Friday 22 March 2013

तीन पूर्वआयुक्तको नियुक्ति प्रस्ट पार्न राष्ट्रपतिको आग्रह, अस्वीकार गरेको होइनः दाहाल

काठमाडौं, चैत्र ९ - राष्ट्रपति रामवरण यादवले संवैधानिक परिषद्ले सिफारिस गरेका तीन पूर्व निर्वाचन आयुक्तबारे प्रस्ट पार्न पत्राचार गरेका छन् ।

संवैधानिक परिषद् अध्यक्ष खिलराज रेग्मीलाई शुक्रबार पत्र लेख्दै राष्ट्रपति कार्यालयले तीन पूर्व आयुक्तको सिफारिसबारे स्पष्ट पार्न भनेको छ । 'तीन पूर्व आयुक्तको नाममा अन्तरिम संविधानको धारा १ सय २८ को उपधारा ३ र ७ आकर्षित हुन्छ वा हुँदैन स्पष्ट पार्नु भनिएको छ,' राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले भने ।

अन्तरिम संविधानमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त भइसकेको व्यक्ति अन्य सरकारी सेवामा नियुक्त हुनका लागि ग्राहृय नहुने उल्लेख छ । चार दलको उच्चस्तरीय राजनीतिक समितिको प्रस्तावमा संवैधानिक परिषद्ले दुई नयाँसहित पाँच जना पदाधिकारी नियुक्त गर्न बिहीबार राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

परिषद्ले सिफारिस गरेकामध्ये पूर्व कार्यवाहक निर्वाचन आयुक्त निलकण्ठ उप्रेती, आयुक्तहरु अयोधीप्रसाद यादव र दोलखबहादुर गुरुङ छन् । राष्ट्रपतिका प्रेस सल्लाहकार दाहालले तीन आयुक्तलाई अस्वीकार वा फिर्ता गरेको नबुझ्न आग्रह गरे । 'यो प्रक्रियामा नै छ, अन्तरिम संविधान आकर्षित हुन्छ कि हुँदैनमात्र भनिएको हो,' उनले भने, 'फिर्ता वा अस्वीकार भएको होइन ।'

सिंहदरवारमा बिहीबार साँझ बसेको परिषद् बैठकले निर्वाचन आयोगमा एक प्रमुख आयुक्त र चार आयुक्तको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । तीमध्ये तीन पुरानासहित रामभक्त पीबी ठाकुर र इला शर्माको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरिएको थियो ।

संवैधानिक परिषद्मा अन्तरिम चुनवी मन्त्रिपरिषद् रेग्मीसहित कार्यवाहक प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा, सञ्चार मन्त्री पौडेल, गृहमन्त्री माधवप्रसाद घिमिरे, महिला बालबालिका तथा समाजकल्याण मन्त्री ऋद्धिबाबा प्रधान सदस्य छन् । पाँच सदस्यीय परिषद्मा मुख्यसचिव लीलामणि पौड्याल सदस्य-सचिव छन् ।

राष्ट्रपतिको पत्रबारे बालुवाटारमा छलफल

तीन पूर्व निर्वाचन आयुक्तबारे प्रस्ट पार्न राष्ट्रपति रामवरण यादवले गरेको पत्राचारबारे अन्तरिम चुनावी मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले उच्चस्तरीय राजनीतिक समितिका नेताहरुसँग शुक्रबार साँझ छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा समितिका नेताहरु सहभागी थिए । छलफलमा रेग्मीसँगै एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल, मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदार र सञ्चार मन्त्री माधव पौडेल सहभागी थिए ।

मन्त्रिपरिषद् अध्यक्षका प्रेस संयोजक राजेन्द्रप्रसाद पाण्डेले करिव ४५ मिनेट भएको छलफल समसामयिक विषयमा केन्द्रित रहेको बताए ।

बहाना रंग, नियत भंग

पि्रयंका प्रत्येक वर्ष होलीलाई पर्खन्थिन्। कारण होलीको बिदामा आफन्तसँग रमाइलो गर्नु पाउनु पनि हो। होस्टलमा बस्दै आएकी पि्रयंकालाई होलीमा रंगको उमंग कम लाग्दैनथ्यो। होली उनका लागि आफन्त भेटघाटसँगै रमाइलो गर्ने बहाना पनि थियो। पि्रयंका होलीको दिन निकै उत्साहित हुन्थिन्, तर हिजोआज उनको मुड खराब छ। पुतलीझै देखिने पि्रंयका चुपचाप छिन्। सधैंझैं अघिल्लो वर्ष पनि उनी होली मनाउन आफ्नो घर पुगेकी थिइन्। उनी परिवार तथा अन्य साथीहरूसँग होली खेल्न मस्त थिइन् तर उनलाई के थाहा कसैको नराम्रो नजर उनको भर्खरैको जवानीमाथि पर्छ भनेर।

