Sunday 29 September 2013

प्रचण्डले पदम कुँवर सँग हारे के होला ? बिस्तृत विवरण

१३ असोज, काठमाडौं । अहिलेको नेकपा एमाले अर्थात् पञ्चायतकालको नेकपा (माले) अहिलेको वैद्य माओवादीभन्दा बढ्ता उग्र थियो । ०३७ सालमा जनमत संग्रह मालेले बहिस्कार नगरेको भए ४ लाख भोटको अन्तरले एकदलीय पञ्चायतले जित्ने थिएन र ०३७ साल जेठ १ गते नै बहुदल आउने थियो । तर, जनमत संग्रहको नतिजाबाट रन्थनिएको मालेले ०३८ सालको राष्ट्रिय पञ्चायतको निर्वाचन बहिस्कार मात्रै गरेन, वीरगञ्ज, झापा र काठमाडौंमा ‘नकारात्मक भोटिङ’को अभ्यास समेत गर्‍यो ।
यसरी भेटिइन् नानीमैया
तत्कालीन मालेको स्थानीय नेतृत्वले ०३८ सालको चुनावमा काठमाडौंबाट जनपक्षीय उमेद्वारका रुपमा पद्मरत्न तुलाधरलाई उठाउने विचार गरेको थियो । तर, पार्टीले जनमत संग्रहमा जस्तै राष्ट्रिय पञ्चायतको चुनावमा पनि बहिस्कारको नीति लियो । पार्टीले चुनावमा भाग लिन नपाउने भएपछि मालेका युवा नेताहरुले उट्पट्याङ मान्छेलाई चुनाव लडाउने र पञ्चायतलाई व्यंग्य गर्ने निश्कर्ष निकाले ।
यो उट्पट्याङ कार्यमा तत्कालीन अखिल पाँचौं सक्रियतापूर्वक लाग्यो । त्यतिबेला सीताराम मास्के, केशव स्थापित, गौरी प्रधान, राजेन्द्र श्रेष्ठ लगायतका युवा नेताहरुले पञ्चायतको खिल्ली उडाउने पात्रको खोजी गर्न शुरु गरे । र, यहीक्रममा भेटिइन् नामनीमैया दाहाल । नानीमैया दाहाललाई त्यसबेला गोल्चे सार्कीले फेला पारेर असनमा रहेको पार्टी अफिसमा पुर्‍याएका थिए । बहुदल आएपछि राजनीतिको केन्द्र भागमा आएका सार्की तिनै व्यक्ति हुन्, जसले प्रतिनिधिसभामा कांग्रेस नेता रामचन्द्र पौडेललाई मुक्का हानेका थिए ।
नानीमैया त्यसबेला पनि अहिलेजस्तै थिइन् । मान्छेलाई छाडा शब्द प्रयोग गरेर गाली गर्नु अनि रिस उठ्यो भने साडी उचालेर देखाइदिनु नानीमैयाको न्युनतम योग्यता ठहरियो माले नेताहरुका लागि । आजभोलि डिल्लीबजार र चावहिलको मालपोत कार्यालय वरिपरि भेटिने नानीमैया ०३८ सालतिर पनि यसैगरी अरुकै काम गरिदिने र सरकारी कार्यालयमा भनसुन गर्दै हिँड्थिन् । एमाले नेताका अनुसार त्यसबेला राष्ट्रिय पञ्चायतमा उमेद्वार बनाउन माले नेताहरुले फकाउँदा उनले खुशी हुँदै सहजै स्वीकारेकी थिइन् ।
मैयासँग हारे चित्रकार
०३८ साल बैसाख २७ गते भएको राष्ट्रिय पञ्चायतको चुनावमा काठमाडौंका दुई सीटमध्ये एउटामा जोगमेहर श्रेष्ठले जिते भने अर्को सीटमा उट्पट्याङ उमेद्वार नानीमैयाले जितिन् । नानीमैयासँग काठमाडौं नगर पञ्चायतका मेयर कमल चित्रकारले प्रतिश्पर्धा गेका थिए । तर, पञ्चायतलाई बेइज्यत गर्न भन्दै काठमाडौंका बासिन्दाले पञ्चलाई हराएर नानीमैयालाई जिताएर नकारात्मक भोटिङको पहिलो अभ्यास गरे ।
पुहातुलाई राष्ट्रिय पञ्चायतबाट हटाइयो
त्यसबेला तत्कालीन मालेले काठमाडौंमा मात्रै होइन, झापा र वीरगञ्जमा पनि यसै गरी निर्वाचनलाई ठट्टाको रुपमा उपयोग गरेको थियो । झापामा पुहातु चौधरीलाई माले कार्यकर्ताले राष्ट्रिय पञ्चायतको चुनावमा जिताएका थिए । चप्पल मात्रै लगाएर संसद भवनमा प्रवेश गर्न पठाइएका पुहातुले एउटा कार्यक्रममा भाषण गर्नेक्रममा ०१७ सालमा राजा महेन्द्रले निरंकुश व्यवस्था लादेको भनेपछि उनलाई राष्ट्रिय पञ्चायतबाटै बर्खास्त गरिएको गरियो । नानीमैया भने बर्खास्तीमा परिनन् । नानीमैयाले आफ्नो काम नगरिदिएको भन्दै सूर्यबहादुर थापालाई साडी उचालेर देखाएको तत्कालीन माले नेताहरु सम्झन्छन् । मालेले वीरगञ्जमा उठाएका एकजना कुचीकारले भने चुनाव जितेनन् ।
पदम कुँवरलाई पुहातु बनाउने प्रयास
आगामी मंसिरमा हुने भनिएको संविधानसभा चुनाबमा ०३८ सालमा जस्तै काठमाडौंमा उट्पट्याङ उमेद्वार खडा गरेर ठूला नेतालाई हराउने नानीमैयाको खोजी हुन थालेको छ । र, यसका लागि खडा गर्न लागिएको छ प्रचण्डलाई थप्पड हानेर चर्चामा आएका पदम कुँवर । केही व्यक्तिहरुको लहैलहैमा लागेर कुँवरले आगामी चुनावमा काठमाडौं १० बाट प्रचण्डसँग चुनाव लड्ने घोषणा गरेका छन् । तर, के पदम कुँवर नानीमैया दाहाल वा पुहातु चौधरी बन्लान् त ? त्यस्तो भयो भने  भारतको अदालतले भनेजस्तै ‘नेगेटिभ भोटिङ’ अर्थात नेपाली शैलीको ‘राइट टु रिजेक्ट’ सरह हुनेछ ।
प्रचण्डविरुद्ध चुनाव लड्ने घोषणासहितको पदम कुँवरको भीडियोसमेत सामाजिक सञ्चालमा प्रचार गर्न थालिएको छ । तर, कुँवरलाई प्रचण्डविरुद्ध कसले यसरी उचालिरहेको भन्ने कुरा पनि ०३८ सालमा जस्तै भूमिगत छ 

