मुल्तान, आश्विन ४ - पाकिस्तानको पञ्जाव प्रान्तबाट दक्षिणमा पर्ने माइल्सी भन्ने स्थानको एक परिवारका चारजना छोरीले आत्महत्या गरेका छन् ।
उनीहरूका पिताले दाइजोको प्रबन्धका साथै विवाहकै लागि पनि व्यवस्था गर्न नसकेपछि ती चारैजना छोरीको विवाह हुन सकेको थिएन ।
गरिबीका कारण बुबाले आफ्नो विवाह गर्न नसकेको भनी निकै तनावमा रहेका ती दिदीबहिनीले शुक्रबार सामुहिक रूपमा आत्महत्या गरेको पाकिस्तानबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
आफ्ना पितालाई सो विषयमा जानकारी गराउँदै उनीहरूले पानीको नहरमा हाम फालेर आत्महत्या गरेका थिए । यसरी हाम फालेपछि चारजना बहिनीको ज्यान गएको थियो ।
तर सो नहरबाट एकजना बहिनी भने बाहिर निस्किएकी र उनको जिवीतै उद्वार गरिएको बताइएको छ । उनीहरूको विवाहको बारेमा पितासँग केही दिनअघि विवाद भएको पनि छिमेकीले जनाएका छन् ।
बासिर अहमद राजपुतले आफ्ना पाँचवटी छोरीको विवाह गर्न सकेनन, किनभने विवाहका लागि आवश्यक खर्च र दाइजोका लागि उनीहरूसँग पैसा पनि थिएन– एकजना प्रहरी अधिकारी मलिक दाउद हुसेनले बताए ।
त्यस विषयमा गत मङ्गलबार ती छोरीले आफ्ना पितासँग विवाद पनि गरेका थिए । सो विवादपछि उनीहरूले रिसको झोँकमा घरनजिकैको पानीको नहरमा हाम फालेर ज्यान गुमाएका पनि ती प्रहरी अधिकारीले जानकारी दिएका छन् । ती छोरीहरू ३५, ३८, ४३ र ४५ वर्षका थिए । ती मध्ये ३१ वर्षकी कान्छी छोरी भने उक्त नहरमा तैरिन पुगेकी थिइन् । उनलाई जिवीतै उद्वार गरी अस्पताल भर्ना गरिएको बताइएको छ ।
एकजना छिमेकीले कान्छी छोरीको उद्वार गरिएको र त्यहाँ बगेर मृत्यु भएका दुईको शव फेला पारिएको जानकारी दिए । अर्का दुई जनाको भने खोजीकार्य जारी रहेको बताइएको छ ।
पाकिस्तानको गरिब परिवारमा दाइजो प्रथा निकै ठूलो समस्याका रूपमा देखा परिरहेको छ । छोरीको विवाहमा दाइजो दिन नसक्दा कयौँ परिवारले विवाह नै गर्न सकिरहेका छैनन् ।
यसरी दाइजोकै कारणले ती गरिब स्थानका युवतीहरूले आत्महत्या पनि गर्ने गरेका छन् । दाइजो प्रथाका कारण समाजमा अरूपनि कयौँ खालका बिकृति पनि आउने गरेका छन् ।
No comments:
Post a Comment