेना र प्रहरीले बास र डोरीको साहायताले फड्के वनाएर उद्धारका लागि घटनास्थल पुगेको स्थानीयले जनाएका छन् । घटनास्थल आसपासबाट मृतकहरुका ७ वटै शव संकलन गरिसकिएको र ति शवको पोष्टमार्टम गरिने प्रजिअ पराजुलीले बताए ।
राति करिव २ वजे तिर खिम्तीमा ठुलो बर्षा भएपछि स्थानीय खोला र खहरे उर्लिएका थिए । खिम्ती वजार नजिकको खहरेले वगाएको ल्याएका ढुंगा र रुख पुष्पलाल मार्गमा पर्ने मोटर पुलमा अड्केपछि ठुलो क्षति हुन पुगेको अनुमान स्थानीयले गरेका छन् । बाढीले उक्त पुल समेत वगाएको छ । मोटर पुल वगाए
- See more at: http://ekantipur.com/np/2070/4/29/full-story/373905.html#sthash.bcryTkoZ.dpuf

Monday 12 August 2013

sharukh khan

A collage of SRK's best movie roles


Written by Siddharth Akhouri - Special to TimesofOman.com

Shahrukh Khan also known as 'SRK', 'KING KHAN' and many other superlatives, needs no introduction of any sort. He is a global megastar who has ruled over the hearts of Bollywood movie fans for over 2 decades with a long list of illustrious films. 

With his latest offering 'Chennai Express' hitting screens this Eid, let's look back at the best film performances of SRK's career. Bear in mind that due to the huge volume of work, it is impossible to come up with a complete list which satisfies all his fans. So please see this list as a sincere attempt which is based on Shahrukh Khan's roles in different movie genres.

(List not in any specific order)

1) BAAZIGAR (1993)
It will always be one of the most important films of his career. If Raju Ban Gaya Gentlemanwas the movie that introduced him, Baazigar made people sit back and take notice of him. Ajay/Vicky Malhotra's character broke every convention of a traditional Hindi film hero of that time and despite the negative shades of the character, SRK's brilliant portrayal succeeded in garnering sympathy and support for the character. This outstanding film also got Shahrukh his first Filmfare for the Best Actor award.

My favourite scene: The scene at the rooftop in which SRK throws Shilpa down. The ease and suddenness of the scene takes you by complete surprise.

2) DARR (1993)
'K-k-k-kiran'… It is for sure that even if you have not seen the movie you would have come across this line somewhere in reference to Shahrukh Khan. It is in fact an irony that the biggest romantic icon of our time is most remembered for yet another villainous role. SRK plays a mentally disturbed stalker and this film established him in the industry as a strong performer. His performance was so impactful that it completely overshadowed the hero of the film. This movie was his first collaboration with Yashraj Films with whom he delivered the biggest hits of his career.

My favourite scene: Every time he is talking to his dead mother on the phone and when he writes 'Kiran' on his chest, is very haunting.

3) KABHI HAAN KABHI NAA (1993)
To date, this is the sweetest film King Khan has done. It was also another ground breaking role for SRK as it was the first time that the hero was portrayed as a 'looser' with a heart of gold. This is one of his most heartfelt and sincere performances. Every person can easily connect to his character and can't help but fall in love with the sweet Sunil. SRK insists this is one of his favourite performances of all time. Kabhi Haan Kabhi Naa is a sweet romantic comedy which refuses to get old and is a must watch for Shahrukh fans. He won his second Filmfare award for critic's choice for Best Performance.

My favourite scene: The wedding sequence at the church is the climax. The innocence with which he fights to get the ring in the dream sequence is heart touching. Also the 'woh toh albela' song video. There would be very few SRK fans who wouldn't have shed a tear over his performance.

4) DILWALE DULHANIYA LE JAYENGE (1995)
This is one movie without which no SRK list of best movies can ever be complete. This film over night turned Shahrukh into the 'King of Romance' and is the longest running film in the history of Indian Cinema. DDLJ is a great film in all respects with brilliant direction, evergreen music and strong performances, hence, one of the only two Indian movies to be included in Jay Schneider's list of '1001 movies to watch before you die.'

My favourite scene: The famous scene where SRK is talking to himself and waiting for Kajol to turn back. Also, all scenes between Anupam Kher and SRK.

