दरबारका धर्मपुत्र
यहीँ दुई यस्ता व्यक्ति बसोवास गर्छन्, तीमध्ये एक जना राजाको वक्रदृष्टिका कारण खेदिएर नेपालमा शरणागत छन्। अर्काचाहिँ राजाका प्रिय भएकाले माया र स्नेहका साथ त्यहाँ राखिएका छन्। पहिलो पात्र हुन्, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र अर्का हुन्, धनबहादुर खत्री।
यो कथा तिनै खत्रीको हो, जसले राजा वीरेन्द्र र रानी ऐश्वर्यको लाडप्यारका साथ आफ्नो सम्पूर्ण बाल्यकाल नारायणहिटी राजदरबारमा बिताए। १९ जेठ ०५८ को दरबार हत्याकाण्डपछि राजा ज्ञानेन्द्रबाट पनि अभिभावकत्व पाए उनले। तीन वर्षअघि बिहे भएपछि उनी यही कोलोनीमा बस्दै आएका छन्। कोलोनीमा रहेको यो घरको बन्दोबस्त ज्ञानेन्द्रले नै गरदििएका हुन्।
पुस ०४४ मा राजा वीरेन्द्र पूर्वाञ्चल विकास क्षेत्रको भ्रमणमा थिए। राजाको शिविर धनकुटामा थियो। २९ पुसमा उनी ओखलढुंगा सदरमुकाम पुगे, सभालाई सम्बोधन गरे। रानी ऐश्वर्यले सदरमुकाम बजार घुम्ने रहर गरनि्। तर, त्यस दिन भ्याइएन। पहिलो दिन ओखलढुंगा घुम्न नपाउनु नै धनबहादुरका लागि भाग्यको कारण बन्यो।
भोलिपल्ट १ माघमा राजारानी फेरि ओखलढुंगा पुगे। रानी ऐश्वर्य छोरी श्रुति र छोरा नीराजनलाई लिएर बजार घुम्न निस्किन्। उनीहरूलाई हेर्न हजारौँ मानिस गाउँगाउँबाट ओइरिएका थिए। तीमध्ये एक थिए, सदरमुकामनजिकैको शीतलपुरका नौ वर्षीय धनबहादुर खत्री। उनी राजपरिवारका सदस्यलाई हेर्न लाइनमा थिए।
त्यसभन्दा झन्डै ३० वर्षअघि तत्कालीन राजा महेन्द्र पूर्वी पहाड घुम्न निस्कँदा भएको घटनाका कारण एउटा गरबि बालकको भाग्य बदलिएको थियो। रुक्मांगद कटवाल नाम गरेका ती बालकले रुँदै गरिबीका कारण आफूले पढ्न नपाएको बताउँदा तिनलाई राजा महेन्द्रले टिपेर काठमाडौँ ल्याएका थिए। र, दरबारकै रेखदेख र खर्चपर्चमा स्कुल भर्ना गरिदिएका थिए। त्यसै गरी आफ्नो पनि भाग्यले साथ देला कि भनेर राजारानी जाँदा रोएर आफ्नो दुःख बिसाउने प्रचलन बसिसकेको थियो, त्यस क्षेत्रमा।
ऐश्वर्य आफ्ना छोराछोरीसहित घुम्न निस्कँदा पनि यस्तै भयो। बुंनाम गाउँका एक ब्राह्मणले रानीका हातमा फूल दिए र क्वाँ क्वाँ रुँदै सुनाए, "गरिबीका कारण खान र बस्न पाइनँ, मलाई हेरिदिनुपर्यो सरकार !" रानी द्रवीभूत भइन् र सागर तिमिल्सिना -हाल पूर्वराजा ज्ञानेन्द्रका सहयोगी)लाई उनका समस्या टिप्न अह्राइन्। आश्वासन पनि दिइन्। धनबहादुर सम्झन्छन्, "यो देखेपछि मलाई पनि आफ्नो समस्या किन नभनौँ भन्ने लाग्यो।"
