Saturday, 7 September 2013

मावोबादीको बन्द फिर्ता

काठमाडौं, भाद्र २२ - एमाओवादी

ले महिलाहरुको महत्वपूर्ण चाड तिजलाई मध्यनजर गर्दै अपरान्ह १२ बजेबाट बन्दको कार्यक्रम फिर्ता लिएको छ । एमाओवादी नेता एवं नेवा राज्य समिति इन्चार्ज देवेन्द्र पौडेललले बन्द फिर्ता लिएको जानकारी दिएका हुन् । एमाओवादी कार्यकर्ताहरु  बिहान ८ बजेबाट एक्कासि उपत्यकामा सवारी साधान संचालनमा रोक लगाउन थालेका थिए । बन्द फिर्तापछि सवारी साधन स‌ंचालनमा आएको छ ।
गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्याका आरोपितहरु मध्ये रामप्रसाद अधिकारीलाई प्रहरीले शुक्रबार काठमाडौंबाट पक्राउ गरेपछि एमाओवादीले आन्दोलन थालेको छ । एक्कासि भएको बन्दको स्थानीयले विभिन्न स्थानमा प्रतिवाद गरेपछि एमाओवादी पछि हट्न बाध्य भएको हो । आइतबार मनाइने तिजका लागि महिलाहरु आज माइत र दर खान विभिन्न स्थानमा जाने क्रममा रहेकाले बिरोध थप चर्किएको हो । कलंकीमा महिलाहरुले नै बन्दकर्ताको प्रतिकार गरेका छन् । प्रदर्शनी मार्गमा पनि बन्दको बिरोध गरिएको छ ।
कार्यकर्ता पक्राउको बिरोधमा बन्द
 गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यामा संलग्न आरोपीलाई पक्राउ गरेकोमा एमाओवादी उत्तेजित भएको छ ।
प्रहरीले काठमाडौंबाट हत्यामा संलग्न आरोपमा पक्राउ परेका रामप्रसाद अधिकारीको रिहाईको माग गर्दै काठमाडौंसहित चितवन र गोरखा जिल्ला बन्द आह्वान गरेको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराईले धनगढीबाट ठाडो आदेश दिएर बिहान ८ बजेदेखि बन्द गर्न निर्देशन दिएका हुन् ।
मध्यरातको १२ बजे बन्दको सर्कुलर गरेको एमाओवादीको निर्णयले तीजको दरखाने दिनमा सर्वसाधारण प्रभावित हुने भएका छन् । सूचनाको अभावमा बिहान बाक्लैगरी सवारी चलेका थिए । 
एमाओवादी कार्यकर्ताहरु सडकमा निस्कन थालेपछि क्रमशः बन्द हुँदै गएको छ । कोटेश्वर चोकमा कार्यकर्ताहरुले बन्द गराउन थालेपछि भक्त्तपुरबाट आएको सवारीहरुलाइ ट्राफिकले जडीबुटीमै रोकेको छ । कार्यकर्ताहरुले विभिन्न चोकमा जम्मा भएर प्रर्दशन गरेका छन् । कलंकीमा स्थानीय र एमाओवादी कार्यकर्ताबीच झडप भएपछि प्रहरीले हस्तक्षेप गरेको छ ।
गोरखा फुजेलका कृष्णप्रसाद हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै बाबुआमा नन्दप्रसाद र गंगामाया डेढ महिनादेखि अनसनमा बसेका छन् । उनीहरुको अवस्था चिन्ताजनक छ । दोषीलाई कारबाही नगरेसम्म अनसन नतोड्ने उनीहरुको अडानका कारण पनि प्रहरीलाई दोषीमाथि कारबाही गर्न थप दबाब परेको छ ।

No comments:

Post a Comment

Nijyumaru Japanese restaurant

Delicious Otoro( blifin fish belly )sashimi mori I have ever try