सुडानमा नेपाली हेलिकप्टर दुर्घटनामा

काठमाडौं, आश्विन १३ - युएनको शान्ति मिसन सुडानमा नेपालबाट गएको हेलिकोप्टरमा आइतबार बिहान डार्फरमा दुर्घटना भएको छ । श्री एयर लाइन्सको एमआई सेभेन्टिन हेलिकप्टर बिहान १० बजे सुडानको जियालाङगीस्थित हेडक्वाटरबाट नाइटेटि क्षेत्रमा रहेको प्रहरी चौकीमा नियमित उडानमा जाने क्रममा दुर्घटनामा परेको हो ।
१९ जना यात्रु सहित त्यहाँबाट उड्ने बित्तिकै दुघर्टनामा परेको हो । दुर्घटनामा नेपाली १ नेपाली यात्रु र चालक दलका ३ सदस्य पनि नेपाली नै थिए । चालक क्याप्टेन प्रतिज्ञ राणाले हेलिकप्टरमा गडबढि देखेपछि सकुसल अवतरण गराउँदा मानवीय क्षति हुन नपाएको सुडानमा रहेका नेपाल प्रहरीका एक अधिकृतले जानकारी दिए । ती अधिकृतका अनुसार उक्त हेलिकप्टरमा सबै युएनका कर्मचारीहरु थिए ।
उडान दलमा रहेका राणा सहित फ्लाईट इन्जिनियर सुरेन्द्र शाही, बिमान परिचारिका जीवन धोबी छन् । युएन मै काम गर्ने अर्का नेपाली यात्रु अनिल राजवंशी पनि सकुसल रहेको जनाइएको छ । श्री एयरलाइन्सका सञ्चालक बनवारिलाल मित्तलले नेपाली हेलिकप्टर दुर्घटनाको पुष्टि गर्दै थप जानकारी हासिल गर्ने प्रयास भइरहेको जानकारी दिए । 'सबै बिबरण आइसकेको छैन,' उनले भने 'हेलिकप्टर क्षतिको बिबरण आएपछि नयाँ पठाउने वा त्यसैलाई मर्मत गर्ने बारे निर्णय लिन्छौं ।'

साभार
ekantipur.com

Saturday 28 September 2013

रेग्मीद्वारा राष्ट्रसंघको ६८ औं महासभालाई सम्बोधन

काठमाडौ, आश्विन १२ - संयुक्त राष्ट्रसंघको ६८ औं महासभालाई सम्बोधन गर्दै अन्तरिम मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले नेपाल आणविक हतियार मुक्त क्षेत्रको पक्षमा रहेको भन्दै विध्वंशकारी हतियार निशस्त्रीकरणको लागि आव्हान गरेका छन् । उनले नेपाल संवाद, शिक्षा र जनचेतनामार्फत् शान्ति स्थापनाको पक्षमा रहेको धारणा व्यक्त गरे ।
'बुद्धको जन्मथलो लुम्बिनीबाट शान्ति र अहिंसाको सन्देश बोकेर आएको छु', भन्ने वाक्यांश सुरु उनको ७ पेज लामो मन्तव्यमा उनले  जैविक, रसायनिक, आणविकजस्ता विध्वंशकारी हतियारको निर्माण कटौतीमा जोड दिए । उनले साना हतियारको गैरकानुनी प्रयोग बढ्न नदिने प्रतिबद्धता जनाउ ।
नेपाल कुनै पनि वहानामा हुने आतंकवादी क्रियाकलापको विरोधमा रहेको प्रष्ट्याउदै रेग्मीले केन्या र पाकिस्तानमा भएको घटनाप्रति दुख व्यक्त गरे । मानवता विरोधी यस्ता घटनाको विरुद्ध लड्नको लागि उनले बृहत छलफलको आवश्यकता औंल्याएका छन् ।
नेपालको शान्ति प्रक्रियाको प्रसंग कोट्याउदै रेग्मीले  मंसिर ४ मा तोकिएको निर्वाचनको लागि आवश्यक पूरा भएको बताए । उनले निर्वाचनकेा लागि आफ्नो नेतृत्वमा सरकार गठन भएको प्रष्ट पारे ।
मन्तव्यका क्रममा रेग्मीले नेपालबाट दैनिक एकहजार ५ सय कामदार रोजगारीको लागि विदेशिने प्रसंग उल्लेख गर्दै रेमिट्यान्सको नेपालको कूल ग्राहस्थ उत्पादनको २५ प्रतिशत हिस्सा ओगटेको जानकारी दिए । उनले नेपाली कामदारले गन्तव्य मुलुकको विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै उनीहरुको सम्मानको कदर हुनुपर्ने माग गरे ।
'नेपालले निकै कम हरित गृह ग्यासको उत्पादन गर्ने भएपछि जलवायू परिवर्तन नेपालको लागि जोखिमपूर्ण छ', उनले भने,' जलवायू परिवर्तनको कारण नेपालको हिमाली वातावरणीय चक्र, जैविक विविधता, सम्पदा जोखिममा परेको छ  ।'