नजिकै गणेश मन्दिर थियो। भक्तजनले चढाएका तिनै फूल आफ्नो हातमा लिए। रानी सेना/प्रहरीको घेरामा थिइन्। तर, फुच्चे धनबहादुर प्रहरीको टाङमुनि छिरेर ऐश्वर्यछेउ पुगे। र, कराए, "मेरा बा लाटा, मरसिके। आमा अपांग छिन्। मैले पढ्न पनि पाइनँ। पढ्ने ठूलो रहर छ।"
प्रहरीले उनको गर्धनमा दुई लाठी बजारसिकेको थियो, टाङ्मुनि छिरेर रानीछेउ पुगेको बदलास्वरूप। झुत्रे बालकको हृदयविदारक याचनाले ऐश्वर्यको मन पगालिसकेको थियो। प्रहरीले तेस्रोपटक लाठी बजार्न नपाउँदै रानीले धनबहादुरलाई अँगालोमा हालिन्। तत्काल उनका बारे बुझबुझारथ गर्न लगाइन्। एक घन्टापछि धनबहादुरसहित ऐश्वर्यको लावालस्कर ओखलढुंगा बजारको अर्को टोलमा पुग्यो।
रानी बच्चुराम साहू (श्रेष्ठ)को कपडा पसलमा छिरनि्। टिसर्ट, पाइन्टलगायतका कपडा किनदिइन्। धनबहादुर स्मृतिको समुद्रमा डुबे, "त्यस बेला मेरो कपालभरि जुम्रा र लिखा थिए। कपडा सिँगानले पोतिएको थियो। हाफ पाइन्ट लगाएको थिएँ। तर, पछाडितिर प्वाल परेको थियो। टोपी सद्दे थिएन। रानीले पुराना कपडा खोल्न लगाएर नयाँ लगाइदिइबक्स्यो।"
उनलाई सबैभन्दा रमाइलो के कुरामा लाग्यो भने उनका खुट्टामा अघिसम्म भक्कु चप्पल थिए, रानीले उनका लागि काँडा भएको 'स्पोर्टस सुज' किनदििइन्। धनबहादुरका लागि थप एउटा झोला पनि किनियो। गाउँबाट लगाएर आएका कपडा त्यही झोलामा राख्न अह्राइन्। रानीले किनदिएका नयाँ लुगा लगाएका धनबहादुर पुराना कपडा हालिएको झोला बोकेर रानीका साथ बजार घुमे।
रानीको साथमा थिए, ओखलढुंगाबाट राष्ट्रिय पञ्चायतमा निर्वाचित चम्पक सुनुवार। स्थानीय पञ्च भलादमी त हुने नै भए। ऐश्वर्यले तिनलाई भनिन्, "म यसलाई काठमाडौँ लगेर नीराजनसँगै राखेर पढाउँछु। यो कुरामा महाराजाधिराजको पनि सहमति चाहिन्छ। सहमति बक्स्यो भने कागजी प्रक्रिया मिलाउनुपर्छ। तिमीहरू अन्तिमसम्म मेरो साथमा रहनू।"
ऐश्वर्य बजार घुम्न निस्कँदा राजा वीरेन्द्र सीडीओ कार्यालयमा छलफलमा व्यस्त थिए। रानी धनबहादुरलाई लिएर राजाछेउ पुगिन्। जाहेर गरनि्, "यसलाई बजारमा भेटेर ल्याएँ। गरबि रहेछ। काठमाडौँ लैजानुपर्यो। नीराजनका लागि साथी पनि हुन्छ।" धनबहादुरको स्मृतिपटमा वीरेन्द्रको त्यस बेलाको 'बडी ल्याङ्वेज' अहिले पनि ताजै छ। भन्छन्, "राजा वीरेन्द्रले मेरो शिरदेखि पाउसम्म तीनपटक हेरबिक्स्यो। अनि, मुस्कुराउँदै अंग्रेजीमा भनिबक्स्यो, ओ के।" धनबहादुरलाई काठमाडौँ लगेर पढाउने कुरा पास भयो।
