Sunday 29 September 2013

प्रचण्डले पदम कुँवर सँग हारे के होला ? बिस्तृत विवरण

१३ असोज, काठमाडौं । अहिलेको नेकपा एमाले अर्थात् पञ्चायतकालको नेकपा (माले) अहिलेको वैद्य माओवादीभन्दा बढ्ता उग्र थियो । ०३७ सालमा जनमत संग्रह मालेले बहिस्कार नगरेको भए ४ लाख भोटको अन्तरले एकदलीय पञ्चायतले जित्ने थिएन र ०३७ साल जेठ १ गते नै बहुदल आउने थियो । तर, जनमत संग्रहको नतिजाबाट रन्थनिएको मालेले ०३८ सालको राष्ट्रिय पञ्चायतको निर्वाचन बहिस्कार मात्रै गरेन, वीरगञ्ज, झापा र काठमाडौंमा ‘नकारात्मक भोटिङ’को अभ्यास समेत गर्‍यो ।
यसरी भेटिइन् नानीमैया
तत्कालीन मालेको स्थानीय नेतृत्वले ०३८ सालको चुनावमा काठमाडौंबाट जनपक्षीय उमेद्वारका रुपमा पद्मरत्न तुलाधरलाई उठाउने विचार गरेको थियो । तर, पार्टीले जनमत संग्रहमा जस्तै राष्ट्रिय पञ्चायतको चुनावमा पनि बहिस्कारको नीति लियो । पार्टीले चुनावमा भाग लिन नपाउने भएपछि मालेका युवा नेताहरुले उट्पट्याङ मान्छेलाई चुनाव लडाउने र पञ्चायतलाई व्यंग्य गर्ने निश्कर्ष निकाले ।
यो उट्पट्याङ कार्यमा तत्कालीन अखिल पाँचौं सक्रियतापूर्वक लाग्यो । त्यतिबेला सीताराम मास्के, केशव स्थापित, गौरी प्रधान, राजेन्द्र श्रेष्ठ लगायतका युवा नेताहरुले पञ्चायतको खिल्ली उडाउने पात्रको खोजी गर्न शुरु गरे । र, यहीक्रममा भेटिइन् नामनीमैया दाहाल । नानीमैया दाहाललाई त्यसबेला गोल्चे सार्कीले फेला पारेर असनमा रहेको पार्टी अफिसमा पुर्‍याएका थिए । बहुदल आएपछि राजनीतिको केन्द्र भागमा आएका सार्की तिनै व्यक्ति हुन्, जसले प्रतिनिधिसभामा कांग्रेस नेता रामचन्द्र पौडेललाई मुक्का हानेका थिए ।
नानीमैया त्यसबेला पनि अहिलेजस्तै थिइन् । मान्छेलाई छाडा शब्द प्रयोग गरेर गाली गर्नु अनि रिस उठ्यो भने साडी उचालेर देखाइदिनु नानीमैयाको न्युनतम योग्यता ठहरियो माले नेताहरुका लागि । आजभोलि डिल्लीबजार र चावहिलको मालपोत कार्यालय वरिपरि भेटिने नानीमैया ०३८ सालतिर पनि यसैगरी अरुकै काम गरिदिने र सरकारी कार्यालयमा भनसुन गर्दै हिँड्थिन् । एमाले नेताका अनुसार त्यसबेला राष्ट्रिय पञ्चायतमा उमेद्वार बनाउन माले नेताहरुले फकाउँदा उनले खुशी हुँदै सहजै स्वीकारेकी थिइन् ।
मैयासँग हारे चित्रकार
०३८ साल बैसाख २७ गते भएको राष्ट्रिय पञ्चायतको चुनावमा काठमाडौंका दुई सीटमध्ये एउटामा जोगमेहर श्रेष्ठले जिते भने अर्को सीटमा उट्पट्याङ उमेद्वार नानीमैयाले जितिन् । नानीमैयासँग काठमाडौं नगर पञ्चायतका मेयर कमल चित्रकारले प्रतिश्पर्धा गेका थिए । तर, पञ्चायतलाई बेइज्यत गर्न भन्दै काठमाडौंका बासिन्दाले पञ्चलाई हराएर नानीमैयालाई जिताएर नकारात्मक भोटिङको पहिलो अभ्यास गरे ।
पुहातुलाई राष्ट्रिय पञ्चायतबाट हटाइयो
त्यसबेला तत्कालीन मालेले काठमाडौंमा मात्रै होइन, झापा र वीरगञ्जमा पनि यसै गरी निर्वाचनलाई ठट्टाको रुपमा उपयोग गरेको थियो । झापामा पुहातु चौधरीलाई माले कार्यकर्ताले राष्ट्रिय पञ्चायतको चुनावमा जिताएका थिए । चप्पल मात्रै लगाएर संसद भवनमा प्रवेश गर्न पठाइएका पुहातुले एउटा कार्यक्रममा भाषण गर्नेक्रममा ०१७ सालमा राजा महेन्द्रले निरंकुश व्यवस्था लादेको भनेपछि उनलाई राष्ट्रिय पञ्चायतबाटै बर्खास्त गरिएको गरियो । नानीमैया भने बर्खास्तीमा परिनन् । नानीमैयाले आफ्नो काम नगरिदिएको भन्दै सूर्यबहादुर थापालाई साडी उचालेर देखाएको तत्कालीन माले नेताहरु सम्झन्छन् । मालेले वीरगञ्जमा उठाएका एकजना कुचीकारले भने चुनाव जितेनन् ।
पदम कुँवरलाई पुहातु बनाउने प्रयास
आगामी मंसिरमा हुने भनिएको संविधानसभा चुनाबमा ०३८ सालमा जस्तै काठमाडौंमा उट्पट्याङ उमेद्वार खडा गरेर ठूला नेतालाई हराउने नानीमैयाको खोजी हुन थालेको छ । र, यसका लागि खडा गर्न लागिएको छ प्रचण्डलाई थप्पड हानेर चर्चामा आएका पदम कुँवर । केही व्यक्तिहरुको लहैलहैमा लागेर कुँवरले आगामी चुनावमा काठमाडौं १० बाट प्रचण्डसँग चुनाव लड्ने घोषणा गरेका छन् । तर, के पदम कुँवर नानीमैया दाहाल वा पुहातु चौधरी बन्लान् त ? त्यस्तो भयो भने  भारतको अदालतले भनेजस्तै ‘नेगेटिभ भोटिङ’ अर्थात नेपाली शैलीको ‘राइट टु रिजेक्ट’ सरह हुनेछ ।
प्रचण्डविरुद्ध चुनाव लड्ने घोषणासहितको पदम कुँवरको भीडियोसमेत सामाजिक सञ्चालमा प्रचार गर्न थालिएको छ । तर, कुँवरलाई प्रचण्डविरुद्ध कसले यसरी उचालिरहेको भन्ने कुरा पनि ०३८ सालमा जस्तै भूमिगत छ 

No comments:

Post a Comment

Nijyumaru Japanese restaurant

Delicious Otoro( blifin fish belly )sashimi mori I have ever try