Miss world 2013

Miss Philippines was crowned Miss World 2013 in a glittering finale.
Megan Young beat five other finalists, including France and Brazil, to win the coveted title in a contest broadcast to more than 180 countries worldwide. She thanked the judges for choosing her and promised to "be the best Miss World ever".
The 23-year-old pledged to "just be myself in everything I do, to share what I know and to educate people".
------------------------------------------------------------
The contestants were asked 'Why they deserve to win the Miss World 2013 title' and here's what they said:
France: Miss World is a pretigious title. It's a chance to meet people around the world and help them. Also because i'm generous.
Ghana: I believe Miss World is a woman of substance. 
Brazil: Beauty opens doors, but 'Beauty with a Purpose' opens hearts and minds.
Spain: I want to be the Miss World for all the right reasons. Beauty from within and kindness changes lives.
Gibraltar: I will work hard and with passion to make peoples' lives more easier and happier.
-----------------------------------------------------------------
'Top 5' Peoples' Choice finalists are:
1st place France, 2nd place Philippines , 3rd place Ghana, 4th place Brazil, 5th place Spain.
The Winner of Peoples' Choice is....
Miss Gibraltar, Maroua Kharbouch
------------------------------------------------------------------
The winner of 'Beauty With A Purpose' of 2013 is Miss Nepal, Ishani Shrestha.
------------------------------------------------------------------
The Top 10 contestants to enter the Semi-Finals are:
10th place is Ghana, 9th place Jamaica, 8th place Spain, 7th place Indonesia, 6th place England, 5th place Nepal, 4th place France, 3rd place Australia, 2nd place Brazil, 1st place Philippines.
Miss India World Navneet Kaur Dhillon failed to make it to the 'Top 10' of Miss World 2013 pageant
The 21-year-old Indian beauty walked away with the title of 'Miss Multimedia', an award for managing the web section of the Miss World in the best possible way through status updates, photos and videos, after beating Miss Thailand Kanyaphak Phokesomboon and Miss Nepal Ishani Shrestha. Navneet's page has so far got 1, 21,725 likes, which was achieved with status updates, interactive photo posts and stunning cover pictures.
Navneet was being touted as one of the probable winners and expected to bring back the title home after a gap of more than a decade. 
To cheer things up, Blue, is back onstage to perform their chartbuster 'One Love'
-------------------------------------------------------------------
It's performance time! The contestants perform to a medley of music from around the world.
Judging the best from a bevy of beauties is a herculean task. The Miss World panel of judges include the likes of Liliana Tanoesoedibjo (chairwoman of Miss Indonesia Organization), Coretta Kapoyos Bayuseno (chairwoman of Jakarta Police Wives Organization), and Julia Morley (chairwoman of Miss World Organization).
----------------------------------------------------------------
The Miss World 2013 Grand Final kickstarted with the British boyband 'Blue' performing their hit number 'Break My Heart'.
A brief round of introductions was followed by a breathtaking Balinese performance.
The contests finally take the centre stage in their colourful evening gowns.
In an 'oops moment', Miss India contestant was about to trip on her gown.
Poised and confident, the contestants, sang the 'Indonesia Raya' - National Anthem of Indonesia.
This year's pageant is being presented by Jennifer Reoch ( a 2011 Miss World contestant) and Kamal Ibrahim.
---------------------------------------------------------------------
A glittering final to the Miss World pageant unfolds on the Indonesian island of Bali under heavy security after weeks of hardline Muslim protests and warnings the beauty contest could be attacked.
The 2012 Miss World Yu Wenxia from China passes on her crown to one lucky lady of 130 contestants in the 63rd Miss World Grand Final on the resort island of Bali.

Today's final will see the contestants’ parade in Indonesian-designed dresses and feature a series of musical performances.

The finalists will face a question and answer round from a panel of judges before a winner is crowned.
Chandigarh girl Navneet Kaur Dhillon who is representing India has already made a splash at the pageant by winning the ‘Miss Multimedia Award’.

Friday 27 September 2013

Thursday 26 September 2013

सेनाको कर्णेल सहित ८ को मृत्यु

श्रीनगर (भारत), आश्विन १० -  भारत अधिनस्थ कश्मीरमा बिहीबार भएको आतंकारी हमलामा सेनाको लेफ्टिनेन्ट कर्णेल सहित ८ जना मारिएका छन् । आतंकारीले दुईवटा सुरक्षा चौकीमा आक्रमण गरेको हो । पहिलो आक्रमण एक प्रहरी चौकीमाथि गरिएको थियो । कठुआ जिल्लाको हिरानगर प्रहरी चौकीमाथि गरिएको आक्रमणमा चार प्रहरी र दुई जना स्थानीय नागरिकको मृत्यु भएको छ ।
आतंकारीहरुले अर्को आक्रमण कठुवा जिल्लासँगै टाँसिएको सांवा जिल्लामा सेनाको एक चौकीमाथि आक्रमण गरे । त्यहाँ लेफ्टिनेन्ट कर्णेल र एक जवानको मृत्यु भएको बीबीसीले जनाएको छ । सेनाको कारवाहीमा दुई जना आतंकारी पनि मारिएका छन् ।  आतंककारीहरु सेनाको मेसमा प्रवेश गरेका थिए । आतंककारीहरु सेनाको पोशाक लगाएर आएको बताईएको छ ।
भारतीय र पाकिस्तानी प्रधानमन्त्रीबीच भेटघाटको कार्यक्रम तय भएको एक दिन अगाडि यो आक्रमण भएको समाचारमा जनाइएको छ ।
संयुक्त राष्ट्र सङ्घको महासभामा सहभागी हुन जान लागेका भारतीय प्रधानमन्त्री मनमोहन सिंह र पाकिस्तानी समकक्षी नवाज शरिफबीच भेटघाट तय भएको थियो ।