रानी धनबहादुरलाई लिएर हिँडेको कुराले बजारमा हल्लीखल्ली मच्चिसकेको थियो। धनबहादुरकी आमा लीलामाया पनि संयोगवश रानीलाई हेर्न बजार आइपुगेकी रहिछन्। त्यो भ्रमणमा राजा वीरेन्द्रका एडीसी ताराबहादुर थापाले लेखेका छन्, 'सरकार (राजा वीरेन्द्र)बाट हुकुम भयो, यसकी आमालाई बोलाऊ। गाउँको प्रधानपञ्च बोलाऊ। सबैको स्वीकृति लिएर मात्र म यसलाई दरबारमा राखेर पढाउनेछु। प्रक्रिया मिलाएर मात्र धनबहादुर काठमाडौँ जानेछ।' -हेर्नूस्, नेपाल, १६-३१ जेठ, ०५९)
लीलामायालाई बजारबाट खोजेर राजारानीका अगाडि उपस्थित गराइयो। राजारानीले धनबहादुरलाई काठमाडौँ लैजान स्वीकृति मागे। घरपरिवारको अवस्था रानीले सोधिन्। धनबहादुरको घरजग्गा साहूको ऋणमा डुबेको रहेछ। यो कुराको जानकारी भएपछि ४० हजार साहूलाई तिर्न र २५ हजार रुपियाँ नयाँ घर बनाउन दिइयो।
ओखलढुंगा भ्रमण सकियो। राजारानी धनबहादुरलाई लिएर धनकुटा पुगे। पूर्वाञ्चल भ्रमण अवधिभर धनबहादुर त्यहीँ रहे, नीराजन र श्रुतिका साथ। युवराज दीपेन्द्र इटन कलेजमा पढ्दै गरेकाले बेलायततिरै थिए। केही दिनपछि राजारानीले धनबहादुरलाई भने, 'तिमी घर जाऊ आमालाई भेट र र्फकेर आऊ।' राजारानीले पाँच हजार रुपियाँ पनि राखदििए। श्रुति र नीराजन पनि उनको साथ लागे। श्रुति, नीराजन र धनबहादुर लीलामायालाई भेटेर त्यसै दिन हेलिकप्टरबाट धनकुटा र्फके।
धनबहादुर बोल्दा भकभकाउँथे। जिब्रोको अपरेसनका लागि विराटनगर लगिए। अपरेसनपछि सामान्य ढंगले बोल्न सक्ने भए। राजारानी काठमाडौँ र्फकंदा हेलिकप्टरमा धनबहादुर पनि थिए। भन्छन्, "म नै सायद यस्तो सीमित पात्र हुँला, जसले पहिलोपटक दरबार छिर्दा त्यहाँका गेट प्रयोग गर्नुपरेन। किनभने, म सीधै हेलिकप्टरबाट नारायणहिटीमा ओर्लिएँ।"
उनी राजारानीसँगै श्रीसदनमा बस्थे। एकातिर थियो नीराजनको कोठा, अर्कोतिर धनबहादुरको। काठमाडौँ आएको केही समयपछि नक्सालस्थित हिमालय वदि्या मन्दिर माविमा भर्ना भए उनी। अभिभावक रहिन् ऐश्वर्य नै। एसएलसी गर्दासम्म धनबहादुर त्यहीँ 'बोडर्स स्टुडेन्ट'का रूपमा रहे। आईए पास गर्न सकेनन्। फेरि उनी नारायणहिटी नै ल्याइए।
व्रतबन्धभन्दा २२ दिनअघि नीराजन र धनबहादुर गोंगबुमा एउटा दुर्घटनाबाट बालबाल बचेका थिए। तर, पाँच महिनापछि भएको दरबार हत्याकाण्डमा उनका बालसखा नीराजन मात्र होइन, उनलाई काठमाडौँ ल्याउने राजारानीको नै जीवनलीला समाप्त भयो। १९ जेठ ०५८ को रातपछिको दिन त उज्यालो नै थियो। तर, धनबहादुरका लागि भने संसार सधँैका लागि अँध्यारो भइसकेको थियो।
