Tuesday, 10 September 2013

छाडेनन बैधेले अडान

भाद्र २५ - नेकपा–माओवादीले उच्चस्तरीय राजनीतिक समितिसँग सरकारको राजिनामालगायत पुरानै अडान राखेको छ । समिति संयोजक एवं कांग्रेस सभापति सुशिल कोइरालासँगको मंगलबारको भेटमा माओवादी अध्यक्ष मोहन वैद्यले यथास्थितिमा मंसिर ४ को चुनावमा भाग लिन नसक्ने अडान दोहोर्याएका हुन् । ‘अवैध रुपमा गठन भएको सरकारले राजिनामा दिई गोलमेच सभाबाट समाधन खोजे चुनावमा जाने कुरा उठायौं’, भेटमा सहभागी माओवादी सचिव देव गुरुङ्ले बताए ।
कोइराला वैद्यलाई भेटन बुद्धनगरस्थित माओवादी पार्टी कार्यालयमा पुगेका थिए । कोइरालाले मुलुक चुनावमा होमिएको, सबै दल चुनावमा आइसकेकाले वैद्यसहित ३३ दलको मोर्चालाई समेत भाग लिन आग्रह गरेका थिए । उनले सरकार गठन गर्न राष्ट्रपतिबाट जारी भएको २५ बुँदे बाधा अड्काउ फुकाउ आदेश, ११ बुँदे राजनीतिक सहमतीका बुदा संसोधन गर्न समिति तयार रहेको बताएका थिए । वैद्यले भने संसोधन नभै खारेज गर्नुपर्ने तर्क राखेका थिए ।

No comments:

Post a Comment

Nijyumaru Japanese restaurant

Delicious Otoro( blifin fish belly )sashimi mori I have ever try