Friday 25 January 2013

'नेपालमा गोल गर्ने खेलाडीको कमी रहेछ'

काठमाडौ, माघ १३ - नेपाली राष्ट्रिय टिमलाई प्रशिक्षण गर्न पुस २३ मा मुख्य प्रशिक्षक ज्याक स्टेफनडोवस्की आफ्ना सहायक रिचार्ड ओलोकिस्कीसँगै अमेरिकाबाट नेपाल आइपुगेका थिए । सहिद स्मारक लिग चलिरहँदा आइपुगेका नयाँ प्रशिक्षकले त्यसपछि भएका सबै लिगका खेलहरू हरेक दिन दशरथ रंगशाला पुगेर अवलोकन गरे । थ्रीस्टार र मनाङ- मस्र्याङ्दीको शुक्रबारको खेलसँगै लिगको पहिलो चरण सकिएको छ । अन्तिम दिनको खेलमा रंगशालामा ओइरिएको दर्शकदेखि उत्साहित देखिएका स्टेफनडोवस्कीसँग कान्तिपुरका लागि जगदीश्वर पाण्डेले गरेको कुराकानी : नेपालको लिग कस्तो लाग्यो ? ठीक लाग्यो । प्रतिस्पर्धात्मक छ । कुनै क्लब बलियो र कुनै कमजोर हुनु स्वाभाविक नै हो । क्लब र त्यहाँ आबद्ध खेलाडीअनुसार नतिजा निस्केको पाएँ । नेपाली खेलाडीको प्रदर्शनलाई कसरी मूल्यांकन गर्नु हुन्छ ? लगातारको खेलमा पनि उनीहरूले शतप्रतिशत मिहिनेतका साथ खेलेका छन् । राष्ट्रिय खेलाडीले आफ्नै स्तरअनुसार खेलेको पाएँ । नयाँ खेलाडीहरूले पनि आफ्नो क्षमताअनुसार प्रदर्शन गरेका छन् । कुन पक्ष सबैभन्दा कमजोर लाग्यो ? गोल भएन । गोल गर्ने खेलाडीको कमी रहेछ । खेलाडीको पास, बल कन्ट्रो, एट्याक राम्रो छ । गोलबिना खेल जित्न सकिन्न, त्यसैले हामी गोल गर्ने खेलाडी निकाल्ने योजनामा छौं । अर्को कमजोर पक्ष फिटनेस रहेछ । त्यसलाई हाम्रो प्रशिक्षणमा पूर्ण रूपमा सुधार्ने छौं । कुन पक्ष राम्रो लाग्यो ? खेलाडी प्राविधिक रूपमा राम्रा रहेछन् । तर विश्वकै उत्कृष्ट खेलाडीले पनि आफ्नो प्राविधिक पक्षलाई हरेक खेलमा सुधार्दै जाने कोसिस गरिरहेका हुन्छन् । हाम्रो खेलाडीलाई थप प्राविधिक रूपमा बलियो बनाउनुपर्छ । नेपाली दर्शकको उत्साह कस्तो पाउनुभयो ? आज (शुक्रबार) यहाँ उपस्थित दर्शकले मलाई निकै उत्साहित बनाएको छ । यसले आफ्नो काम गर्नका लागि थप ऊर्जा मिलेको महसुस गरें । यहाँ यति धेरै दर्शकले फुटबल मन पराउँछन् र हेर्नका लागि रंगशालामै आइपुग्छन् भनेर सोचेको थिइनँ । नेपालीहरूले फुटबल मन पराएकोमा मलाई निकै खुसी लाग्यो । राष्ट्रिय टिमलाई बलियो बनाउँदै दर्शकलाई थप उत्साहित बनाउनेछु ।

Thursday 17 January 2013

महिलालाई रक्सी चाँडो लाग्छ किन ?