मलेशिया मा गैराकनुनिलाई कम्तिमा एक लाखको जरिवाना

क्वालालम्पुर, आश्विन १
० - मलेसियाली सरकारले स्वदेश र्फकन चाहने गैरकानुनी हैसियतका आप्रवासी कामदारका लागि विभिन्न चार चरणको जरिवाना तोकेको छ ।
गैरकानुनी नेपाली कामदार घरफिर्तीका लागि आवश्यक प्रक्रियाबारे अवगत नभएकोबारे समाचार सार्वजनिक भएपछि मंगलबार अबेर सूचना जारी गरी नेपाली दूतावासले गैरकानुनी कामदारले स्वदेश र्फकनुअघि तिर्नुपर्ने जरिवाना रकमबारे जानकारी गराएको हो । मलेसियाली अध्यागमन विभागबाट जानकारी प्राप्त भएको स्पष्ट पार्दै जारी गरिएको सूचनाअनुसार बढीमा ३० दिनसम्म गैरकानुनी रूपमा बसेको नेपालीले दैनिक ३० रिंगिट, ३१ दिनदेखि ६ महिनासम्म गैरकानुनी हैसियतमा रहनेलाई १ हजार रिंगिट, ६ महिनादेखि ३ वर्षसम्म गैरकानुनी रूपमा बसेकालाई २ हजार रिंगिट र ३ वर्षभन्दा बढी गैरकानुनी रूपमा बस्नेलाई ३ हजार जरिवाना रकम कायम गरेको जनाइएको छ ।
यससँगै अब घर र्फकन चाहने नेपालीले बढीमा झन्डै १ लाख रुपैयाँसम्म जरिवाना बुझाउनुपर्ने भएको छ । सूचनामा घर र्फकने नेपालीले दूतावासबाट यात्रा अनुमति लिएपछि अध्यागमन विभागमा गैरकानुनी बसेको अवधिअनुसार जरिवाना र स्पेसल पासका लागि १ सय रिंगिट तिर्नुपर्ने जनाइएको छ ।
घर र्फकन चाहनेले घरफिर्ती टिकट र जरिवाना रकमसहित स्वयं अध्यागमन कार्यालयमा उपस्थित हुनुपर्नेसमेत उल्लेख छ । त्यसैगरी दूतावासले असम्बन्धित एवं अनधिकृत व्यक्तिको बहकाउ र ललाईफकाईमा नपरी नियमानुसार जरिवाना शुल्क तिरी स्वदेश र्फकन अनुरोध पनि गरेको छ ।
घरफिर्तीका लागि आवश्यक प्रक्रियाबारे पर्याप्त जानकारी नहुँदा दलालहरूमार्फत त्यस्ता हैसियतका नेपाली कामदारमाथि चरम ठगी हुँदै आएको छ भने कतिपय पक्राउसमेत पर्ने गरेका छन् ।

Wednesday 25 September 2013

एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना

१० असोज, काठमाडौं । सोलुखुम्बुको लुक्ला विमानस्थलमा बिहीबार बिहान एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना भएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन् । उनीहरु मध्ये एकको अवस्था गम्भीर छ ।
काठमाडौंबाट लुक्लाका लागि उडेको हेलिकोप्टर अवतरणका क्रममा दुर्घटना भएको हो । अवतरणका क्रममा हेलिकोप्टरको पछाडिको पंखा विमानस्थलको वरपर लगाइएको तारको जालीमा छोएपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
दुर्घटनामा हेलिकोप्टरका क्याप्टेन दावा गेलु शेर्पा गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि एयर डाइनेस्टीको अर्को हेलिकोप्टर काठमाडौं ल्याइसकेको छ । लाक्पा सोनाम शेर्पा र उनकी श्रीमती अनिता शेर्पा सामान्य घाइते भएका छन् । हेलिकोप्टरमा चालक दलका सदस्यसहित ४ जना थिए ।

पाकिस्तानमा ७.८ रेक्टरको भूकम्प २०० भन्दा बढीको ज्यान गयो (भीडीओ सहित )

पाकिस्थानमा ७.८ रेक्टरको भूकम्प २०० भन्दा बढीको ज्यान गयो 
==================================
एजेन्सी), आश्विन ९ - पकिस्तानको बलुचिस्तानमा मंगलबार बेलुकी गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेहरुको संख्या २ सय पुगेको छ । मर्नेहरुको संख्या थप बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ ।
अधिकारीहरुका अनुसार ३ सय बढी घाइते छन् । भूकम्पको झट्काले ग्वादार मा तिस मिटर चौडा एक टापुको उत्पत्ति समेत भएको छ । स्थानीय समय अनुसार साढे ४ बजे ७.८ रेक्टरको भूकम्प आएको थियो 







