Thursday, 19 September 2013

बर्दिया काण्ड सरकारद्वारा भारतको ध्यानाकर्षण


आश्विन ४ - बर्दियामा बुधबार अनधिकृत रूपले हतियारधारी भारतीय प्रहरी प्रवेश गरेको विषयमा सरकारले बिहीबार भारत सरकारको ध्यानाकर्षण गराएको छ ।
परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी काठमाडौंस्थित भारतीय दूतावासमार्फत भारत सरकारको ध्यानाकर्षण गराएको जनाएको हो । मन्त्रालयले घटनाको छानबिन गर्दै भविष्यमा यस्तो नदोहोर्‍याउन पनि सचेत गराएको पनि जनाएको छ ।
मन्त्रालयको बोलावटमा घटनाका विषयमा प्रष्टीकरण दिन भारतीय दूतावासका एक वरिष्ठ अधिकारी पुगेका थिए । नवनियुक्त भारतीय राजदूत रन्जित रे बिहीबार काठमाडौंमा उपलब्ध थिएनन् । भारतीय पक्षले घटनामाथि छानबिन गर्ने, दोषी देखिने सम्बद्ध अधिकारीमाथि कारबाही गर्ने र भविष्यमा नदोहोरिनेमा आश्वस्त गराएको विज्ञप्तिमा उल्लेख छ ।
बर्दियामा प्रदर्शन
बर्दिया संवाददाता कमल पन्थीका अनुसार भारतीय प्रहरीले नेपाली भूभागमा खानतलासी गरेको विरोधमा बिहीबार त्यहाँ प्रदर्शन गरिएको छ । उत्तर प्रदेश राज्यका प्रहरीले बुधबार गुलरिया ८ का मन्जुरप्रसाद श्रेष्ठको घरमा खानतलासी गरेका थिए ।
स्थानीय राजनीतिक दलहरूको अगुवाइमा निस्किएको जुलसमा हस्तक्षेपकारी नीतिविरुद्ध नारा लगाइएको थियो । 'स्वाधीनता जिन्दावाद' भन्दै राधाकृष्ण चोकबाट साँझ निस्किएको जुलुस नगर परिक्रमापछि कोणसभामा परिणत भएको थियो ।
एमाओवादी, कांग्रेस, एमाले, नेकपा-माओवादी र राप्रपा लगायतका दलका स्थानीय नेतृत्वले हस्तक्षेपको कडा विरोध जनाएका छन् । एमालेका जिल्ला अध्यक्ष हरिप्रसाद ज्ञवालीले भारतीय प्रहरीको हेपाहा प्रवृत्तिको भत्र्सना गरे । उनले घटनामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको कमजोरी अौंल्याए ।
राप्रपा केन्द्रीय प्रतिनिधि मेघनाथ अधिकारीले यस हस्तक्षेपलाई वर्तमान सरकारको कमजोरी भने । नेकपा- माओवादीले हस्तक्षेप विरोधमा जिल्ला प्रशासन कार्यालयमा छुट्टै ज्ञापनपत्रसमेत बुझाएको छ । प्रमुख जिल्ला अधिकारी मानबहादुर विकमार्फत मन्त्रिपरिषद्का अध्यक्षलाई बुझाएको ज्ञापनमा हस्तक्षेपमा मौन बस्ने नेपाल सरकारको वास्तविक चरित्र के हो भनी प्रश्न गरिएको छ । घटनाको सत्य तथ्य सार्वजनिक गर्न माओवादी जिल्ला इन्चार्ज द्रव्य शाहले माग गरे ।
कांग्रेस जिल्ला सदस्य कैलाशप्रसाद अधिकारी र खडानन्द तिवारीले संयुक्त विज्ञप्ति निकाली घटनाको भत्र्सना गरे । उत्तर प्रदेश राज्य लखिमपुरका ओसी -डीएसपी) उदयप्रसाद सिंहको नेतृत्वमा आएका प्रहरीले श्रेष्ठको प्रत्येक कोठामा पसेर 'अपराधी कहाँ लुकाएको छस्' भन्दै खानतलासी गरेका थिए । उक्त घटनापछि श्रेष्ठ परिवार आतंकित भएको छ ।
दूतावासमा ज्ञापन
यसैबीच नेकपा-माओवादी सहित ४ दलका युवा संगठनले बर्दियामा भारतीय प्रहरीले राष्ट्रिय स्वाधीनतामा धक्का पुग्ने गरी हस्तक्षेप गरेको भन्दै काठमाडौंस्थित भारतीय दूतावासमा बिहीबार ज्ञापनपत्र बुझाएका छन् ।
उनीहरूले यस्ता घटना नदोहोर्‍याउन र नेपालको सार्वभौमिकताको सम्मान गर्न भारत सरकारसँग मागसमेत गरेका छन् ।
माओवादी भ्रातृ संगठन राष्ट्रिय युवा जनस्वयंसेवकसहित ४ संगठनले संयुक्त रूपमा बुझाएको ज्ञापनमा उक्त घटनाले नेपाली सार्वभौमिकता र स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप भएको उल्लेख छ । ती संगठनहरूले बर्दिया घटनाबारे आफ्नो धारणा सार्वजनिक गर्न भारत सरकारसँग माग गरेका थिए ।
ज्ञापनपत्र बुझाउने अन्य संगठनहरूमा क्रान्तिकारी युवा विङग्स, युवा जनसुरक्षा बल र नेपाल युवा कम्युनिस्ट संघ (एकीकृत) छन् । ती सबै संगठनहरूले बिहीबारै मन्त्रिपरिषद् उपाध्यक्ष खिलराज रेग्मीलाई भेटी यसबारे सरकारी धारणा प्रस्ट गर्न र यस्ता घटना नदोहोर्‍याउन कूटनीतिक पहल गर्न माग गरे

No comments:

Post a Comment

Nijyumaru Japanese restaurant

Delicious Otoro( blifin fish belly )sashimi mori I have ever try