Wednesday, 18 September 2013

अर्काकी श्रीमती विवाह गर्न नपाएपछि आत्महत्या

२ असोज, जाजरकोट । अर्काकी श्रीमतीसँग विवाह गर्न नपाएको झोँकमा स्थानीय एक युवकले आत्महत्या गरेका छन् । सीमा गाविस-९ का २४ वर्षका उदय परियारले स्थानीय बजारमा पसल गरी बस्ने सल्यान बामे गाविसकी ३८ वर्षकी बिर्मी नेपालीसँग बिहे गर्न नपाएपछि झुन्डिएर आत्महत्या गरेको स्थानीय पूर्णसमिर महताराले बताउनुभयो । बिर्मीका श्रीमान् केही समयअघि मात्रै वैदेशिक रोजगारमा गएका छन् । बिर्मीलाई लिएर भाग्ने उदयको चाहना अन्य स्थानीय तथा आफन्तले थाहा पाएपछि बिहे गर्न नसक्ने देखेर आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ । उदयका दुई छोरा र एक छोरी छन् । उदयकी श्रीमती २१ दिनकी सुत्केरी अवस्थामा छिन् । रासस 

No comments:

Post a Comment

Nijyumaru Japanese restaurant

Delicious Otoro( blifin fish belly )sashimi mori I have ever try