Tuesday, 10 September 2013

पहिरोमा पाँच जनाको मृत्यु

चौतारा, भाद्र २५ - सिन्धुपाल्चोकको धुस्कुन र चोकटी गाविसमा गएराती गएको पहिरोमा पुरिएर दुई परिवारका ५ जनाको मृत्यु भएको छ । मूत्यु हुनेमा तीन नाबालक, एक गर्भवती र एक वृद्ध छन् ।
इलाका प्रहरी कार्यालय बाह्रविसेका अनुसार घोर्थली गाविसबाट चोकटी माईती आएकी २६ वर्षकी इन्द्रमाया थामी र उनको ७ र ३ बर्षकी दुई छोरी सीता र लक्ष्मीलाई पहिरोले बगाएको छ । उनी गर्भवती थिइन् । लक्ष्मीको शव सुनकोसी स्थित बाह्रविसेमा आज विहान फेला परेको छ । आमा छोरीको शव घटनास्थ नजिकै फेला परेको थियो । माईती घरमा खाना खाएर काकाको घर फर्कने क्रममा राती खोल्सो तर्न लाग्दा पहिरोले पुरेको थियो ।
घटना स्थलबाट प्रहरी सहायक निरीक्षक निरबहादुर गोलेले दिएको जानकारी अनुसार धुस्कुन गाविस-६ निंगालेमा गएराति नै गएको पहिरोले पुरिएर गोठमा सुतिरहेका वोहरा परिवारका हजुरवुवा र नातीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ७२ वर्षीया मानबहादुर वोहरा र उनको नातिनी ७ वर्षीया इशा छन् । गोठको माथिल्लो भागबाट ढिस्को भत्किएर पहिरो गएको थियो ।

No comments:

Post a Comment

Nijyumaru Japanese restaurant

Delicious Otoro( blifin fish belly )sashimi mori I have ever try