5) PARDES (1997)
Pardes is one of the last good films by 'showman' Subhash Ghai. It is a strong drama film which is high on emotions and shows the importance of Indian beliefs and traditions that contrast with the Western culture. SRK was highly praised for his performance in the film and it became a major success both critically as well as commercially. This heartwarming drama is also memorable for its soulful music by Nadeem Shravan.

My favourite scene: The Kabbaddi sequence and 'Yeh Dil' song video.

6) DIL SE (1998)
There were huge expectations attached to Dil Se as it was the highly talked about collaboration between Shahrukh Khan and Mani Ratnam (Bombay, Roza). Unfortunately, the movie tanked at the Indian box office but emerged as one of the best flicks based on politics and terrorism in India. It is a turbulent love story set against the background of insurgency, specifically in the north-east region which has never been addressed by Bollywood before. SRK gives a wonderfully restrained performance as the angst ridden lover betrayed by his love. The soundtrack is also undoubtedly AR Rahman's one of the best ever masterpieces. Dil Se was clearly ahead of its time for Bollywood, a fact clearly seen by its immense success at the overseas market where it is still considered one of SRK's biggest successes.

My favourite scenes: The iconic video of 'chaiyya chaiyya' and the climax after Shahrukh finds Manisha at the Lal Qila which leads to the ultimate blast while embracing each other.

7) KUCH KUCH HOTA HAI (1998)
This film is everything a romantic comedy should be. It has just the right amount of all emotions one expects from a movie of this genre. This flick will always be counted as one of the most popular SRK hits. Shahrukh and Kajol had an electrifying chemistry and together set many new trends which are still followed by the younger generation. It is a fresh, frothy, young romance movie perfect to be watched with the special one.

My favourite scene: The dance in the rain of Shahrukh Khan and Kajol where he plays music in air. Another scene at the summer camp where SRK meets Kajol for the first time during a prayer.

8) VEER ZARA (2004)
Veer Zara is undeniably one of the most accomplished works of Indian cinema. It is an eternal love story made immortal by SRK and Preity Zinta's stellar performances. Rarely do we see a film with so much emotional depth. It is an unadulterated ode to love by veteran Yash Chopra. SRK gets a complex role to handle after ages and does a beautiful job. It is a beautiful and pure love story which may possibly even be SRK's best romantic films and a film he should be remembered for the most.

My favourite scene: The simplicity where Veer tells about his feelings to Zara at the railway station.

9) SWADES (2004)
After super success of many of his romantic films many started accusing Shahrukh of doing same kind of cinema or as a star too big to portray a character. With Swades, he proved his detractors wrong. This is his most sincere and honest effort at getting into the skin of a character and then making the hard work pay off. The film unfortunately did average business on the box office but still enjoys the status of a cult classic. It is undoubtedly one of the most sought after films of Shahrukh Khan.

My favourite scene: The scene where the train stops at a railway station and a little kid asks SRK to buy a glass of water. Shahrukh has been able to convey so many emotions through his eyes and face that it is simply unbelievable and deeply moving.

10) CHAK DE INDIA (2007)
This is the movie where SRK mostly remains at the backstage yet proves to be the backbone of the film. It is hard not to cheer for the girls and respect the coach for instilling the spirit of determination and love for the country. It is also one of the best Bollywood sports movie which brought the long forgotten national game of India back in the limelight even if for a very little while. Shahrukh should also be lauded for letting the girls take the centre stage and not overshadowing them with his stardom.