छिमेकी दिवस उनको घरमा आउने-जाने गर्थे। होलीको समयमा दिवस पनि पि्रयंकाको घर आए। होलीको दिन जब पि्रयंका रंग खेल्न मस्त थिइन्। दिवसको नजर उनी माथि पर्‍यो। पि्रयंका तरुणी भैसकेकी थिइन्। पानीले भिजेको कपडाबाट उनको पूरा शरीर देखिइरहेको थियो। यस्तो देखेर दिवसले आफूलाई सम्हाल्न सकिरहेका थिएनन्। उनी रंग लगाइदिने बहानामा पि्रयंकाको नजिक गए। मौका हेरेर उनलाई अँगालो मारेर संवेदनशील अंग स्पर्श गर्न थाले। सुरुमा त उनले केही सोच्न सकिनन्, तर उनले चाँडैनै दिवसको नियत बुझेर आफूलाई छुटाइन्। तत्काल पि्रयंकाले एक झापड गालामा चडकाइदिइन्। जे होस्, उक्त घटना ती दुई जनामा मात्र सीमित रह्यो। यद्यपि पि्रयंकालाई विश्वास लाग्न सके न, बाल्यकालदेखिको साथी दिवससँगको उक्त घटना।

यो एउटा प्रतिनिधि घटना मात्र हो। यस्ता थुप्रै पि्रयंका होलान् जसले यस्ता खालका घटना होलीको दिनमा भोग्नुपरेको छ। होलीको नाममा युवतीहरूको इज्जतमाथि खेल्नु सामान्य हुँदै गएको छ। यस्ता घटनाले उनीहरूलाई जीवनभर लाज र सरमले घेरिरहेको हुन्छ। होलीको दिन दे वर-भाउजू, साली-भेनाबीच ठट्टा चल्नु सामान्य मानिन्छ, तर यही सामान्य क्रिया-प्रतिक्रियाले नराम्रो रूप पनि लिन सक्छ। यसबाट बच्न आवश्यक छ। यसमा आफैंलाई दह्रो बनाउनुपर्छ, नियत सफा राख्नुपर्छ। साथी हुन् वा आफन्त एउटा सीमा कायम गर्नुपर्छ।

होली आफैंमा नराम्रो होइन। कतिपय कुरा ध्यानमा राखेर मजाले होली खेल्न सकिन्छ। यस्ता घटना युवतीहरू मात्र घट्छ भन्ने होइन। यस्ता घटना बालिका एवं महिलाहरूका साथ पनि घट्छन्। सहरमा भन्दा गाउँमा यस्ता समस्या बढी छन्। अहिले सहरमा पनि यस्ता घटनाको बाढी आउन थालेको छ। शरीर छुने यस्तै घटनाबाट उब्जिएका झगडाकै कारण मानिसको मृत्यु पनि हुनसक्छ। यस्ता घटनामा महिलाहरू सजिलै सिकार बनिरहेका छन्। रंगको बहानामा तेजाब हाल्नु, रसायनले अनुहार बिगारिदिनु, जिस्क्याउनु, बलात्कारजस्ता घटना समेत घट्ने गरेका छन्।

यौनचाहनामा खुल्न नसकेकाहरू होलीको बहानामा गलत क्रियाकलापमा सरिक हुन्छन्। यस्ता घटना साना बालबालिकाविरुद्ध पनि हुनसक्छ। यस्तो घटना सामान्यतयाः आफन्तबाटै हुने गरेको तथ्य बाहिर आएको छ। अन्य समयमा भन्दा होलीमा यस्ता घटना बढी देखिन्छ।

यस्ता गलत क्रियाकलापबाट बच्न सबैले आफ्ना अभिभावकलाई घटनाका सम्बन्धमा जानकारी गराउनुपर्छ। यस विषयमा स्वयं अभिभावकले पनि आफ्ना छोराछोरीहरूमाथि निगरानी राख्नुपर्छ। होलीम्ाा कसैले समात्न खोजे, गालामा चुम्न खोजे, गालामा रंग लगाउन खोजे सतर्क गराउनुपर्छ। भरसक घरपरिवारसँगै होली खेल्नुपर्छ।

युवतीहरूले भने होलीको दिन विशेष ध्यान पुर्‍याउनुपर्छ। आफू नजिक आउन खोज्नेहरूको नियत पहिचान गर्न सक्नुपर्छ। होलीको दिन नशा लिने चलन पनि छ। होली खेल्ने कतिपयले भाङ, गाँजा आदि नशालु पदार्थ पनि सेवन गर्छन्। रक्सी पिएर होली खेल्नेहरू पनि उत्तिकै छन्। जो त्यस्ता चिज खाएर होली खेल्छन् उनीहरूबाट टाढै रहनुपर्छ, चाहे ती व्यक्ति परिवारका सदस्य नै किन नहुन् ?

