काठमाडौँ : आइतबार दिउँसो सम्पर्कविहीन भएको नेपाल एयरलाइन्सको ट्विनअटर जहाज आज बिहान बल्ल फेला पर्यो। कठिन भौगोलिक स्थिति भएको ठाउँमा सिम्रिक एयरको हेलिकप्टरले शव संकलन गरी नेपाली सेनाको ब्यारेकमा पुर्याएको थियो। त्यहाँबाट सेनाकै हेलिकप्टरले शव पोस्टमार्टमका लागि काठमाडौँ पुर्यायो। अन्नपूर्ण पोस्टका संवाददाता रजेन्द्र केसीले घटनास्थल पुगी खिचेका केही फोटोहरु-
हेलिकप्टरबाट घटनास्थल। एनसेल र एनटिसीको टावर रहेको ठाउँभन्दा मुनि अर्घाखाँचीको नरपानी र खाँचिकोट गाविसको बीचमा पर्ने मसिने लेकको थाराभन्ने ठाउँमा क्षतविक्षत अवस्थामा विमान र शवहरु भेटिएका थिए।
सिम्रिक एयरले उद्धारकर्मीलाई दुर्घटनास्थलमा डोरीबाट झारेपछि नजिकै हेलिकप्टर अवतरण गर्ने ठाउँको अभावमा स्थानीयको खेतबारीमा अवतरण गर्दै। सिम्रिक एअरको रेस्क्यु हेलिकोप्टर क्याप्टेन सिद्धार्थले उडाएका थिए। उनका साथमा नेपाल एअरलाइन्सका क्याप्टेन सन्जय वैद्य तथा रेस्क्यु टिममा नागरिक उड्ड्यन प्राधिकरणका एक अफिसर र सिम्रिक एअरका दुईजना उद्दार सहयोगी संलग्न थिए।
दुर्घटनास्थल हेर्दै स्थानीय बासिन्दा। बस्ती नजिकै भए पनि उनीहरुले रातभर दुर्घटना त्यहाँ भएको थाहा पाएका थिएनन्।
यात्रुको म्याक बुक कम्प्युटर।
उद्धारकर्मीहरु पुगेपछि घटनास्थलमा स्थानीय बासिन्दा।
दुर्घटना भएको विमानको भग्नावशेष। हिउँ परेका कारण खोजी कार्य कठिन भएको थियो। विमानको पुच्छर भने हाम्रा संवाददाताले कतै देखेनन्।
घटनास्थलमा छरिएर रहेका शव संकलन गरिसकेपछि सिम्रिक एयरको हेलिकप्टरले यसरी त्यहाँबाट सदरमुकाम सन्धिखर्कको ब्यारेकमा पुर्याएको थियो।
अन्नपुर्णपोस्टबाट साभार गरिएको
No comments:
Post a Comment