Wednesday 7 August 2013

सलमानलाई बेलायतको किक





काठमाडौ, श्रावण २१ - केही साताअघि नायक आर्यन सिग्देललाई अमेरिकाले भिसा दिएन । पब्लिक फिगरलाई भिसा दिने मामिलामा समेत अनुदार अमेरिकाबाहेक आर्यन अन्य युरोपेली मुलुकको भिसा पाउन पनि अनलक्की बन्दै आएका छन् ।
अमेरिका पुगेर एक फिल्मका लागि साइन गर्ने उनको भ्रमणको उद्देश्य भिसाकै कारण सम्भव भएन । यी सबै कुरा आर्यनले गुपचुपमै राखे । तर यतिबेला बलिउड नायक सलमान खानले पनि भिसा नपाएपछि भने ठूलै हल्ला भएको छ । सलमानलाई बेलायतले भिसा नदिँदा उनको आगामी फिल्म 'किक' को सुटिङ प्रभावित हुने देखिएको छ । खासमा उनी सोही फिल्मका लागि जान लागेका थिए ।
राजस्थानमा मृग र हरिण अनाधिकृत रूपमा मारेको अभियोग खेपिरहेका सलमानलाई त्यसैकारण भिसा नदिएको हुन सक्ने अनुमान गरिएको छ । उक्त मुद्दामा अदालतले १५ दिनपछि सुनुवाइ गर्दै छ ।
साजिद नाडियावाला निर्देशित 'किक' को गत सातादेखि स्कटल्यान्डमा रणदीप होडाको सिनको सुटिङ चलिरहेको थियो भने आगामी साता सलमानको बेलायतमा हुँदै थियो । एकपटक अस्वीकार गरिसके पनि सलमानले फेरि प्रोसेस गर्ने बताइएको छ ।
सलमानले सन् १९९८ हरिण काण्ड मच्चाएपछि केही समय जेलमा हावासमेत खाइसकेका छन् । राजस्थानको उच्च न्यायालयमा कारबाही निर्णयविरुद्ध अपिल गरेको मुद्दा विचाराधीन भएकै बेला बेलायतले भिसा दिन अस्वीकार गरेको हुने ठानिएको छ ।
त्यसो त ४७ वर्षीय सल्लुले सन् २००२ मा सडक दुर्घटनामा एकको ज्यान लिएर भागेको अभियोग पनि खेपिरहेका छन् । साजिदले भने सलमानले भिसा पाउन नसक्नुलाई 'टेक्निकल इरर' भनी टिप्पणी गरेका छन् ।
हालै मात्र मोबाइल सर्चिङमा सर्वाधिक खोजीको सूचीमा एक नम्बरमा परेका सलमान खानलाई बेलायतले भिसा नदिनुको कारण भने खुलाएको छैन । सलमान एक नम्बरमा आएको सूचीमा गायिका टेलर स्विफ्ट आठौं नम्बरमा छिन् भने उनकै पूर्वप्रेमिका कटि्रना कैफ दोस्रोमा परेकी छन् ।

Thursday 1 August 2013

कार्यकर्ता रिहाईको माग गर्दै चितवन बन्द

चितवन, श्रावण १७ - कार्यकर्ता रिहाईको माग गर्दै वाइसीएलले बिहीबार चितवन जिल्ला बन्दको आह्वान गरेको छ । बन्दले बिहानैबाट जिल्लाको जनजीवन प्रभावित बनेको छ ।

