राष्ट्रपति रामवरण यादवले डा. निरञ्जनमान सिंह बस्न्यातलाई मलेसियाका लागि नेपाली राजदूत पदमा नियुक्त गरेका छन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता वासुदेव दाहालले मंगलबा जारी गरेको विज्ञप्तिमा नेपालको अन्तरिम संविधान, २०६३ को धारा ५० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा बस्न्यातलाई नियुक्त गरेको जनाइएको छ ।
झन्डै तीनदशक परराष्ट्र सेवामा रहनुभएका नवनियुक्त राजदूत बस्न्यातले फ्रान्सको सेन्टर फर स्ट्राटिजिक एन्ड डिम्प्लोम्याटिक स्टडिज नामक संस्थाबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि उपाधि हासिल गरेका छन् ।
यसअघि उनी शिष्टाचार महापाल, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को निर्देशक थिए । -रासस
No comments:
Post a Comment