काठमाडौं, आश्विन १३ - युएनको शान्ति मिसन सुडानमा नेपालबाट गएको हेलिकोप्टरमा आइतबार बिहान डार्फरमा दुर्घटना भएको छ । श्री एयर लाइन्सको एमआई सेभेन्टिन हेलिकप्टर बिहान १० बजे सुडानको जियालाङगीस्थित हेडक्वाटरबाट नाइटेटि क्षेत्रमा रहेको प्रहरी चौकीमा नियमित उडानमा जाने क्रममा दुर्घटनामा परेको हो ।
१९ जना यात्रु सहित त्यहाँबाट उड्ने बित्तिकै दुघर्टनामा परेको हो । दुर्घटनामा नेपाली १ नेपाली यात्रु र चालक दलका ३ सदस्य पनि नेपाली नै थिए । चालक क्याप्टेन प्रतिज्ञ राणाले हेलिकप्टरमा गडबढि देखेपछि सकुसल अवतरण गराउँदा मानवीय क्षति हुन नपाएको सुडानमा रहेका नेपाल प्रहरीका एक अधिकृतले जानकारी दिए । ती अधिकृतका अनुसार उक्त हेलिकप्टरमा सबै युएनका कर्मचारीहरु थिए ।
उडान दलमा रहेका राणा सहित फ्लाईट इन्जिनियर सुरेन्द्र शाही, बिमान परिचारिका जीवन धोबी छन् । युएन मै काम गर्ने अर्का नेपाली यात्रु अनिल राजवंशी पनि सकुसल रहेको जनाइएको छ । श्री एयरलाइन्सका सञ्चालक बनवारिलाल मित्तलले नेपाली हेलिकप्टर दुर्घटनाको पुष्टि गर्दै थप जानकारी हासिल गर्ने प्रयास भइरहेको जानकारी दिए । 'सबै बिबरण आइसकेको छैन,' उनले भने 'हेलिकप्टर क्षतिको बिबरण आएपछि नयाँ पठाउने वा त्यसैलाई मर्मत गर्ने बारे निर्णय लिन्छौं ।'
साभार
ekantipur.com
No comments:
Post a Comment