बजार पसल खुल्न सकेका छैनन् भने शिक्षण संस्था ठप्प छन् । लामा तथा छोटा दुरीका यातायातका साधन चल्न सकेका छैनन् । त्यस्तै सडकमा बसेर प्रर्दशन गरिरहेका वाईसिएल कार्यकर्ताले एम्बुलेन्स तोडफोड गरेका छन् । विरामीको सट्टा यात्रु बोकेको भन्दै भरतपुर १० स्थित हाकिमचोकमा ना २ च ४४८८ नम्बरको एम्बुलेन्स तोडफोड गरेका हुन् ।
एम्बुलेन्सको अगाडी भागको सिसा फुटेको छ । त्यस्तै कार्यालय बन्द गराउँदै हिंडेका वाईसिएल कार्यकर्ताले रत्ननगरपालिका २ मा रहेको  नेपाल टेलिकमको शाखा कार्यालय तोफोड गरेका छन् । कार्यालयको झ्याल र ढोकाको सिसा फुटेका छन् भने एउटा कप्युटर र टेबुल तोडफोड गरेका छन् ।
त्यस्तै बिद्युत् प्राधिकरण टाँडी शाखाको कार्यालयमा जबरजस्ती प्रबेश गरी कागज पत्र कार्यकर्ताले नियन्त्रणमा लिएर च्याति दिएका छन् । प्रहरीले तोडफोडमा संलग्न १५ जना वाईसिएल कार्यकर्तालाई पक्राउ गरेको छ । जबरजस्ती कार्यालयमा प्रबेश गरेर तोडफोड गरेपछि चारवटा मोटरसाइकल सहित तोडफोडमा संलग्न वाइसिएल कार्यकर्तालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टांडीका प्रहरी निरीक्षक केदार पन्तले जानकारी दिए ।
सडकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी ब्याक रुपमा परिचालन गरिएको छ । मंगलबार वडा प्रहरी कार्यालय नारायणगढले जबरजस्ती चन्दा उठाएको अभियोगमा वाईसिएलका ६ जना कार्यकर्तालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा उत्तम गुरुङ, मधुराज न्यौपाने, भरत मगर, मनोजकुमार शेर्पा, रवि पराजुली र विशाल मरहठ्ठा रहेका छन् । उनीहरु मध्ये २ जनालाई सार्वजनिक र ४ जनालाई चन्दा ऐन अनुसार मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान थालेको छ ।
कार्यकर्ता नछाडे सम्म बन्द फिर्ता नलिने वाइसिएलले जनाएको छ । कार्यकर्ता रिहाईको माग गर्दै दर्जनौंको संख्यामा वडा प्रहरी कार्यालय नारायणगढ पुगेका कार्यकर्ताले प्रहरीमाथि मंगलबार आक्रमण समेत गरेका थिए । आक्रमणबाट प्रहरी जवान मनोजकुमार चौहानलाई आँखीभौमा गम्भीर चोट लागेको र प्रहरी सहायक निरीक्षक हेमन्तकुमार सिंहलाई सामान्य घाइते भएका थिए ।
- See more at: http://www.ekantipur.com/np/2070/4/17/full-story/373203.html#sthash.HVDZUaef.dpuf
चितवन, श्रावण १७ - कार्यकर्ता रिहाईको माग गर्दै वाइसीएलले बिहीबार चितवन जिल्ला बन्दको आह्वान गरेको छ । बन्दले बिहानैबाट जिल्लाको जनजीवन प्रभावित बनेको छ ।

बजार पसल खुल्न सकेका छैनन् भने शिक्षण संस्था ठप्प छन् । लामा तथा छोटा दुरीका यातायातका साधन चल्न सकेका छैनन् । त्यस्तै सडकमा बसेर प्रर्दशन गरिरहेका वाईसिएल कार्यकर्ताले एम्बुलेन्स तोडफोड गरेका छन् । विरामीको सट्टा यात्रु बोकेको भन्दै भरतपुर १० स्थित हाकिमचोकमा ना २ च ४४८८ नम्बरको एम्बुलेन्स तोडफोड गरेका हुन् ।
एम्बुलेन्सको अगाडी भागको सिसा फुटेको छ । त्यस्तै कार्यालय बन्द गराउँदै हिंडेका वाईसिएल कार्यकर्ताले रत्ननगरपालिका २ मा रहेको  नेपाल टेलिकमको शाखा कार्यालय तोफोड गरेका छन् । कार्यालयको झ्याल र ढोकाको सिसा फुटेका छन् भने एउटा कप्युटर र टेबुल तोडफोड गरेका छन् ।
त्यस्तै बिद्युत् प्राधिकरण टाँडी शाखाको कार्यालयमा जबरजस्ती प्रबेश गरी कागज पत्र कार्यकर्ताले नियन्त्रणमा लिएर च्याति दिएका छन् । प्रहरीले तोडफोडमा संलग्न १५ जना वाईसिएल कार्यकर्तालाई पक्राउ गरेको छ । जबरजस्ती कार्यालयमा प्रबेश गरेर तोडफोड गरेपछि चारवटा मोटरसाइकल सहित तोडफोडमा संलग्न वाइसिएल कार्यकर्तालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टांडीका प्रहरी निरीक्षक केदार पन्तले जानकारी दिए ।
सडकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी ब्याक रुपमा परिचालन गरिएको छ । मंगलबार वडा प्रहरी कार्यालय नारायणगढले जबरजस्ती चन्दा उठाएको अभियोगमा वाईसिएलका ६ जना कार्यकर्तालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा उत्तम गुरुङ, मधुराज न्यौपाने, भरत मगर, मनोजकुमार शेर्पा, रवि पराजुली र विशाल मरहठ्ठा रहेका छन् । उनीहरु मध्ये २ जनालाई सार्वजनिक र ४ जनालाई चन्दा ऐन अनुसार मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान थालेको छ ।
कार्यकर्ता नछाडे सम्म बन्द फिर्ता नलिने वाइसिएलले जनाएको छ । कार्यकर्ता रिहाईको माग गर्दै दर्जनौंको संख्यामा वडा प्रहरी कार्यालय नारायणगढ पुगेका कार्यकर्ताले प्रहरीमाथि मंगलबार आक्रमण समेत गरेका थिए । आक्रमणबाट प्रहरी जवान मनोजकुमार चौहानलाई आँखीभौमा गम्भीर चोट लागेको र प्रहरी सहायक निरीक्षक हेमन्तकुमार सिंहलाई सामान्य घाइते भएका थिए ।
- See more at: http://www.ekantipur.com/np/2070/4/17/full-story/373203.html#sthash.HVDZUaef.dpuf
चितवन, श्रावण १७ - कार्यकर्ता रिहाईको माग गर्दै वाइसीएलले बिहीबार चितवन जिल्ला बन्दको आह्वान गरेको छ । बन्दले बिहानैबाट जिल्लाको जनजीवन प्रभावित बनेको छ ।