रक्सी पिउने महिला सचेत हुनुस् । तपाइले पुरुषले जत्तिकै रक्सी पिउने गर्नुभएको छ भने पुरुषलाई भन्दा तपाइलाई बढी असर गर्ने चिकित्सकहरूले बताएका छन् । महिलाको शरीरमा पुरुषको भन्दा कम पानी हुन्छ । त्यसले अल्कोहल पिउँदा पुरुषमा भन्दा महिलाको रगतमा अल्कोहलको मात्रा बढी हुन्छ । त्यही कारण उही मात्रामा रक्सी पिएका महिलालाई पुरुषलाई भन्दा बढी नशा लाग्छ । बेलायतका चिकित्सकहरूले महिलाको रक्सी पिउने स्वभाव बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । बेलायती सरकारले त्यहाँका महिलालाई हप्तामा १४ युनिट र पुरुषलाई २१ सम्म रक्सी पिउन सुझाब दिएको छ । त्यहाँ वयस्क युवतीहरूमा अल्कोहलका कारण मृगौला रोग बढ्दै गएको छ । पुरुषको शरीरमा ६५ प्रतिशत पानी हुन्छ । महिलाको शरीरमा ५५ । लन्डन विश्वविद्यालय मेडिकल स्कुलकी डा. मर्सा मोर्गनले उस्तै तौल भएका महिला र पुरुषलाई सोही मात्रामा अल्कोहल दिँदा पनि महिलाको रगतमा दोब्बर मात्रामा अल्कोहल मिसिने भएकाले महिलाले कम अल्कोहल पिउन सुझाब दिइन् ।

प्रधानमन्त्रीको चेतावनी, 'मुद्दा उल्झाए राम्रो हुँदैन'

endofvid [starttext] [endtext]रोल्पा, माघ ४ - प्रधानमन्त्री बाबुराम भट्टराईले सरकारले सशस्त्र द्वन्द्वकालमा घटेका घटनाको निष्पक्ष छानविन गर्न सत्य निरुपण तथा वेपत्ता आयोग गठन गर्न चाहे पनि अन्य दलहरुले सहयोग नगरेको आरोप लगाएका छन् ।
बिहीबार रोल्पाको लिबाङमा आयोजित सभामा प्रधानमन्त्री भट्टराईले दुवै आयोग गठन नहुँदा त्यस अवधिका घटना जथाभावी उल्झाइएको बताए । 'आयोग गठन गरेपछि मात्रै न्याय दिलाउने कुरा हो । यो कुरा विस्तृत शान्ति सम्झौतामापनि उल्लेख गरिएको छ,' एकीकृत माओवादीका उपाध्यक्ष समेत रहेका उनले भने, 'एकातिर आयोग गठन गर्न नदिने अर्कातिर पुरानै मुद्दालाई उल्झाएर शान्ति प्रक्रियालाई धरापमा पार्ने योजना बुनिएको छ ।'
आयोग निर्माणका लागि अध्यादेश बनाएर राष्ट्रपति समक्ष पठाएको भएपनि त्यही थन्किएको उनले बताए । दैलेखमा हत्या गरिएका पत्रकार डेकेन्द्र थापाको मुद्दाप्रति संकेत गर्दै भट्टराईले भने, 'जथाभावी पुराना मुद्दा उल्झाउने हो भने राम्रो हुँदैन ।' ६ महिनासम्म विधेयक पारित नहुनु नै यस्ता मुद्दा उठ्नुको कारण भएको उनले आरोप लगाए ।
बिहीबारबाट सुरु भएको एमाओवादी रोल्पाको तेस्रो जिल्ला सम्मेलनमा अध्यक्ष दाहाल, नेता महरा लगायतका नेता आएका छन् । नेपाली सेनाको हेलिकप्टरमा आएका उनीहरु बिहीबारै फर्किएका छन् ।