Sunday 22 September 2013

द्वन्द्वकालीन सवै घटनाको जिम्मा लिन्छु

कान्तिपुर दैनिकका प्रधानसम्पादक सुधीर शर्माद्वारा लिखित ‘प्रयोगशालाः नेपाली संक्रमणमा दिल्ली, दरबार र माओवादी’
प्रचण्ड 
पुस्तकको आइतबार राजधानीमा भएको सार्वजनिक समारोहमा दाहालले भएका सम्झौता नेपाल र नेपाली जनताविरुद्ध भने नभएको दाबी गरे । ‘हो द्वन्द्वकालमा कतिपय सम्झौता गरिएकै हो,’ भारतीय गुप्तचर संस्था ‘र’सँग भएको सम्झौता लक्षित गर्दै उनले भने, ‘ती सम्झौता नेपाल र नेपाली जनताकै पक्षमा थिए ।’
दाहालले शान्तिप्रक्रियाका लागि भारतलाई चिठ्ठी लेखेको पनि स्वीकार गरे । ‘तर पुस्तकमा भएजस्तो अटलबिहारी बाजपेयीलाईमात्र चिठ्ठी लेखिएको होइन,’ दाहालले कोट्याए, ‘चीन, राष्ट्रसंघ, यूरोपेली युनियनलाई पनि लेखिएको थियो ।’
दाहालले कसैको आदेशमा हतियार नउठाएको दाबी गरे ।
दाहालले तत्कालीन राजा वीरेन्द्रलाई हेर्ने दृष्टिकोण नरम भएको स्मरण गर्दै ज्ञानेन्द्रलाई हटाउनकै लागि धेरै पक्षसँग सम्झौता गर्नुपरेको बताए । ‘वीरेन्द्र अग्रपंतीमा नरहेकाले उनीप्रति हामी लचक थियौं,’ उनले भने, ‘तर ज्ञानेन्द्रलाई हामीले राजा नै मानेनौँ, उनलाई नक्कली राजा भनेका थियौँ, उनलाई राजा हुन पनि सुहाएको थिएन, अभिनय गरेजस्तो लाग्थ्यो ।’ ज्ञानेन्द्रलाई हटाउन संसदवादी दलहरुसँग सहकार्य सुरु गरेको उनले बताए । 
दाहालले सानातिना विषयमा हात नहाल्न भारतलाई चेतावनी दिए
 । ‘म अहिले पनि भारतलाई भन्छु माइक्रो म्यानेजमेन्टमा हात नहाल्नुस्,’ उनले भने, ‘कसलाई मन्त्री बनाउने, सचिव बनाउने विषयमा हात हाल्ने प्रवृत्ति भारतकै लागि घातक हुन्छ ।’
कांग्रेस नेता प्रदीप गिरीले भारतीय प्रभावलाई नेपाली राजनेताहरुले नै साथ दिएको बताए । तत्कालिन प्रधानमन्त्री जंगबहादुर राणाले भारतीय हस्तक्षेप स्वीकार नगरेको इतिहास स्मरण गर्दै उनले भने, ‘हाम्रा पाँच जना जंगबहादुरले पनि जंगबहादुरले जस्तो आँट देखाउन किन सक्दैनन् ?’
प्राध्यापक ध्रुवकुमारले नेताहरुले नेपालको सार्वभौमसत्ता भारतसँग बाँडेको आरोप लगाए । ‘पुस्तकमा देश पनि छन्, जनता पनि छन्,’ उनले पुस्तकमाथि टिप्पणी गर्दै भने, ‘तर सार्वभौमसत्ता छैन भन्ने देखिएको छ ।’
कांग्रेस नेता गगन थापाले सञ्चालन गरेको कार्यक्रममा भीआईपीसहित ठूलो संख्यामा उपस्थिति थियो । झण्डै चार सय अँटाउने हल पूरै भरिएको थियो भने उत्तिकै संख्यामा उभिनुपरेको थियो । कतिपय भीर्आपीले पनि बस्न कुर्सी पाएनन् । होटल अन्नपूर्णको पार्किङ भरिएपछि आधा सवारीलाई बाहिरै पार्किङ गर्न फर्काइएको थियो ।
पुस्तकका लेखक शर्माले व्यक्तिगत धारणाभन्दा तथ्यलाई लिपिबद्ध गरेको जानकारी दिए । उनले पुस्तक लेख्दै गर्दा गणतन्त्र आए पनि राष्ट्रियता कमजोर हुँदै गएको आभास मिलेको बताए । ‘हाम्रो भाग्य र भविष्य तपाईंहरुको हातमा छ,’ उनले नेताहरुलाई भने, ‘हाम्रा नेताज्यूहरुको सम्बन्ध राजनीतिक तहमै होस्, कर्मचारीसँग सम्बन्ध राख्दा कताकता घोच्दोरहेछ ।’
शर्माकी आमा शान्ताले विमोचन गरेको पुस्तकले नेपाली राजनीतिमा उच्चस्तरको बहस सुरु भएको कांग्रेस युवा नेता गगन थापाले बताए ।

Friday 20 September 2013

मलेसियामा नेपाली बस्ने होस्टलमा आगलागी

४ असोज, क्वालालामपुर । मलेसियाको मुहार पारितजमिस्थित नेपाली श्रमिकहरु वस्दै आएको होस्टलमा शुक्रवार साँझ आगलागी
भएको छ । आगलागीवाट नेपाली श्रमिकहरुले प्रयोग गर्दै आएका २२ थान टेलिभिजन, १० थान ल्यापटप, करिव ३५ हजार रिंगेट, लत्ताकपडा सुटकेसलगागतका सामाग्री जलेर नष्ट भएका छन् ।
आगलागी कसरी भयो भन्ने यकिन हुन नसके पनि खाना पकाउने ग्यासका कारण हुन सक्ने अनुमान गरिएको छ । साँझ करिव ६ वजेतिर लागेको आगो स्थानीय प्रहरीले दमकलहरुको सहायताले नियन्त्रणमा लिइएको प्रकाश बीसीले अनलाइनखबरलाई जानकारी दिनुभयो ।
आगलागी पीडित नेपाली श्रमिकहरुलाई हाल कम्पनीमै राखिएको छ । उक्त होस्टलमा २ सय ३६ जना नेपाली श्रमिकहरु बस्दै आएका थिए । कम्पनी र होस्टलको दुरी करीव १० मिनेटको दुरीमा रहेको छ 

राजनीति नबुझेकाले 'एमालेको जेन्डर छैन' भन्न मिल्छ

काठमाडौं, आश्विन ४ - एमाले नेता केपी शर्मा ओलीले एमाओवादीमा राजनीतिक चरित्र नभएको आरोप लगाएका छन् । राजनीतिक चरित्र नभएकाले एमालेको विषयमा टिप्पणी नगर्न उनको आग्रह थियो ।
'एमाओवादी आफैँले राजनीतिक बुझेको छैन,' पार्टी मुख्यालय बल्खुमा शुक्रबार एमाले प्रचार भेलालाई सम्बोधन गर्दै उनले भने, 'त्यस्ताले एमालेको जेन्डर (लिंग) पहिचान भएको छैन भन्नुले के अर्थ राख्छ ।'
ओलीले एमाओवादीको लिंगको पहिचान भएको आरोप लगाए । 'उद्योगीहरुसँग माओवादीका नेताहरुले हामी पुँजीवादी नै हो भन्नुभएछ,' ओलीले भने, 'उसो भए कम्युनिष्टको झण्डा किन बोकिरहेको छ माओवादीले ? '
ओलीले हरेक निकायमा राजनीति भित्र्याएर एमाओवादीले लोकतन्त्रको हुर्मत लिएको आरोप लगाए । उनले अनेक नारा दिएर एमाओवादीले जनताको आँखामा मोतिबिन्दु पारेकाले निदान गर्न पार्टी निकट पत्रकारलाई आग्रह गरे ।
प्रचार भेला उदघाटन गर्दै एमाले अध्यक्ष झलनाथ खनालले अघिल्लो संविधानसभा निर्वाचनमा एमाले तेस्रो शक्ति भएकै कारण संविधान नलेखिएको बताए । 'लोकतान्त्रिक संविधान निर्माणका लागि अबको चुनावमा एमाले पहिलो हुनैपर्छ,' उनले भने, 'कुनै पनि ताकतले यसपटक एमालेलाई पहिलो हुन रोक्ने छैन ।'
खनालले आगामी चुनावमा एमाले बहुपहिचानसहितको संघीयता र सामाजिक सदभावसहितको राष्ट्रिय एकताको नारा लिएर जनतामाझ जाने बताए ।
एमाले बरिष्ठ नेता माधवकुमार नेपालले विचार, सिद्धान्त र कार्यक्रममा एमालेजत्तिको बलियो पार्टी देखाउन चुनौति दिए । उनले एमालेको विचारलाई जनतामा जस्ताको तस्तै पुर्‍याउन सञ्चारकर्मीलाई आग्रह गरे ।
एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले शीर्ष नेतामा देखिने एकता अभाव र व्यवस्थापन कमजोरीबाहेक कुनै कमजोरी आफ्नो पार्टीमा नरहेको बताए ।
प्रचार भेलामा देशभरका तीन सयभन्दा बढी सञ्चारकर्मी सहभागी थिए । कार्यक्रममा राजधानी दैनिकका अध्यक्ष तथा प्रबन्ध निर्देशक महेन्द्र शेरचन एमालेमा प्रवेश गरे । एमाले शीर्ष नेताहरुले रातोसूर्य डट कम अनलाइनको लोकार्पण गरेका छन् ।