बजार पसल खुल्न सकेका छैनन् भने शिक्षण संस्था ठप्प छन् । लामा तथा छोटा दुरीका यातायातका साधन चल्न सकेका छैनन् । त्यस्तै सडकमा बसेर प्रर्दशन गरिरहेका वाईसिएल कार्यकर्ताले एम्बुलेन्स तोडफोड गरेका छन् । विरामीको सट्टा यात्रु बोकेको भन्दै भरतपुर १० स्थित हाकिमचोकमा ना २ च ४४८८ नम्बरको एम्बुलेन्स तोडफोड गरेका हुन् ।
एम्बुलेन्सको अगाडी भागको सिसा फुटेको छ । त्यस्तै कार्यालय बन्द गराउँदै हिंडेका वाईसिएल कार्यकर्ताले रत्ननगरपालिका २ मा रहेको  नेपाल टेलिकमको शाखा कार्यालय तोफोड गरेका छन् । कार्यालयको झ्याल र ढोकाको सिसा फुटेका छन् भने एउटा कप्युटर र टेबुल तोडफोड गरेका छन् ।
त्यस्तै बिद्युत् प्राधिकरण टाँडी शाखाको कार्यालयमा जबरजस्ती प्रबेश गरी कागज पत्र कार्यकर्ताले नियन्त्रणमा लिएर च्याति दिएका छन् । प्रहरीले तोडफोडमा संलग्न १५ जना वाईसिएल कार्यकर्तालाई पक्राउ गरेको छ । जबरजस्ती कार्यालयमा प्रबेश गरेर तोडफोड गरेपछि चारवटा मोटरसाइकल सहित तोडफोडमा संलग्न वाइसिएल कार्यकर्तालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टांडीका प्रहरी निरीक्षक केदार पन्तले जानकारी दिए ।
सडकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी ब्याक रुपमा परिचालन गरिएको छ । मंगलबार वडा प्रहरी कार्यालय नारायणगढले जबरजस्ती चन्दा उठाएको अभियोगमा वाईसिएलका ६ जना कार्यकर्तालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा उत्तम गुरुङ, मधुराज न्यौपाने, भरत मगर, मनोजकुमार शेर्पा, रवि पराजुली र विशाल मरहठ्ठा रहेका छन् । उनीहरु मध्ये २ जनालाई सार्वजनिक र ४ जनालाई चन्दा ऐन अनुसार मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान थालेको छ ।
कार्यकर्ता नछाडे सम्म बन्द फिर्ता नलिने वाइसिएलले जनाएको छ । कार्यकर्ता रिहाईको माग गर्दै दर्जनौंको संख्यामा वडा प्रहरी कार्यालय नारायणगढ पुगेका कार्यकर्ताले प्रहरीमाथि मंगलबार आक्रमण समेत गरेका थिए । आक्रमणबाट प्रहरी जवान मनोजकुमार चौहानलाई आँखीभौमा गम्भीर चोट लागेको र प्रहरी सहायक निरीक्षक हेमन्तकुमार सिंहलाई सामान्य घाइते भएका थिए ।
- See more at: http://www.ekantipur.com/np/2070/4/17/full-story/373203.html#sthash.HVDZUaef.dpuf

Nijyumaru Japanese restaurant

Delicious Otoro( blifin fish belly )sashimi mori I have ever try