भाद्र २५ - वरिष्ठ गायक फत्तेमान राजभण्डारीको मंगलबार पशुपति आर्यघाटमा अन्तिम् संस्कार गरिएको छ । ७७ बर्षीय उनको गएराति १२:५० मिनेटमा ओम अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
त्यसअघि उनको शव श्रद्धाञ्जलीको लागि पशुपति क्षेत्रमा राखिएको थियो । १० बजे उनको अत्येष्टी गरिएको थियो ।
फोक्सोको क्यान्सरका कारण उनी एक सातादेखि अस्पतालमा थिए । उनले मर्न वरु गाह्रो हुन्न, सान्नानीको गालैमा कालोकोठी रैछ, यस्तो पनि हुँदो रैछ जस्ता कालजयी गीतहरु गायका छन् ।
फत्तेमान साढे पाँच दशकदेखि नेपाली सांगीतिक फाँटमा निरन्तर सक्रिय रहँदै आएका थिए ।
No comments:
Post a Comment