Friday, 4 October 2013

सर्वोच्चले भन्यो- 'कतारमा तत्काल अर्को राजदून नियुक्त नगर्नू'

आश्विन १८ - सरकारबाट हालै पदमुक्त भएकी कतारका लागि नेपाली राजदूत मायाकुमारी शर्मालाई तत्कालका लागि नहटाउन सर्वोच्चले अन्तरकालिन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश प्रकाश वस्तीको एकल इजलाशले जारी गरेको आदेशमा कतारका लागि अर्को राजदूत हालका लागि नियुक्त नगर्न पनि भनिएको छ ।
मायाकुमारीले ६ महिना अघि एक सार्वजनिक कार्यक्रममा 'कतार खुला जेल हो' भन्ने अभिव्यक्ति दिएपछि विवादमा आएकी थिइन् । कुटनीतिक मर्यादाविपरित बोलेको भनेर कतार सरकार उनीप्रति रुष्ट भएपछि उनलाई उक्त पदका लागि सिफारिस गर्ने माओवादीले मायाकुमारीलाई फिर्ता समेत बोलाएको थियो ।
आफूलाई राष्ट्रपतीले नियुक्त गरेकाले कसैले भन्दैमा फिर्ता नआउने अभिव्यक्ती दिएपछि माओवादीले मायाकुमारीलाई पदमुक्त गर्न सरकारलाई सिफारिस गरेको थियो । तदनुसारै उनलाई परराष्ट्र मन्त्रालयले असोज १० गते पदमुक्त गरेको थियो ।
आफूलाई बिना कुनै सुनुवाइको मौका गैरकानुनी र असंवैधानिक तरिकाले हटाइएको भन्दै मायाकुमारीले त्यो बदर गरिपाऊँ भनी सर्वोच्चमा १४ असोजमा रिट दायर गरेकी थिइन् ।
'मलाई हटाउँदा साधिकार निकाय राष्ट्रपतीज्यूबाट नहटाई केवल नेपाल सरकार मन्त्रीपरिषदको मिति २०७०।६।१० को गैरसंवैधानिक बैठकबाट राजदूत पको जिम्मेवारीबाट पदमुक्त गरिएको भनिएको निर्णय गैरकानूनी संविधानविपरित हुँदा बदरभागी छ' रिटमा उनले भनेकी छन्,'मैले स्टेट अफ कतारमा नेपाली राजदूतको हैसियतले नेपालको प्रतिनिधित्व गरिरहेको अवस्थामा के कारण पदमुक्त गरेको सो को जानकारी समेत नगराई सुनुवाइको मौका समेत नदिई हठात मलाई पदमुक्त गर्ने गरेको कार्य प्राकृतिक न्याय सिद्धान्तथ विपरित हुँदा हुक्त कार्य बदर गरी पाउन सम्मानित अदालत समक्ष्ा निवेदन गर्दछु ।'
एनको रिटमाथिको पहिलो सुनुवाइमा वस्तीको इजलाशले तत्कालका लागि उनलाई पदमुक्त गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न भनेको हो ।
'अन्तरिम आदेशतर्फ विचार गर्दा दुवैतर्फको छलफल सुनी निश्कर्षमा पुग्न् वाञ्छनीइ भएकाले छलफलका लागि दुबै पक्ष्ालाई उपस्थित हुन उपयुक्त दिन तोकी विपक्षीलाई सूचना दिनु' वस्तीको आदेशमा भनिएको छ,'अन्तरिम आदेश हुने कि नहुने अन्तिम टुंगो नलागेसम्म कतारमा कुनै नेपाली राजदूत नियुक्ती नगर्नु भन्नेसम्मको विपक्षीई अल्पकालिन अन्तरिम आदेश जारी गरिदिएको छ ।'
मायाकुुमारीलाई सर्वोच्चले गरिदिएको यो थमौती कम्तीमा दुई साताका लागि कसैले हटाउन सक्नेछैन, किनभने आइतबारदेखि दशैं विदा परेकाले वन्दिप्रत्यक्षीकरण बाहेकका अन्य मुद्दाका लागि दशैंपछि मात्रै इजलाश लाग्ने भएको छ ।
दशैंपछि पनि कुन दिन पेशी पर्ने भन्ने नतोकिएकोले अर्को सुनुवाइका लागि थप केही ढिलो हुन सक्नेछ ।
अर्को सुनुवाइमा अल्पकालिन अन्तरिम आदेशले निरन्तरता पायो भने रिटको टुंगो नलागुञ्जेल मायाकुमारी कतारका लागि राजदूत रहि नै रहनेछिन् । निरन्तरता पाएन भने चाहिँ पदमुक्त गर्ने सरकारको निर्णय पुनः सक्रिय हुनेछ र उनी पदबाट बाहिरिने छिन् ।

No comments:

Post a Comment

Nijyumaru Japanese restaurant

Delicious Otoro( blifin fish belly )sashimi mori I have ever try