Wednesday, 16 October 2013

४ हजार बढी बस्तुको भन्सार बढ्यो

आश्विन ३१ - सरकारले भारत र तेस्रो मुलुकबाट आयात हुने ४ हजार भन्दा बढी वस्तुको भन्सार मुल्यांकन बढाएको छ । आयात हुने वस्तुको मूल्य बृद्धि र बजारको मूल्यलाई आधार मानेर ५ प्रतिशत देखि दोब्बरसम्म बढाइएको छ ।
'वस्तु आयात गर्दा एमआरपी लेखेर नआउने भएकाले कडाई गर्न मुल्याङकन बढाएका छौ,' भन्सार विभागका निर्देशक नारायण प्रसाद शर्माले भने । भारतबाट आयात हुने करिब ३ हजार र तेश्रो मुलुकको १ हजार २ सय वस्तुको मुल्य मुल्याकन बढाइएको छ । विभागका अनुसार भारतबाट ६ हजार ५ सय
र तेश्रो मुलुकबाट २ हजार वस्तु आयात हुने हुन्छ ।
भन्सार मूल्यांकन भनेको आयात हुने वस्तुको अनुमानित मूल्य हो । मुल्य खुलेर नआएका वस्तुमा यसरी नै तोकिएको मुल्यलाई आधार मानि भन्सार दरवन्दी लगाउने गरिन्छ । यो भन्सार विन्दुमा लाग्ने विभिन्न करका लागि आधार मुल्य हो । अनौपचारिक व्यापार गर्नेलाई हतोत्साहि र औपचारिक व्यापार प्रोत्साहन गर्न मुल्य समायोजन गरिएको निर्देशक शर्माको भनाई छ । 'यो मुल्य समायोजन हो, बढाइएको होइन,' उनले भने, 'भन्सार मुल्याकन वृद्धिले एमआरपी मुल्यमा केही असर पर्देन ।'  उनका अनुसार सरकार, व्यवसायी र अन्य सरोकारवाला निकायसंगको छलफलपछि भन्सार मूल्यांकन बढेको हो ।
केही आयातकर्ताले बढी मूल्यको वस्तु आयात गरेपनि कम मूल्य देखाएर भन्सार महसुल छल्ने गरेको गुनासो बढेपछि विभागलाई मुल्यांकन बढाउनुपर्ने दबाव पनि पर्दै आएको थियो । बढाएको भन्सार मूल्य बृद्धिले न्युन विजकीकरण भए रोक्न सहयोग पूग्ने शर्माले बताए । उनका अनुसार अन्र्तराष्ट्रिय बजारमा भएको मूल्य बृद्धिलाई आधार मानेर समेत भन्सार मूल्य बृद्धि गरेको हो ।
'समय अनुसार वस्तुको मूल्य परिवर्तन हुन्छ,' उनले भने, 'वस्तुको मूल्य बढेपछि भन्सार महशुल पनि बढाउनुपर्ने अन्र्तराष्ट्रिय मापदण्ड छ । त्यही अनुसार मुल्य बृद्धि गरिएको हो ।' खेलकुदका सामग्री, ड्राई फुड, गलैचा, तयारी पोषाक, भान्साका सामग्री, कस्मेसटिक, लुबि्रकेन्ट्स, साबुन, ब्याग, पेपर, घडीका सामान, क्यामेरामा, फर्निचर, इनर्जी डि्र्रंस, जुत्ता लगायतका वस्तुको भन्सार मूल्य बृद्धि गरिएको विभागले जनाएको छ ।
निर्देशक शर्माका अनुुसार भारतबाट आयात हुने बस्तुमा असोज ९ गतेदेखी नया भन्सार मुल्य लागु भएको छ । यस्तै, तेस्रो मुलुकबाट आयात हुने सामानमा भने असोज १५ गतेदेखी लागु गरिएएको छ । 'भन्सार मुल्याकन वृद्धिले व्यापारीको नाफा घट्छ । तर, बस्तुको मुल्य बढ्दैन,' निर्देशक शर्माले भने ।
विभागका अनुसार भारत र तेश्रो मुलुकबाट आयात हुने वस्तुमा न्युन विजकीकरण रोक्न र राजस्व बृद्धि गर्ने उदेश्यले बढाएको हो । विभागले सम्पुर्ण कार्यालयले बढेको भन्सार मूल्य अनुसार काम गर्न निर्देशन दिइसकेकेा छ । विभागका अनुसार १५ प्रतिशतभन्दा बढी भन्सार महसुल भए व्यवसायीले ५० प्रतिशतसम्म बढाएर बिक्री गर्न पाउछन् ।  तर, १५ प्रतिशतभन्दा कम भन्सार भए ४० प्रतिशतसम्म मात्रै बढाएर बेच्ने पाउन  शर्माले बताए ।
'त्यो भन्दा बढी मुल्यमा बिक्री गर्नु ठगी हो,' उनले भने, 'ठगी गर्नेलाई कालाबजारी नियन्त्रण ऐन अनुसार कारबाही हुन्छ ।' आयातकर्ताले भन्सार छल्नका लागि निर्धारण गरेको भन्सार महसुल भन्दा वस्तुको मूल्य कम देखाए उनीहरु माथि अनुसन्धान गर्न सहयोग हुने विभागले जनाएको छ । भन्सार राजश्वको प्रमुख आधार रहदै आएको छ ।
उद्योग बाणिज्य महासघका उपाध्यक्ष पशुपति मुर्रारकाले दिनदिनै भाउ तलमाथि भएको अवस्थामा भन्सार मुल्याकन बढाउन गलत भएको बताए । 'व्यापारीले ठगेको शंका लागे सरकारले अनुगमन गरी ठगी गर्नेलाई कारबाही गर्नुपर्छ कि त भन्सार स्वयमले नै बस्तु खरिद गर्नुपर्छ,' उनले भने, 'तर सिद्धान्तिक रुपमा भन्सार मुल्याकन बढाउन मिल्दैन ।' भन्सार मुल्याकन वृद्धिले न्युनविजिकरण रोक्नुभन्दा अधिकिकरण ल्याउने उनले बताए । मुल्याकनले भाउ बढ्दा व्यवसायीलाई धेरै नोक्सान हुने उनको भनाई छ । 'यसका लागि पोष्ट क्लियर अडिट हुनुपर्छ,' उनले भने

No comments:

Post a Comment

Nijyumaru Japanese restaurant

Delicious Otoro( blifin fish belly )sashimi mori I have ever try