फेसबुक र युट्युबका प्रयोगकर्ता उत्तिनै

काठमाडौ, चैत्र ९ - गुगलको स्वामित्वमा रहेको भिडियो सेयरिङ साइट युट्युबको नियमित प्रयोगकर्ता यसै साता एक अर्ब पुगेको छ । फेसबुकले ६ महिना अघि आफ्नो साइटको प्रयोगकर्ता एक अर्ब नाघेको घोषणा गरेको थियो ।

युट्युबले यसै साता बिज्ञप्ती जारी गर्दै आफ्ना नियमित प्रयोगकर्ता मासिक एक अर्ब पुगेको घोषणा गरेको थियो । इन्टरनेटका २ प्रयोगकर्तामध्ये एकले युट्युबको प्रयोग गर्ने युट्युबको बिज्ञप्तीमा उल्लेख छ ।

युट्युबमो प्रयोगकर्ता बढेसागै सामाजिक सञ्चाल फेसबुकमाथि दबाब बढेको छ । युट्युबको लोकपि्रयतासागै गुगलले आफ्नो बाषिर्क नाफामा बृद्धि गरिरहेको छ । सन् २००५ मा सुरु गरिएको युट्युब एक बर्ष पछि गुगलले निकेको थियो । त्यो बेलामा यसका प्रयोगकर्ता मासिक चार करोडको हाराहारीमा थिए ।

मधेसबाट चुनाव लड्ने दाहालको घोषणा

काठमाडौ, चैत्र ९ - एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आगामी संविधानसभा निर्वाचनमा मधेसबाट चुनाव लड्ने घोषणा गरेका छन् ।

धनुषामा शुक्रबार भएको आमसभामा दाहालले मधेसबाट चुनाव लड्ने इच्छा प्रकट गरेका हुन् । 'म मधेस (चितवन)कै हुँ, अबको चुनावमा मधेसबाटै चुनाव लड्ने इच्छा छ,' दाहालले सोधे, 'के तपाईंहरु मलाई साथ दिनुहुन्छ ?'

सखुवा महन्द्रनगरमा भएको अजवलाल यादवको ११ औं स्मृतिसभामा दाहालले संविधानसभामा प्रतिगामी र यथास्थितिवादी शक्तिहरु हावी हुँदा संविधान लेख्न नसकिएको आरोप लगाउँदै अबको चुनावमा दुई तिहाई मत आवश्यक रहेको बताए । 'मधेसी, दलित, उत्पीडित समूदायको संविधान लेख्न अग्रगामी शक्तिको कम्तिमा दुई तिहाई मत आवश्यक छ,' दाहालले भने, 'त्यसैले हाम्रो पार्टी आदिवासी, मधेसी दलहरुसँग मोर्चाबन्दी गरेर चुनावमा आउँदैन ।'

दाहालले एमाओवादीमा मधेसमा क्षमतावान् नेतृत्वको अभाव रहेको बताए । एमाले परित्याग गरेका नेता रामचन्द्र झालाई आफ्नो पार्टीमा ल्याउन चाहना घुमाउरो भाषामा राख्दै दाहालले भने, 'तपाईंहरुले क्षमतावान लिडर हामीलाई दिनुपर्‍यो ।' त्यहि कार्यक्रममा झा प्रवेश गर्ने तयारी भए पनि उनी उपस्थित थिएनन् ।

दाहालले प्रधानन्यायाधीश नेतृत्वमा चुनावी सरकार गठन गर्नुमा आफ्नो पार्टीको भूमिका रहेको भन्दै जस लिएका थिए । 'प्रतिगामीहरुले चुनाव चाहेका थिएनन्,' उनले भने, 'जनताको अधिकार प्राप्तिका लागि चुनावमा जानैपर्ने थियो, हाम्रै पहलमा प्रधानन्यायाधीशको अध्यक्षतामा चुनावी सरकार गठन भएको छ ।'

दाहालले राजनीतिक क्रान्ति पूरा गर्न आर्थिक क्रान्ति आवश्यक रहेको बताउँदै आर्थिक क्रान्तिको नेतृत्व आफ्नो दलले लिने उदघोष गरे ।

रामचन्द्र झाको घरमा दाहाल

दाहाल एमालेबाट राजीनामा दिएका पोलिटव्यूरो सदस्य रामचन्द्र झाको जनकपुर-२ कदमचोकस्थित घरमा बिहान गए । नेता हरिबोल गजुरेल, रामकुमार शर्मा र रामकुमार यादवसहित पुगेका दाहालले झाको घरमा चिया पिउँदै पार्टी प्रवेशबारे छलफल गरेका थिए ।

झाले भने एमाओवादीले आफूलाई कुन हैसियतमा दिने औपचारीक निर्णय गरेपछि मात्रै पार्टी प्रवेश गर्ने अडान लिए । झाले शुक्रबार जनकपुरबाट एमाले मुख्यालय बल्खुमा फ्याक्समार्फत् राजीनामा बुझाएका थिए ।

उनले राज्यको पुचर्सारचनालगायत बिषयमा एमालेसाग विचार नमिलेकाले नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन् ।

Nijyumaru Japanese restaurant

Delicious Otoro( blifin fish belly )sashimi mori I have ever try