तर, राजा ज्ञानेन्द्रले दाजुभाउजुले स्नेहसाथ हुर्काएका धनबहादुरको अभिभावकत्व लिए। गणतन्त्रपछि जब राजा ज्ञानेन्द्र निर्मल निवास सरे, धनबहादुर पनि निर्मल निवासमै सारिए। नारायणहिटी छाड्नुअघि ज्ञानेन्द्रले राजप्रासाद सेवाका प्रमुख सरदार शारदाप्रसाद प्रधानलाई निर्देशन दिएका रहेछन्, 'धनबहादुरले दुःख पाउने स्थिति नबनोस्। जसरी हुन्छ, उसलाई कर्मचारीको लिस्टमा हालदिनू।'
दरबार छाड्नुअघि ज्ञानेन्द्रको यही निर्देशनका आधारमा धनबहादुरको नाम राजप्रासाद सेवाका कर्मचारीका रूपमा समेटियो। गणतन्त्रपछिको सरकारले त्यसलाई मान्यता दियो। नारायणहिटी दरबार संग्रहालयका उपप्रमुख रोहित ढुंगानाका अनुसार धनबहादुर संग्रहालयको विदेशी राष्ट्राध्यक्षहरूको पाहुनाका रूपमा राखिने कक्षमा खटाइएका छन्।
धनबहादुर गणतन्त्रपछि निर्मल निवासबाटै नारायणहिटी आउँथे। ०६७ माघमा उनको बिहे हुने भयो। दुलही खोज्न निर्मल निवास आफैँ लाग्यो। दरबार हत्याकाण्डअगावै रानी ऐश्वर्यले अधिराजकुमार ज्ञानेन्द्रलाई उपहार दिन हरििसद्धिको यो घर किनेकी थिइन्। आफ्ना लागि रोजिएको घर ज्ञानेन्द्रले धनबहादुरका लागि दिने निधो गरे।
२५ माघ ०६७ मा धनबहादुरको बिहे भयो, गुह्येश्वरीमा। बिहेको सम्पूर्ण खर्च निर्मल निवासले नै बेहोरिदिएको थियो। धनबहादुरले त्रिशूली, नुवाकोटकी प्रमिला खरेललाई भित्र्याएलगत्तै नयाँ जोडीलाई शुभकामना दिन पूर्वयुवराज्ञी हिमानी आफैँ हरििसद्धि पुगिन्। धनबहादुर बस्ने घरमा पर्दा लगाउनेदेखि फर्निचरको बन्दोबस्त पनि हिमानीकै अगुवाइमा भयो। धनबहादुरकी छोरी दीपालीको पास्नीमा पूर्वरानी कोमल गएकी थिइन्।
ओखलढुंगादेखि नारायणहिटीसम्म, निर्मल निवासदेखि हरििसद्धिसम्मको यात्राको कथा सुनाउँदा धनबहादुर पटक-पटक भक्कानिए। उनले आँसु थाम्न सकेनन्। भन्दै थिए, "राजपरिवारसँगै म पनि मारिएको भए हुन्थ्यो होला। किनभने, म पनि यतिबेला स्वर्गमा राजारानीसँगै हुन्थेँ।"
'पागलजस्तै भएँ'
१९ जेठ ०५८। धनबहादुर भक्तपुर गएका थिए। अधिराजकुमार नीराजनले पेजरमा धनबहादुरलाई सन्देश पठाए, 'बेलुकी कतै जाने कार्यक्रम नबनाउनू। साढे ८ बजे एउटा भोजमा जानुपर्छ।' तत्कालीन प्रहरी महानिरीक्षक प्रदीपशमशेर जबराकी छोरी समृद्धिले भर्खर स्नातक उत्तीर्ण गरेकी थिइन्। नीराजन पनि बोलाइएका थिए। त्यही रात्रिभोजमा धनबहादुरलाई लिएर जाने योजनामा थिए नीराजन।
राजदरबारको पूर्वी ढोकानजिकैको सिटी रेस्टुराँमा धनबहादुर नीराजनलाई कुरेर बसिरहे। तर, नीराजन साढे ९ बजेसम्म र्फकेनन्। धनबहादुर श्रीसदनमा सुत्न गए। भन्छन्, "बिहान त्यस्तो खबर सुन्दा यस्तो सक भयो, तीन वर्षसम्म पागलजस्तै भएँ।"
No comments:
Post a Comment