Friday, 4 October 2013

कहाँ कहाँबाट उठे बागी उम्मेदवार

काठमाडौं १८ असोज, 
आगामी ४ मंसिरमा हुने संविधासभाको दोस्रो निर्वाचनमा प्रमुख दलका शीर्ष नेताहरुविरुद्ध नै बागी उम्मेदवार खडा भएका छन् ।
बागी उम्मेदवारहरुमा सबैभन्दा बढी नेपाली कांग्रेसबाट उठेका छन् । सभापति  सुशिल कोइराला उपसभापति रामचन्द्र पौडेल र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लगायत २१ जना कांग्रेसका नेताविरुद्ध बागी उम्मेदवार खडा भएका छन् । 
 प्रचण्डविरुद्ध पदम
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई झापड हानेर चर्चामा आएका पार्टीका पुर्वकार्यकर्ता पदम कुँबर काठमाडौं क्षेत्र नं. १० बाट बिहीबार निर्वाचन कार्यालय काठमाडौंमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालविरुद्ध उम्मेदवारी दर्ता गराएको कागजपत्र मिलाउदै निर्वाचन अधिकृत । तस्वीर : पिजन


त्यस्तैगरी एमाओवादीमा १० जनाले बागी उम्मेदवारी दर्ता गराएका छन् भने एमालेमा २ जना र राप्रपामा १ जनाले बागी उम्मेदवारी दर्ता गराएका छन् । राप्रपमा बागी उम्मेदवारी दर्ता गराउनेहरु नाताले बाबु छोरा पर्दछन् ।

कांग्रेस

चितवन क्षेत्र नम्बर ४ मा कांग्रेस सभापति सुशिल कोइराला विरुद्ध विकाश कोइराला


चितवन क्षेत्र नम्बर ३ मा भिमप्रसाद श्रेष्ठ विरुद्ध विकाश कोइराला


कैलाली क्षेत्र नम्बर ६ मा शेरबहादुर देउवा विरुद्ध पूर्वसांसद गंगाबहादुर कुँबर


तनहुँ क्षेत्र नम्बर २ मा रामचन्द्र पौडेल विरुद्ध पूर्वसांसद पुर्णबहादुर गरुङ


कपिलबस्तु क्षेत्र नम्बर २ मा राजेश आचार्य विरुद्ध अतरल कमाल


बाग्लुङ क्षेत्र नम्बर १ बाट हरिबहादुर खड्का विरुद्ध मणिभद्र कणेल


खोटाङ क्षेत्र नम्बर १ मा नरेशकुमार श्रेष्ठ विरुद्ध क्षेत्रिय सचिव श्यामकुमार राई


नवलपरासी क्षेत्र नम्बर ४ - देबेन्द्र कडेल विरुद्ध क्षेत्रिय सभापति गुणनिधी तिवारी


नवलपरासी क्षेत्र नम्बर ५ - बिक्रम खनाल विरुद्ध स्वास्थ्य बिभगका सदस्य राघेश्याम पाठक


पाल्पा क्षेत्र नम्बर १ - सिता देबकोटा विरुद्ध देबराज अर्याल


धनकुटा क्षेत्र नम्बर १ -अजितनारायण सिंह श्रेष्ठ विरुद्ध कमोट फागो


धनकुटा क्षेत्र नम्बर २- आनन्दसन्तोषी राई विरुद्ध अञ्जना ताम्ली


धनुषा क्षेत्र नम्बर ६ - प्रमलकिशोर साह विरुद्ध भतिजा बिजय शंकर शाह


एमाओवादी

धनुषा क्षेत्र नम्बर ६ - रामचन्द्र झा विरुद्ध केन्द्रिय सदस्य श्रबण यादव


काभ्रे क्षेत्र नम्बर १ - सूर्यामान दोङ विरुद्ध तेजप्रसाद गौत


रसुवामा प्रम तापाङ विरुद्ध जिल्ला इन्चार्ज इन्द्र गोतामे


कंचनपुर क्षेत्र नम्बर १ -बीना मगर विरुद्ध गगन सिंह


कास्की क्षेत्र नम्बर ३- रामजी बराल जीबन विरुद्ध  महेश्वर अधिकारी


कास्की क्षेत्र नम्बर ४ - गुप्तबहादर हमाल विरुद्ध राजेन्द्र गुरु


ललितपुर क्षेत्र नम्बर २ - सराज डंगोल विरुद्ध जनक थापा


काठमाडौं क्षेत्र नम्बर ३-  गणेश रेग्मी विरुद्ध गणेश तामाङ


उदयपुर क्षेत्र नम्बर २ - सुरेशकुमार राई विरुद्ध खगेन्द्र रासकोटी


एमाले

सुर्खेत क्षेत्र नम्बर २ - यमलाल कडेल विरुद्ध जिल्ला उपाध्यक्ष शिवप्रसाद उपाध्याय


नुवाकोट क्षेत्र नम्बर ३- नारायाण्प्रसाद खतिवडा विरुद्ध बद्री मैनाली


राप्रपा

बाग्लुङ क्षेत्र नम्बर ३ - जितबहादुर कुँवरविरुद्ध उनकै छोरा दीपक कुँवर क्षेत्री

No comments:

Post a Comment

Nijyumaru Japanese restaurant

Delicious Otoro( blifin fish belly )sashimi mori I have ever try