Wednesday, 16 October 2013

एमाओवादी कार्यकर्ताले कांग्रेसको चुनावी सामग्री लुटे

आश्विन ३० - एमाओवादीका कार्यकर्ताले कांग्रेसको चुनावी प्रचार सामग्री लुटेका छन् । जिल्लाको छिवाङ गाविसको साधनचौरबाट गरायला लिन लागेको कांग्रेसको प्रचार सामग्री एमाओवादी कार्यकर्ताले लुटेको कांग्रेस रुकुमले जनाएको छ ।
एमाओवादी कार्यकर्ताले छिवाङ गाविसस्थित सादनचौरबाट लुटेको कांग्रेस जिल्ला सदस्य गोरख चन्दले जानकारी दिए । एमाओवादीले निर्वाचन प्रचारका लागि तयार पारिएका २ सय थान टिसर्ट, ११ थान हाते माइक, १ सय थान अपिल लुटेको जिल्ला सदस्य चन्दले जनाए ।
इलाका नं. ९ अन्तर्गतका गाविस गरायला, सिम्ली, पूतिर्मकाँडा र घेत्मा गाविसका लागि प्रचार समग्री  लगिँदै थियो । आफूहरु प्रचार सामग्रीहरु बोकेर गरायला जाँदै गर्दा बाटोमा बसेका एमाओवादी राज्य समिति सदस्यहरु धनवीर ओली, गणेश चिन्तन, डम्वर विष्टलगायतका नेता कार्यकर्ताले 'चेक गर्नुपर्छ' भन्दै खोसेको चन्दले जानकारी दिए ।
'तिमीहरु निर्वाचन प्रचार गर्न पाउँदैनौं भनेर खोसे,' चन्दले ईकान्तिपुरसित भने, 'कार्यकर्ताहरुमाथि दुर्व्यवहार गर्दै सामग्री लुटियो ।'
एमाओवादी जिल्ला संयोजक सरुण बाँठाले प्रचार सामग्री कब्जामा लिएको स्वीकार गरे । हतियारको आशंकाले कार्यकर्ताहरुले  खानतलास गरेको र प्रचार सामग्री मात्र भेटिएपछि कार्यकर्ताहरुलाई फिर्ता गर्न निर्देशन दिएको उनले जनाए ।  
हस्तक्षेप नदोहोर्‍याउन कांग्रेसको चेतावनी
शान्तिपूर्ण प्रचार प्रसार गर्न पाउने अधिकारमाथि एमाओवादीले ठाडो हस्तक्षेप गरेको भन्दै कांग्रेसले भर्त्सना गरेको छ । 'यस घटनाको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दै यस्ता घटना पुनः नदोहोर्‍याउन नेपाली कांग्रेस चेतावनी दिन चाहन्छ,' मुख्यसचिव चिनकाजी श्रेष्ठद्वारा जारी विज्ञप्तीमा भनिएको छ, 'जनप्रतिनिधिमार्फत् संविधान निर्माण गर्ने कार्यमा कुनै पनि वाधा अवरोध नपुर्‍याउन सबैसाग नेपाली कांग्रेस आग्रह गर्दछ ।'

No comments:

Post a Comment

Nijyumaru Japanese restaurant

Delicious Otoro( blifin fish belly )sashimi mori I have ever try