Tuesday 8 January 2013

प्रधानमन्त्रीको निर्देशनमा पत्रकार थापाको हत्याका आरोपीको बयान रोकियो

endofvid [starttext] [endtext]दैलेख, पुस २४ - प्रधानमन्त्री बाबुराम भट्टराईको निर्देशनमा पत्रकार डेकेन्द्रराज थापा हत्याका अभियुक्तको वयान लिने कार्य रोकिएको छ । कानुनी प्रक्रिया अघि नबढाउन प्रहरी र जिल्ला न्यायधिवक्तालाई आ–आफ्ना विभागमार्फत निर्देशन आएपछि सोमबारदेखि अभियुक्तको वयान रोकिएको स्रोतको दाबी छ । हत्या अभियोग लागेका पाँचै जनाको आइतबार जिल्ला अदालतबाट पाँच दिनका लागि म्याद थपिएको थियो । स्रोतका अनुसार, प्रधानमन्त्री डा. बाबुराम भट्टराईको निर्देशनमा जिल्ला प्रहरी र सरकारी वकिललाई प्रहरी प्रधान कार्यालय तथा महान्यायधिवक्ताको कार्यालयबाट बयान रोक्न निर्देशन आएको हो । शनिवार द्वारी गाविस-१ का लक्षीराम घर्ती, द्वारी-३ का हरिलाल पुनमगर, बालुवाटार-७ का वीरबहादुर केसी, बालुवाटार-९ का निरकबहादुर घर्तीमगर र रानीवन गाविस-१ लामीडाँडाका जयबहादुर शाही पक्राउ गरिएका थिए । वीरबहादुर एमाओवादीका जिल्ला सदस्य हुन् भने बाँकी सबै वैद्य नेतृत्वको नेकपा-माओवादीमा आबद्ध छन् । जयबहादुर नेकपा-माओवादीका भेरी-कर्णाली राज्य समिति सदस्य हुन् । त्यसैगरी लक्षीराम, निरकबहादुर र हरिलाल नेकपा-माओवादीकै क्षेत्रीय सदस्य हुन् । लक्षीरामले सोमबार लिइएको बयानमा पत्रकार थापालाई आफुहरुले यातना दिएर पनि नमरेपछि जीउदै खाल्डो खनेर जलाएको बताएका थिए । साथै उनले हत्याको अभियोगमा आफुले सजाय पाए थापाको मृत आत्मको शान्ति पाउनेसमेत बताएका थिए । ‘तैंले किन र कसको आदेशमा मुद्दा अघि बढाईस् ?’ भनी जिल्ला प्रहरी प्रमुख डिएसपी शारदाप्रसाद चौधरी र अनुसन्धान अधिकृत निरीक्षक विनोद शर्मालाई दबाब आएको स्रोतले जनायो । दुबैले विभागीय दवावका बारेमा बोल्न चाहेनन् । तर, माओवादीका जिम्मेवार नेताबाटै श्रीमती र बालबच्चालाई सिध्याउनेसम्मका धम्की दिएको मोबाइल रेर्कड सुरक्षित रहेको अनुसन्धान अधिकृत शर्माले बताए । उनले भने, ‘जतिसुकै धाकधम्की र ‘पे्रसर’ आए पनि अनुसन्धान प्रक्रिया रोकिंदैन् । अनुसन्धान अधिकृत म नै हु“ । ‘पे्रसर’ थेगेर भएपनि कानुनले तोकेको कामबाट पछि हट्ने कुरै आउ“दैन् ।’ यद्यपी, अनुसन्धान अधिकृत शर्माले बयान लिन लैजादा मोबाइल ‘स्विच अफ’ गर्नुपरेको खुलासा भने गरे । अभियुक्तलाई पा“च दिनका लागि थपिएको म्याद विहीबार सकिदैंछ । जिल्ला सरकारी वकिल कार्यालयका न्यायधिवक्ता डम्बरप्रसाद काफ्लेले दबाबले नभई म्याद सकिन लागेका अन्य मुद्दाहरु भएकाले बयानको पालो नआएको दाबी गरे । उनले भने, ‘जति दबाब झेल्नुपरे पनि प्रक्रियामा अघि बढिसकेको मुद्दा रोकिदैंन् । म्याद थपेर भए पनि अभियुक्तबाट बयान लिनुपर्ने हुन्छ ।’

Nijyumaru Japanese restaurant

Delicious Otoro( blifin fish belly )sashimi mori I have ever try