Tuesday, 8 October 2013

तराई जाँदा लामखुट्टेबाट जोगिऔं

दसैं/तिहारताका उपत्यकाबाट तराईका विभिन्न भागमा एक-दुई साताका लागि बिदा मनाउन जानेहरूलाई औलो, डेंगु, चिकनगुनिया आदि कीटजन्य रोग लाग्न नदिन लामखुट्टेको टोकाइबाट बच्न विशेषज्ञहरूको सल्लाह छ ।
नियमित रूपमा वषौर्ंदेखि उपत्यकामा बसोबास गरिरहेकामा औलो लगायतका अन्य कीटजन्य रोगविरुद्घको प्रतिरोधक क्षमतामा समेत कमी आइसकेको हुन सक्छ । इपिडिमियोलजी तथा रोग नियन्त्रण विभाग -ईडीसीडी) का अनुसार अघिल्लो वर्षहरू जस्तै औलो तराईका विभिन्न भागमा देखिने गरि
एकै समय वीरगन्जमा बुधबार सम्म १५ र झापामा १७ जना डेंगुका रोगीसमेत देखिएका छन् । तराईका सबै जिल्ला औलो प्रभावित छन् ।
एउटा आकलनअनुसार दसंै/तिहारताका लाखौं बढी व्यक्ति मधेसका विभिन्न ठाउँमा एक-दुई साता बिताएर पुनः उपत्यका र्फकन्छन् । तराईमा साउन, भदौ, असोजमा लामखुट्टेको सक्रियता उच्च हुने भएकाले औलोबाट बच्न राति मात्र होइन, दिउँसो समेत यसको टोकाइबाट बच्न सावधानी अपनाउनुपर्ने विज्ञहरू बताउँछन् । औलो पाँच वर्षमुनिका बालबालिका र गर्भवतीका लागि बढी घातक हो ।  
गत आर्थिक वर्षमा दुई हजार ९२ वटा प्रयोगशाला प्रमाणित औलोको रोगी देखिएको भए पनि बर्सेनि शंकास्पद औलो रोगीको संख्या करिब ५० हजारभन्दा बढी रहेको ईडीसीडीका औलो कार्यक्रम संयोजक डा.मुरारी उपाध्याय बताउँछन् । डा.उपाध्याय उपत्यकामा बसोबास गर्दै आएका तराईवासीमा औलो प्रतिरोधक क्षमता पहिलेको दाँजोमा कम भइसकेको हुनाले लामखुट्टे भएका क्षेत्रमा जाँदा संक्रमणको सम्भावना उच्च रहने बताउँछन् । उनी दसंै/तिहारताका तराईमा केही साता बिताउन जानेलाई लामखुट्टेबाट जोगिन उपाय अपनाउनुपर्नेसमेत बताउँछन् ।
मुलुकको तराई क्षेत्रमा हाल औलो संक्रमण नियन्त्रणमा देखिए पनि डेंगु आदि कीटजन्य रोग फैलिने क्रममा रहेको कीटजन्य रोग अनुसन्धान केन्द्र, हेटौंडाका कार्यकारी निर्देशक डा.विश्वराज खनाल बताउँछन् । डा.खनालका अनुसार औलोको संक्रमण घटेको अवस्था भए पनि लामखुट्टेको टोकाइबाट बच्नु आवश्यक हुन्छ ।
'दसंै/तिहारताका केही दिन तराईमा बिताएर फर्किनेमा फाट्टफुट्ट रूपमा औलोको संक्रमण देखिने गरिएको इतिहास छ,' शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका डा.राजेश साह भन्छन्, 'निरन्तर राजधानी बसाइले उनीहरूमा औलो प्रतिरोधी क्षमता कम देखिन्छ भने यहीं हुर्किएकाहरूमा संक्रमणको सम्भावना बढी हुन्छ ।'
डेंगु र चिकनगुनियाको लक्षण एक जस्तै देखिन्छ । दुवैमा ज्वरो आउनुका साथै शरीरमा रातो डाबर, बिमिरा देखिन्छ । आँखा पछाडि दुखाइका साथै सम्पूर्ण शरीर दुख्छ । चिकनगुनियामा जोर्नीमा समेत दुखाइ हुन्छ । औलोबाट पीडित भने डेंगु र चिकनगुनियाबाट समेत बचेर रहनुपर्ने आवश्यकता डा.साह औंल्याउँछन ।
औलो प्लाजमोडियम भाइवेक्स र प्लाजमेडियम फेल्सिफेरम परजीवीबाट हुन्छ । संक्रमित पोथी एनोफिलिस जातको लामखुट्टेले टोक्दा आपmनो र्‍यालसँगै स्वस्थ व्यक्तिको शरीरमा औलोको परजीवी पुर्‍याउँछ । संक्रमित लामखुट्टेले टोकेको १० देखि १५ दिनपछि उनीहरूमा औलो रोगको लक्षण देखिन थाल्छ । औलोमा दिनहुँ वा एक दिन छाडेर कामज्वरो आउँछ ।
पसिना आएर ज्वरो कम भएपछि बिरामीले कमजोरी अनुभव गर्छन् । यसमा वाक्वाकी र बान्तासमेत हुन सक्छ । औलो पीडितलाई चिकित्सकको सल्लाहअनुसार औषधिको पूरा कोर्स नै गर्नुपर्छ । अलि राम्रो हुन थाले पनि औषधि छाड्नु हुन्न । यस्तोमा डेंगु र अन्य लामखुट्टेद्वारा हुने संक्रमणको चपेटामा सजिलै आउन सक्ने सम्भावना हुन्छ ।  कुनै पनि ज्वरो औलो हुन सक्ने भएकाले, लक्षण देखिए तुरुन्त रगत परीक्षण गराएर विशेषज्ञको सल्लाहमा औषधि खानुपर्छ ।

No comments:

Post a Comment

Nijyumaru Japanese restaurant

Delicious Otoro( blifin fish belly )sashimi mori I have ever try