Friday, 20 September 2013

राजनीति नबुझेकाले 'एमालेको जेन्डर छैन' भन्न मिल्छ

काठमाडौं, आश्विन ४ - एमाले नेता केपी शर्मा ओलीले एमाओवादीमा राजनीतिक चरित्र नभएको आरोप लगाएका छन् । राजनीतिक चरित्र नभएकाले एमालेको विषयमा टिप्पणी नगर्न उनको आग्रह थियो ।
'एमाओवादी आफैँले राजनीतिक बुझेको छैन,' पार्टी मुख्यालय बल्खुमा शुक्रबार एमाले प्रचार भेलालाई सम्बोधन गर्दै उनले भने, 'त्यस्ताले एमालेको जेन्डर (लिंग) पहिचान भएको छैन भन्नुले के अर्थ राख्छ ।'
ओलीले एमाओवादीको लिंगको पहिचान भएको आरोप लगाए । 'उद्योगीहरुसँग माओवादीका नेताहरुले हामी पुँजीवादी नै हो भन्नुभएछ,' ओलीले भने, 'उसो भए कम्युनिष्टको झण्डा किन बोकिरहेको छ माओवादीले ? '
ओलीले हरेक निकायमा राजनीति भित्र्याएर एमाओवादीले लोकतन्त्रको हुर्मत लिएको आरोप लगाए । उनले अनेक नारा दिएर एमाओवादीले जनताको आँखामा मोतिबिन्दु पारेकाले निदान गर्न पार्टी निकट पत्रकारलाई आग्रह गरे ।
प्रचार भेला उदघाटन गर्दै एमाले अध्यक्ष झलनाथ खनालले अघिल्लो संविधानसभा निर्वाचनमा एमाले तेस्रो शक्ति भएकै कारण संविधान नलेखिएको बताए । 'लोकतान्त्रिक संविधान निर्माणका लागि अबको चुनावमा एमाले पहिलो हुनैपर्छ,' उनले भने, 'कुनै पनि ताकतले यसपटक एमालेलाई पहिलो हुन रोक्ने छैन ।'
खनालले आगामी चुनावमा एमाले बहुपहिचानसहितको संघीयता र सामाजिक सदभावसहितको राष्ट्रिय एकताको नारा लिएर जनतामाझ जाने बताए ।
एमाले बरिष्ठ नेता माधवकुमार नेपालले विचार, सिद्धान्त र कार्यक्रममा एमालेजत्तिको बलियो पार्टी देखाउन चुनौति दिए । उनले एमालेको विचारलाई जनतामा जस्ताको तस्तै पुर्‍याउन सञ्चारकर्मीलाई आग्रह गरे ।
एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले शीर्ष नेतामा देखिने एकता अभाव र व्यवस्थापन कमजोरीबाहेक कुनै कमजोरी आफ्नो पार्टीमा नरहेको बताए ।
प्रचार भेलामा देशभरका तीन सयभन्दा बढी सञ्चारकर्मी सहभागी थिए । कार्यक्रममा राजधानी दैनिकका अध्यक्ष तथा प्रबन्ध निर्देशक महेन्द्र शेरचन एमालेमा प्रवेश गरे । एमाले शीर्ष नेताहरुले रातोसूर्य डट कम अनलाइनको लोकार्पण गरेका छन् ।

No comments:

Post a Comment

Nijyumaru Japanese restaurant

Delicious Otoro( blifin fish belly )sashimi mori I have ever try