मायाकुमारीलाई फिर्ता बोलाउन एमाओवादीको सहमति

काठमाडौं, आश्विन ४ - विवादास्पद छवि भएकी कतारका लागि नेपाली राजदूत मायाकुमारी शर्मालाई फिर्ता बोलाउन एमाओवादीले सहमति दिएको छ ।
बाबुराम भट्टराई सरकारले एमाओवादी कोटामा नियुक्त गरेकी राजदूत शर्माको कार्यले नेपालको बेइज्यत भएको भन्दै नेपाली समूदायले फिर्ताको दबाब दिंदै आएका थिए । अझ नेपालका लागि कतारी राजदूत अहमद जासेम अल हमरले परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेसँग 'दुई देशको सम्बन्धमा असर पर्न नदिन' लिखित आग्रह गरेपछि सरकार र एमाओवादी नेतृत्व दबाबमा परेको थियो ।
एमाओवादी केन्द्रीय कार्यालयको शुक्रबार बसेको बैठकले शर्मालाई फिर्ता बोलाउन सरकारलाई लिखित सहमति दिएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । दाहालले शुक्रबार नै शर्मालाई फोन गरि राजीनामा दिन दबाब दिएका छन् । एमाओवादीको निर्णयसँगै शर्माको बर्खास्तगी निश्चितप्रायः भएको छ ।
शर्मा राजदूत नियुक्ति भएदेखि नै कतारस्थित नेपाली राजदूत श्रमिकमैत्री नभएको भन्दै विरोध भएको थियो । उनले समस्यामा परेका नेपालीलाई राख्ने आवासगृह बन्द गरेकी थिइन् ।
राजदूत शर्माले बीबीसी साझा सवाल टेलिभिजन कार्यक्रममा कतार खुला जेल हो भन्ने अभिव्यक्ति दिएपछि उनको कुटनीतिक क्षमतामा प्रश्न उठाइएको थियो । लगत्तै आफूविरुद्ध लेख्ने पत्रकारलाई कतारबाट निकाला गर्न त्यहाँको सरकारलाई पत्र लेखेकी थिइन् ।
चितवनस्थित कृषि विकास बैंककी शाखा अधिकृत शर्मालाई एमाओवादीले  राजदूत बनाएर पठाएको थियो ।

दाइजो दिन नसकेपछि ४ छोरी द्वारा आत्महत्या

मुल्तान, आश्विन ४ - पाकिस्तानको पञ्जाव प्रान्तबाट दक्षिणमा पर्ने माइल्सी भन्ने स्थानको एक परिवारका चारजना छोरीले आत्महत्या गरेका छन् ।
उनीहरूका पिताले दाइजोको प्रबन्धका साथै विवाहकै लागि पनि व्यवस्था गर्न नसकेपछि ती चारैजना छोरीको विवाह हुन सकेको थिएन ।
गरिबीका कारण बुबाले आफ्नो विवाह गर्न नसकेको भनी निकै तनावमा रहेका ती दिदीबहिनीले शुक्रबार सामुहिक रूपमा आत्महत्या गरेको पाकिस्तानबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
आफ्ना पितालाई सो विषयमा जानकारी गराउँदै उनीहरूले पानीको नहरमा हाम फालेर आत्महत्या गरेका थिए । यसरी हाम फालेपछि चारजना बहिनीको ज्यान गएको थियो ।
तर सो नहरबाट एकजना बहिनी भने बाहिर निस्किएकी र उनको जिवीतै उद्वार गरिएको बताइएको छ । उनीहरूको विवाहको बारेमा पितासँग केही दिनअघि विवाद भएको पनि छिमेकीले जनाएका छन् ।
बासिर अहमद राजपुतले आफ्ना पाँचवटी छोरीको विवाह गर्न सकेनन, किनभने विवाहका लागि आवश्यक खर्च र दाइजोका लागि उनीहरूसँग पैसा पनि थिएन– एकजना प्रहरी अधिकारी मलिक दाउद हुसेनले बताए ।
त्यस विषयमा गत मङ्गलबार ती छोरीले आफ्ना पितासँग विवाद पनि गरेका थिए । सो विवादपछि उनीहरूले रिसको झोँकमा घरनजिकैको पानीको नहरमा हाम फालेर ज्यान गुमाएका पनि ती प्रहरी अधिकारीले जानकारी दिएका छन् । ती छोरीहरू ३५, ३८, ४३ र ४५ वर्षका थिए । ती मध्ये ३१ वर्षकी कान्छी छोरी भने उक्त नहरमा तैरिन पुगेकी थिइन् । उनलाई जिवीतै उद्वार गरी अस्पताल भर्ना गरिएको बताइएको छ ।
एकजना छिमेकीले कान्छी छोरीको उद्वार गरिएको र त्यहाँ बगेर मृत्यु भएका दुईको शव फेला पारिएको जानकारी दिए । अर्का दुई जनाको भने खोजीकार्य जारी रहेको बताइएको छ ।
पाकिस्तानको गरिब परिवारमा दाइजो प्रथा निकै ठूलो समस्याका रूपमा देखा परिरहेको छ । छोरीको विवाहमा दाइजो दिन नसक्दा कयौँ परिवारले विवाह नै गर्न सकिरहेका छैनन् ।
यसरी दाइजोकै कारणले ती गरिब स्थानका युवतीहरूले आत्महत्या पनि गर्ने गरेका छन् । दाइजो प्रथाका कारण समाजमा अरूपनि कयौँ खालका बिकृति पनि आउने गरेका छन् ।

