आश्विन ३१ - मानव तस्करीको शैलीमा एक एजेन्टले कतारमा ल्याएर भागेपछि चार कामदारले दुई महिना बितिसक्दा पनि कम्पनी फेला परेको छैन । गल्फ म्यानेजमेन्ट ओभरसिज (९४५) बाट श्रमस्वीकृति निकालेर आएका सर्लाहीका दोरिक साह, प्रमोदकुमार साह, विवकप्रसाद साह र रामदायल साहले कम्पनी पाएका छैनन् ।
उनीहरू कविलास ७ सर्लाहीका राजकिशोर मण्डललाई १ लाख ५० हजार तिरेर कतारमा काम गर्न आएका थिए । 'हामीलाई आजाद भिसामा काम लगाइदिन्छु भनेर १ लाख ५० हजार माग्यो,' पीडित दोरिकले भने, 'यता आएपछि कम्पनी नदेखाइकन
भाग्यो ।' उनीहरू जुलाई २७ मा कतार आइपुगेका थिए । 'मण्डलसँग नेपालबाटै सँगै आएको थियो,' उनले भने, 'कतार विमानस्थलमा आएपछि मेरो झोला भित्र परेछ भनेर निस्केको मान्छे गायब भयो । केही दिनपछि नेपालबाटै फोन गर्यो ।'
मण्डलले 'आजाद भिसा' मा आफूलाई चाहेको काम गर्न पाउने भनेर ल्याएका थिए । श्रमसहचारी इन्द्रदेव पाण्डेका अनुसार आजाद भिसा नहुने बताएका छन् । आजाद भिसाको नाममा धेरै सोझासीधा नेपालीलाई फसाइरहेको छ । उनीहरू भोकभोकै रहेको र साथीहरूको कोठामा आश्रय लिँदै बसिरहेका छन् । 'हामीहरूको बस्ने र खाने टुंगो छैन,' अर्का पीडित विवेक साहले भने, 'साथीहरू बस्ने कोठा खोज्दै हिँड्ने गरेका छन् ।' उनीहरूका कतारका एजेन्ट मनोज महतो हुन् । मनोजले उल्टै थुनिदिने धम्की दिने गरेको छ ।
No comments:
Post a Comment