Saturday, 5 October 2013

माइकल ज्याक्सनकि बहिनी एक्ली अर्बपति


माइकल ज्याक्सन, यो नामलाई शायदै कसैले नचिन्लान् । उनले आफ्नो आम्दानीलाई अर्बको सूचिमा पुर्‍याउन सकेका थिएनन् । तर उनकी बहिनी पनि यो वर्षदेखि सबैले खोज्ने सूचिमा परेकी छिन् । कन्र्सट, एल्बम र स्पोन्सरबापतको आम्दानीले मिलेनियर सूचिमा परेकी माइकल ज्याक्सनकी बहिनी जनेट ज्याक्सनको सम्पत्ति १ अर्ब अमेरिकी डलर नाघेको छ ।
भेराइटी म्यागेजिनका अनुसार गत एक वर्षमा (मे २४ २०१३ सम्म) जेनेट ज्याक्सनले कन्सर्ट टुरबाट ४५ करोड ८० लाख डलर, फर कलर्ड गर्ल फिल्ममा उनको भुमिकाका लागि ३० करोड ४० लाख र दि नटी प्रोसेसर एल्बम बिक्रीबाट २६ करोड अमेरिकी डलर कमाएकी छिन् । त्यसबाहेक ८ करोड १० लाख डलर स्पोन्सरशिपबाट पाएको न्युयोर्क पोस्टले एक रिपोर्टमा उल्लेख गरेकेा छ । उनले हालै मात्र अर्बपति फेशन टाइकुन मोगल विसाम अल मानासंग बिहे गरेकी पनि छिन् । यसअघि उनले १९८४ मा सोलका गायक जेम्स डिबार्गीसंग बिहे गरेकी थिइन् । एकवर्षपछि उनले जेम्ससंगको सम्बन्ध तोडेर सन् १९९१ मा म्युजिक भिडियो निर्देशक रेनी इलिजोन्डोसंग बिवाह गरिन् । यो सम्बन्ध पनि सन् २००० मा तोडिएको थियो ।
जनेटले सन् १९९१ मा पहिलोपटक भर्जिन रेकर्डसंग दुईवटा करोडौं डलरको सम्झौता गरेकी थिइन् । उनको जनेट नामको एल्बम जो सन् १९९३ मा आएको थियो । यसले उनलाई सेक्स सिम्बलको रुपमा सार्वजनिक छवि बनाइदियो । त्यति वर्ष उनले पोयटिक जस्टिस नामक फिल्ममा खेलेकी थिइन् । उनको एल्बमहरु १० करोड प्रतिसम्म बिकेपछि 'कन्टेम्पोररी' म्युजिकमा 'बेस्ट सेलिङ आर्टिस्ट'को सूचिमा अग्रपंक्तिमा समेत आइन् ।
उनी आफ्नो संगितको पेशामा जम्नुको पछाडी आफ्नो दाई माइकल र जर्माइनलाई प्रेरणाको रुपमा लिन्छिन् । गायिक लिना होर्नीले आफुलाई मात्र होईन, काला कलाकारका लागि उत्प्रेरणाको काम गरेको उनको भनाई छ । लिनाको मृत्यु सन् २०१० मा भइसकेकेा छ । जनेटले सन् २०१० सम्म विभिन्न १२ फिल्ममा काम गरेकी छिन् । जसमध्ये केहीमा उत्कृष्ट अभिनयको अवार्ड पनि पाएकी छिन् । सन् १९९३ मा एमटिभीको 'मुभि अवार्ड' मा उनले सर्वाधिक वान्छनिय महिलाको अवार्ड जितिन् । 'हृवाई डिड आई गेट म्यारिड' फिल्मका लागि उनले सन् २००७ मा मोसन पिक्चरमा सर्वश्रेष्ठ सहायक अभिनेत्रीको अवार्ड पाइन् । सन् १९६६ मा जन्मिएकी उनले सन् १९७६ देखि टेलिभिजन सिरिज दि ज्याक्सनबाट करियर शुरु गरेकी हुन् । उनले पहिलो पल्ट म्युजिकका लागि सन् १९८२ मा ए एण्ड एम कम्पनीसंग रेकर्डिङ सम्झौता गरेकी थिइन् । 

No comments:

Post a Comment

Nijyumaru Japanese restaurant

Delicious Otoro( blifin fish belly )sashimi mori I have ever try