Saturday, 5 October 2013

गोर्खाली पाए तेस्रो ठूलो पदक

आश्विन १९ - महिना अघि अफगानीस्तानमा रहेको बेलायती सैनिकको क्याम्पमा आक्रमण गर्न आएका तालिवानीसँगै खुकरीको भरमा लड्ने एक गोर्खाली सैनिकलाई बेलायतले बहादुरी पदकले सम्मान गर्ने भएको छ ।
आज बेलायती दरबारले प्रकाशित गरेको सूचनामा बेलायती सैनिकका राईफल म्यान तुलीजुङ गुरुङलाई मिलिटरी क्रस दिने बताइएको छ । मिलिटरी क्रस बहादुरीका लागि बेलायतमा दिइने तेस्रो ठूलो पदक हो ।
मार्च महिनामा अफगानीस्तानको लक्सर गानजिकै रहेको बेलायती सैनिकको क्याम्पमा आक्रमण गर्न आएका २ तालिवानी हतियारधारीलाई उनले खुकुरीको भरमा परा
राईफल म्यान तुलीजुङ गुरुङ
जित गरेका थिए ।
तालिवानीले हानेको गोली हेल्मेटमा लागेर ढलेका गुरुङले लगत्तै उनीहरुले प्रहार गरेको गि्रनेड पड्कनु अघि नै हातले टिपेर फालेका थिए । उनको बहादुरीका कारण क्याम्पसमा सुतिरहेका सयौं बेलायती सैनिकको ज्यान जोगिएकाले उनलाई यो पदक दिइएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।
बेलायती दरबारले आज प्रकाशित गरेको सूचनामा उक्त पदकका लागि २८ बर्षीय गुरुङसहित एकसय १७ सैनिकको नाम छ । यो बर्षको अन्त्यतिर बकिंघम दरबारमा एक कार्यक्रम आयोजना गरी उक्त पुरस्कार दिइने छ ।
उनको प्रतिकारपछि घाईते २ तालिवादी भागेका थिए । मार्च २२ मा घटना भएको थियो

No comments:

Post a Comment

Nijyumaru Japanese restaurant

Delicious Otoro( blifin fish belly )sashimi mori I have ever try