Friday, 4 October 2013

अखिल क्रान्तिकारीका कमल शाहीद्वारा पार्टी परित्याग

आश्विन १८ - मोहन वैद्य नेतृत्वको नेकपा-माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीका महासचिव कमल शाहीले पार्टी परित्याग गरेका छन् ।
माओवादी कार्यदिशाविहीन भएको भन्दै शाहीले शुक्रबार विज्ञप्ती जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
'विभाजनताका क्रान्तिको चर्को नारा दिएको नेकपा-माओवादी एक बर्ष नबित्दै क्रमशः आफ्नो रंग बदल्न थालेको छ,' विज्ञप्तीमा भनिएको छ, 'सैद्धान्तिक हिसावले छद्म अवसरबाद, राजनीतिक हिसावले चरम अर्कमण्यता एवं पुच्छरवाद तथा संगठनात्मक हिसावले चर्को गुटवादको शिकार बन्न पुगेको छ ।'
राजनीतिक कार्यदिशाविहीन माओवादीले इमान्दार क्रान्तिकारी नेता-कार्यकर्तालाई भ्रममा राख्नु गम्भीर धोका भएको बताउँदै शाहीले अनेरास्ववियु क्रान्तिकारी र मातृ पार्टी माओवादी परित्याग गरेको घोषणा गरेका हुन् ।

No comments:

Post a Comment

Nijyumaru Japanese restaurant

Delicious Otoro( blifin fish belly )sashimi mori I have ever try