Thursday 19 September 2013

बर्दिया काण्ड सरकारद्वारा भारतको ध्यानाकर्षण


आश्विन ४ - बर्दियामा बुधबार अनधिकृत रूपले हतियारधारी भारतीय प्रहरी प्रवेश गरेको विषयमा सरकारले बिहीबार भारत सरकारको ध्यानाकर्षण गराएको छ ।
परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी काठमाडौंस्थित भारतीय दूतावासमार्फत भारत सरकारको ध्यानाकर्षण गराएको जनाएको हो । मन्त्रालयले घटनाको छानबिन गर्दै भविष्यमा यस्तो नदोहोर्‍याउन पनि सचेत गराएको पनि जनाएको छ ।
मन्त्रालयको बोलावटमा घटनाका विषयमा प्रष्टीकरण दिन भारतीय दूतावासका एक वरिष्ठ अधिकारी पुगेका थिए । नवनियुक्त भारतीय राजदूत रन्जित रे बिहीबार काठमाडौंमा उपलब्ध थिएनन् । भारतीय पक्षले घटनामाथि छानबिन गर्ने, दोषी देखिने सम्बद्ध अधिकारीमाथि कारबाही गर्ने र भविष्यमा नदोहोरिनेमा आश्वस्त गराएको विज्ञप्तिमा उल्लेख छ ।
बर्दियामा प्रदर्शन
बर्दिया संवाददाता कमल पन्थीका अनुसार भारतीय प्रहरीले नेपाली भूभागमा खानतलासी गरेको विरोधमा बिहीबार त्यहाँ प्रदर्शन गरिएको छ । उत्तर प्रदेश राज्यका प्रहरीले बुधबार गुलरिया ८ का मन्जुरप्रसाद श्रेष्ठको घरमा खानतलासी गरेका थिए ।
स्थानीय राजनीतिक दलहरूको अगुवाइमा निस्किएको जुलसमा हस्तक्षेपकारी नीतिविरुद्ध नारा लगाइएको थियो । 'स्वाधीनता जिन्दावाद' भन्दै राधाकृष्ण चोकबाट साँझ निस्किएको जुलुस नगर परिक्रमापछि कोणसभामा परिणत भएको थियो ।
एमाओवादी, कांग्रेस, एमाले, नेकपा-माओवादी र राप्रपा लगायतका दलका स्थानीय नेतृत्वले हस्तक्षेपको कडा विरोध जनाएका छन् । एमालेका जिल्ला अध्यक्ष हरिप्रसाद ज्ञवालीले भारतीय प्रहरीको हेपाहा प्रवृत्तिको भत्र्सना गरे । उनले घटनामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको कमजोरी अौंल्याए ।
राप्रपा केन्द्रीय प्रतिनिधि मेघनाथ अधिकारीले यस हस्तक्षेपलाई वर्तमान सरकारको कमजोरी भने । नेकपा- माओवादीले हस्तक्षेप विरोधमा जिल्ला प्रशासन कार्यालयमा छुट्टै ज्ञापनपत्रसमेत बुझाएको छ । प्रमुख जिल्ला अधिकारी मानबहादुर विकमार्फत मन्त्रिपरिषद्का अध्यक्षलाई बुझाएको ज्ञापनमा हस्तक्षेपमा मौन बस्ने नेपाल सरकारको वास्तविक चरित्र के हो भनी प्रश्न गरिएको छ । घटनाको सत्य तथ्य सार्वजनिक गर्न माओवादी जिल्ला इन्चार्ज द्रव्य शाहले माग गरे ।
कांग्रेस जिल्ला सदस्य कैलाशप्रसाद अधिकारी र खडानन्द तिवारीले संयुक्त विज्ञप्ति निकाली घटनाको भत्र्सना गरे । उत्तर प्रदेश राज्य लखिमपुरका ओसी -डीएसपी) उदयप्रसाद सिंहको नेतृत्वमा आएका प्रहरीले श्रेष्ठको प्रत्येक कोठामा पसेर 'अपराधी कहाँ लुकाएको छस्' भन्दै खानतलासी गरेका थिए । उक्त घटनापछि श्रेष्ठ परिवार आतंकित भएको छ ।
दूतावासमा ज्ञापन
यसैबीच नेकपा-माओवादी सहित ४ दलका युवा संगठनले बर्दियामा भारतीय प्रहरीले राष्ट्रिय स्वाधीनतामा धक्का पुग्ने गरी हस्तक्षेप गरेको भन्दै काठमाडौंस्थित भारतीय दूतावासमा बिहीबार ज्ञापनपत्र बुझाएका छन् ।
उनीहरूले यस्ता घटना नदोहोर्‍याउन र नेपालको सार्वभौमिकताको सम्मान गर्न भारत सरकारसँग मागसमेत गरेका छन् ।
माओवादी भ्रातृ संगठन राष्ट्रिय युवा जनस्वयंसेवकसहित ४ संगठनले संयुक्त रूपमा बुझाएको ज्ञापनमा उक्त घटनाले नेपाली सार्वभौमिकता र स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप भएको उल्लेख छ । ती संगठनहरूले बर्दिया घटनाबारे आफ्नो धारणा सार्वजनिक गर्न भारत सरकारसँग माग गरेका थिए ।
ज्ञापनपत्र बुझाउने अन्य संगठनहरूमा क्रान्तिकारी युवा विङग्स, युवा जनसुरक्षा बल र नेपाल युवा कम्युनिस्ट संघ (एकीकृत) छन् । ती सबै संगठनहरूले बिहीबारै मन्त्रिपरिषद् उपाध्यक्ष खिलराज रेग्मीलाई भेटी यसबारे सरकारी धारणा प्रस्ट गर्न र यस्ता घटना नदोहोर्‍याउन कूटनीतिक पहल गर्न माग गरे

बिना जानकरी किन आयो त अमेरिकी एअरफोर्सको बिमान ?

