Saturday, 28 September 2013

रेग्मीद्वारा राष्ट्रसंघको ६८ औं महासभालाई सम्बोधन

काठमाडौ, आश्विन १२ - संयुक्त राष्ट्रसंघको ६८ औं महासभालाई सम्बोधन गर्दै अन्तरिम मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले नेपाल आणविक हतियार मुक्त क्षेत्रको पक्षमा रहेको भन्दै विध्वंशकारी हतियार निशस्त्रीकरणको लागि आव्हान गरेका छन् । उनले नेपाल संवाद, शिक्षा र जनचेतनामार्फत् शान्ति स्थापनाको पक्षमा रहेको धारणा व्यक्त गरे ।
'बुद्धको जन्मथलो लुम्बिनीबाट शान्ति र अहिंसाको सन्देश बोकेर आएको छु', भन्ने वाक्यांश सुरु उनको ७ पेज लामो मन्तव्यमा उनले  जैविक, रसायनिक, आणविकजस्ता विध्वंशकारी हतियारको निर्माण कटौतीमा जोड दिए । उनले साना हतियारको गैरकानुनी प्रयोग बढ्न नदिने प्रतिबद्धता जनाउ ।
नेपाल कुनै पनि वहानामा हुने आतंकवादी क्रियाकलापको विरोधमा रहेको प्रष्ट्याउदै रेग्मीले केन्या र पाकिस्तानमा भएको घटनाप्रति दुख व्यक्त गरे । मानवता विरोधी यस्ता घटनाको विरुद्ध लड्नको लागि उनले बृहत छलफलको आवश्यकता औंल्याएका छन् ।
नेपालको शान्ति प्रक्रियाको प्रसंग कोट्याउदै रेग्मीले  मंसिर ४ मा तोकिएको निर्वाचनको लागि आवश्यक पूरा भएको बताए । उनले निर्वाचनकेा लागि आफ्नो नेतृत्वमा सरकार गठन भएको प्रष्ट पारे ।
मन्तव्यका क्रममा रेग्मीले नेपालबाट दैनिक एकहजार ५ सय कामदार रोजगारीको लागि विदेशिने प्रसंग उल्लेख गर्दै रेमिट्यान्सको नेपालको कूल ग्राहस्थ उत्पादनको २५ प्रतिशत हिस्सा ओगटेको जानकारी दिए । उनले नेपाली कामदारले गन्तव्य मुलुकको विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै उनीहरुको सम्मानको कदर हुनुपर्ने माग गरे ।
'नेपालले निकै कम हरित गृह ग्यासको उत्पादन गर्ने भएपछि जलवायू परिवर्तन नेपालको लागि जोखिमपूर्ण छ', उनले भने,' जलवायू परिवर्तनको कारण नेपालको हिमाली वातावरणीय चक्र, जैविक विविधता, सम्पदा जोखिममा परेको छ  ।'

No comments:

Post a Comment

Nijyumaru Japanese restaurant

Delicious Otoro( blifin fish belly )sashimi mori I have ever try