कायरो (बीबीसी), वैशाख १६ - इजिप्टको एक अदालतले विपक्षी मुस्लिम ब्रदरहुडका नेता मुहम्मद बादीसहित ६ सय ८३ जनालाई सोमबार एकै पटक मृत्युदण्डको सजाय सुनाएको छ । उनीहरू सबै हाल थुनामा रहेका पूर्वराष्ट्रपति मुहम्मद मुर्सीका समर्थक हुन् । सजाय पाएकामध्ये ५० जना थुनामा छन् ।
इजिप्टको राजधानी कायरोस्थित एक अदालतले विपक्षी मुस्लिम ब्रदरहुडका नेता मुहम्मद बादीसहित ६ सय ८३ जनालाई सोमबार एकै पटक मृत्युदण्डको सजाय सुनाएपछि उनीहरूका शोकाकुल आफन्त । तस्बिर: एएफपी |
बादी र अन्यमाथि सन् २०१३ को १४ अगस्टमा मिन्याको एक प्रहरी कार्यालयमा आक्रमण गरेको अभियोग थियो । आक्रमणमा एक प्रहरीको मृत्यु भएको थियो । त्यो दिन प्रहरीले राजधानी कायरोमा भएको झडपमा ब्रदरहुडका सयौं समर्थकको हत्या गरेको थियो ।
एउटा बेग्लै मुद्दामा अदालतले गत वर्ष मार्चमा फाँसीको सजाय सुनाएका ५ सय २९ मध्ये ४ सय ९२ लाई राहत दिएको छ । तीमध्ये ३७ जनाको सजाय आजीवन काराबासमा परिणत गरिएको छ । उनीहरूमाथि अर्को एक प्रहरी कार्यालयमा आक्रमण गरेको अभियोग थियो ।
यी मुद्दाका सुनुवाइ प्रक्रियाको मानव अधिकारकर्मी र राष्ट्रसंघले आलोचना गरेका छन् । मानव अधिकार संगठन वाचका अनुसार सुनुवाइका लागि केही समय मात्र निर्धारित गरिएको थियो भने बचाउ पक्षका वकिललाई अदालतले बोल्न दिएन । अदालती कारबाहीलाई पूर्वनिर्धारित र गोलमाल भन्दै विपक्षी वकिलले अन्तिम सुनुवाइ नै बहिस्कार गरेका थिए ।
बचाउ पक्षका वकिल खालेद इल्कोमीले सजाय सुनाइएकामध्ये ६० प्रतिशत आक्रमणका बेला उपस्थित नभएको प्रमाण रहेको बताए । यसमा चिकित्सक र शिक्षकसमेत छन् । सरकारले गम्भीर अध्ययनपछि मुद्दा चलाएको र सबैलाई पुनरावेदनको अधिकार भएको बताएको छ । सैनिक समर्थित सरकारको विरोध गर्ने कम्तीमा हजारजनालाई गत डिसेम्बरदेखि सजाय सुनाइएको छ । मृत्युदण्ड नदिइएकालाई ६ महिनादेखि आजीवन काराबाससम्मको सजाय छ । शृंखलाबद्ध विस्फोट र आक्रमण गरेको आरोप लगाउँदै ब्रदरहुडलाई सरकारले आतंककारी समूहमा राखेको छ ।
अदालतबाहिर कुरिरहेका महिलाहरू फैसला सुनेपछि बेहोस भएका थिए । आफन्तको तस्बिरसहित आएकाहरूबीच रुवाबासी मच्चिएको थियो । धेरैजसोले यस्तो सजाय सुनाइएकाहरू निर्दोष भएको बताइरहेका थिए । सजाय पाएकामा १५ वर्षका किशोरसमेत छन् । तीन वर्षअघि मृत्यु भइसकेकालाई पनि सजाय सुनाइएको छ ।
राष्ट्रसंघीय मानव अधिकार आयुक्तले गत महिना अदालती प्रक्रियाको निन्दा गर्दै अन्तर्राष्ट्रिय मानव अधिकार कानुन उल्लंघन भएको बताएका थिए । गत वर्षको जुलाईमा मुर्सीलाई सत्ताच्यूत गरेपछि भएका संघर्षमा सयौंको ज्यान गएको छ । सयौंलाई प्रहरीले पक्राउ गरेको छ ।
सन् २०११ को आन्दोलन उक्साउने एक युवा समूहमाथि पनि सोमबार अदालतले प्रतिबन्ध लगाएको छ । उक्त आन्दोलनकै कारण होसनी मुबारक सत्ताच्युत भएका थिए । अदालतले गरेको उक्त सजायलाई औपचारिक स्वीकृतिका लागि इजिप्टमा शीर्ष इस्लामिक महागुरुसमक्ष पठाइएको छ । यसबारे जुनमा अन्तिम फैसला हु
No comments:
Post a Comment