Friday, 25 January 2013
'नेपालमा गोल गर्ने खेलाडीको कमी रहेछ'
काठमाडौ, माघ १३ - नेपाली राष्ट्रिय टिमलाई प्रशिक्षण गर्न पुस २३ मा मुख्य प्रशिक्षक ज्याक स्टेफनडोवस्की आफ्ना सहायक रिचार्ड ओलोकिस्कीसँगै अमेरिकाबाट नेपाल आइपुगेका थिए । सहिद स्मारक लिग चलिरहँदा आइपुगेका नयाँ प्रशिक्षकले त्यसपछि भएका सबै लिगका खेलहरू हरेक दिन दशरथ रंगशाला पुगेर अवलोकन गरे । थ्रीस्टार र मनाङ- मस्र्याङ्दीको शुक्रबारको खेलसँगै लिगको पहिलो चरण सकिएको छ । अन्तिम दिनको खेलमा रंगशालामा ओइरिएको दर्शकदेखि उत्साहित देखिएका स्टेफनडोवस्कीसँग कान्तिपुरका लागि जगदीश्वर पाण्डेले गरेको कुराकानी :
नेपालको लिग कस्तो लाग्यो ?
ठीक लाग्यो । प्रतिस्पर्धात्मक छ । कुनै क्लब बलियो र कुनै कमजोर हुनु स्वाभाविक नै हो । क्लब र त्यहाँ आबद्ध खेलाडीअनुसार नतिजा निस्केको पाएँ ।
नेपाली खेलाडीको प्रदर्शनलाई कसरी मूल्यांकन गर्नु हुन्छ ?
लगातारको खेलमा पनि उनीहरूले शतप्रतिशत मिहिनेतका साथ खेलेका छन् । राष्ट्रिय खेलाडीले आफ्नै स्तरअनुसार खेलेको पाएँ । नयाँ खेलाडीहरूले पनि आफ्नो क्षमताअनुसार प्रदर्शन गरेका छन् ।
कुन पक्ष सबैभन्दा कमजोर लाग्यो ?
गोल भएन । गोल गर्ने खेलाडीको कमी रहेछ । खेलाडीको पास, बल कन्ट्रो, एट्याक राम्रो छ । गोलबिना खेल जित्न सकिन्न, त्यसैले हामी गोल गर्ने खेलाडी निकाल्ने योजनामा छौं । अर्को कमजोर पक्ष फिटनेस रहेछ । त्यसलाई हाम्रो प्रशिक्षणमा पूर्ण रूपमा सुधार्ने छौं ।
कुन पक्ष राम्रो लाग्यो ?
खेलाडी प्राविधिक रूपमा राम्रा रहेछन् । तर विश्वकै उत्कृष्ट खेलाडीले पनि आफ्नो प्राविधिक पक्षलाई हरेक खेलमा सुधार्दै जाने कोसिस गरिरहेका हुन्छन् । हाम्रो खेलाडीलाई थप प्राविधिक रूपमा बलियो बनाउनुपर्छ ।
नेपाली दर्शकको उत्साह कस्तो पाउनुभयो ?
आज (शुक्रबार) यहाँ उपस्थित दर्शकले मलाई निकै उत्साहित बनाएको छ । यसले आफ्नो काम गर्नका लागि थप ऊर्जा मिलेको महसुस गरें । यहाँ यति धेरै दर्शकले फुटबल मन पराउँछन् र हेर्नका लागि रंगशालामै आइपुग्छन् भनेर सोचेको थिइनँ । नेपालीहरूले फुटबल मन पराएकोमा मलाई निकै खुसी लाग्यो । राष्ट्रिय टिमलाई बलियो बनाउँदै दर्शकलाई थप उत्साहित बनाउनेछु ।
Subscribe to:
Post Comments (Atom)
Nijyumaru Japanese restaurant
Delicious Otoro( blifin fish belly )sashimi mori I have ever try
-
पि्रयंका प्रत्येक वर्ष होलीलाई पर्खन्थिन्। कारण होलीको बिदामा आफन्तसँग रमाइलो गर्नु पाउनु पनि हो। होस्टलमा बस्दै आएकी पि्रयंकालाई होलीमा रं...
No comments:
Post a Comment