काठमाडौ, चैत्र ९ - एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आगामी संविधानसभा निर्वाचनमा मधेसबाट चुनाव लड्ने घोषणा गरेका छन् ।
धनुषामा शुक्रबार भएको आमसभामा दाहालले मधेसबाट चुनाव लड्ने इच्छा प्रकट गरेका हुन् । 'म मधेस (चितवन)कै हुँ, अबको चुनावमा मधेसबाटै चुनाव लड्ने इच्छा छ,' दाहालले सोधे, 'के तपाईंहरु मलाई साथ दिनुहुन्छ ?'
सखुवा महन्द्रनगरमा भएको अजवलाल यादवको ११ औं स्मृतिसभामा दाहालले संविधानसभामा प्रतिगामी र यथास्थितिवादी शक्तिहरु हावी हुँदा संविधान लेख्न नसकिएको आरोप लगाउँदै अबको चुनावमा दुई तिहाई मत आवश्यक रहेको बताए । 'मधेसी, दलित, उत्पीडित समूदायको संविधान लेख्न अग्रगामी शक्तिको कम्तिमा दुई तिहाई मत आवश्यक छ,' दाहालले भने, 'त्यसैले हाम्रो पार्टी आदिवासी, मधेसी दलहरुसँग मोर्चाबन्दी गरेर चुनावमा आउँदैन ।'
दाहालले एमाओवादीमा मधेसमा क्षमतावान् नेतृत्वको अभाव रहेको बताए । एमाले परित्याग गरेका नेता रामचन्द्र झालाई आफ्नो पार्टीमा ल्याउन चाहना घुमाउरो भाषामा राख्दै दाहालले भने, 'तपाईंहरुले क्षमतावान लिडर हामीलाई दिनुपर्यो ।' त्यहि कार्यक्रममा झा प्रवेश गर्ने तयारी भए पनि उनी उपस्थित थिएनन् ।
दाहालले प्रधानन्यायाधीश नेतृत्वमा चुनावी सरकार गठन गर्नुमा आफ्नो पार्टीको भूमिका रहेको भन्दै जस लिएका थिए । 'प्रतिगामीहरुले चुनाव चाहेका थिएनन्,' उनले भने, 'जनताको अधिकार प्राप्तिका लागि चुनावमा जानैपर्ने थियो, हाम्रै पहलमा प्रधानन्यायाधीशको अध्यक्षतामा चुनावी सरकार गठन भएको छ ।'
दाहालले राजनीतिक क्रान्ति पूरा गर्न आर्थिक क्रान्ति आवश्यक रहेको बताउँदै आर्थिक क्रान्तिको नेतृत्व आफ्नो दलले लिने उदघोष गरे ।
रामचन्द्र झाको घरमा दाहाल
दाहाल एमालेबाट राजीनामा दिएका पोलिटव्यूरो सदस्य रामचन्द्र झाको जनकपुर-२ कदमचोकस्थित घरमा बिहान गए । नेता हरिबोल गजुरेल, रामकुमार शर्मा र रामकुमार यादवसहित पुगेका दाहालले झाको घरमा चिया पिउँदै पार्टी प्रवेशबारे छलफल गरेका थिए ।
झाले भने एमाओवादीले आफूलाई कुन हैसियतमा दिने औपचारीक निर्णय गरेपछि मात्रै पार्टी प्रवेश गर्ने अडान लिए । झाले शुक्रबार जनकपुरबाट एमाले मुख्यालय बल्खुमा फ्याक्समार्फत् राजीनामा बुझाएका थिए ।
उनले राज्यको पुचर्सारचनालगायत बिषयमा एमालेसाग विचार नमिलेकाले नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन् ।
Subscribe to:
Post Comments (Atom)
-
photo by: Nijyumaru Japanese Restaurant (Flsforever) Japanese cuisines are just so popular in Malaysia, and the number of Japanese res...
-
१३ असोज, काठमाडौं । अहिलेको नेकपा एमाले अर्थात् पञ्चायतकालको नेकपा (माले) अहिलेको वैद्य माओवादीभन्दा बढ्ता उग्र थियो । ०३७ सालमा जनमत संग...
No comments:
Post a Comment