बिना जानकारी किन आयो अमेरिकी एयर फोर्सको विमान काठमान्डौ त्रिब्भुवन विमानस्थालमा

३ असोज, काठमाडौं । अमेरिकी वायु सेनाको एयर फोर्सको विमान बिहीबार काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । यसलाई लिएर समाजिक सञ्जाल ट्वीटर र फेसबुक विभिन्न टिका टिप्पणी भएको छ ।
नेपाली सेनाले भने पूर्व सूचनाका आधारमा काठमाडौंस्थित अमेरिकी दूताबासको सामान लिएर एयर फोर्सको विमान आएको बताएको छ । ‘दूताबासको सामान लिएर आएको हो । परराष्ट्र र रक्षामन्त्रालय हुँदै हामी कहाँ पनि जानकारी आएको थियो’ नेपाली सेनाका प्रवक्ता जनदिशचन्द्र पोखलेलले अनलाइनखबरसँग भन्नुभयो ।
उहाँका अनुसार विमान भारतको राजधानी नयाँदिल्ली हुँदै काठमाडौं आएको थियो । दूताबासको सामान छोडेर विमान फर्किएको छ । ppts

डा. भट्टराईले यसो भने


एउटा भनाइ छ: नामर्दकी जोई, सबैकी भाउजु । अर्थात् कमज़ोर र गरीबलाई सबैले हेप्छन् । यो ब्यक्तिको हकमा पनि हो, राष्ट्रको हकमा पनि हो ।

हिजो असोज २ गते विहान ६ बजे नै सिन्धुली हिंडेको र रात्रि १० बजे मात्रैफर्केको हुनाले दुइ दिनका अखबार आज एकैचोटि पढियो । दुइवटा कुराले मनमष्तिकलाई नराम्ररी घोच्यो: एउटा, बर्दियाको एक घरमा हतियारधारी भारतीय प्रहरी जबर्जस्ती घुसेर खानतलासी गरेछ । दोश्रो, तनहुँ पुगेका जर्मन राजदूत फ्रांक माइकेले त्यहाँका जनतालाई सम्बोधन गर्दै आगामी संस निर्वाचनमा कस्तो पार्टीलाई भोट हाल्नुपर्छ र कस्तोलाई हाल्नुहुन्न भनेर लामो उपदेश दिएछन् ।

हिजो ऐतिहासिक सिन्धुलीगढीबाट फर्कदा नयाँ साथीहरुलाई गर्वकासाथ त्यहाँ कसरी बहादुर गोरखाली सेनाले अठारौं शताब्दीमा अंग्रेजहरुलाई हराएर नेपालको राष्ट्रिय स्वाधीनताको रक्षा गरेको थियो भनेर सुनाउँदै थिएँ, तर आज अखबारमा नेपाली सार्वभौमसत्तामाथि यस्तो नांगो अतिक्रमणको ख़बर चुपचाप पढेर र सुनेर बस्नुपरिरहेछ । आखिर थोत्रो मुख बजाएर मात्र पो के हुन्छ र?

उन्नाइसौं शताब्दीको सुगौली सन्धी पछि नेपाली शासकवर्गले जुन राष्ट्रिय आत्मसमर्पणवादी नीति लियो र देशलाई आन्तरिक रुपमा ग़रीब र कमजोर बनायो त्यसैको दुष्परिणाम आज हामी भोगिरहेछौं ।

यसबाट मुक्तिको उपाय के त ? कतिपयले बुझेर वा नबुझेर मेरो राष्ट्रियता सम्बन्धी अवधारणा र प्रतिबध्दताबारे प्रश्न उठाएको देख्दा कहिलेकाहीं मलाई निकै नमिठो अनुभुति हुन्छ । शुरुशुरुमा म पनि राष्ट्रियता सम्बन्धी विवेकसम्मत भन्दा आवेगात्मक धारणा बढ़ी राख्दथें । मेरो Ph.D शोधग्रन्थ, संयुक्त जनमोर्चा कालका मेरो नेत्रित्वमा भएका अनगिन्ति राष्ट्रियतासम्बन्धी आन्दोलन, चर्चित ४०-सूत्रीय मागपत्र आदि त्यसका दसी हुन् ।

तर विश्व र क्षेत्रीय स्तरमा भएका पछिल्ला आर्थिक, राजनीतिक र सामरिक परिवर्तनहरु र देशभित्रैका पछिल्ला युगान्तकारी राजनीतिक परिवर्तनको आलोकमा मेरो अहिलेको बुझाइ के हो भने अब हामीले आफ्नै देशभित्रको आन्तरिक राष्ट्रिय एकता मजबुत नगरी, जनतालाई अधिकारसम्पन्न नबनाई र देशलाई आर्थिक रुपले सम्व्रिध्द र सम्पन्न नगराई हामीले बाहिरी राष्ट्रियताको लडाइँ जित्न सक्दैनौं । त्यसैले हामीले सुगौली-सन्धी यताको राष्ट्रिय अपमान र उत्पीडनबाट मुक्त हुनैपर्छ तर त्यो मुक्तिको बाटो पुरानो दोश्रो विश्वयुध्दताकाको बाटो नभएर आजको एक्काइसौं शताब्दीको धारतलीय यथार्थ सुहाउँदो नयाँ बाटो हुनुपर्दछ । त्यसैलाई हामीले प्रगतिशील राष्ट्रवाद भनेका हौं र हाम्रो पार्टीको हेटौंडा महधिवेसनले अनुमोदित गरेको बाटो त्यही हो ।

त्यसैले आउनोस्, देशलाई एकताबध्द, सम्पन्न र बलियो बनाएर राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गरौं ।

Nijyumaru Japanese restaurant

Delicious Otoro( blifin fish belly )sashimi mori I have ever try