Sunday, 8 September 2013

नेपाल फेरी ZERO

काठमाडौ, भाद्र २३ - आठौं साफ च्याम्पियनसिपमा पनि नेपाल फाइनल पुग्न चुकेको छ । सेमिफाइनलमा आइतबार पुरानै प्रतिद्वन्द्वी अफगानिस्तानसँग १-०ले पराजित भएपछि नेपालको फाइनल सपना चकनाचुर भएको छ ।
खेलको अन्त्यतिर पाएको २ पेनाल्टी अवसर गुमाउँदा पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुग्ने नेपाली सपना तुषारापात भएको छ । नेपाली खेलाडी बिमल घर्तीमगरलाई अफगानी किपर मोहम्मद युसेफले लडाएपछि पाएको २ पेनाल्टी भरपर्दा खेलाडी रोहित चन्दले सदुपयोग गर्न नसक्दा नेपाल निराश हुनुपरेको हो ।
खेल सुरु भएको १० औं मिनेटमा खाएको गोल पटक पटकको अवसरमा पनि फर्काउन नसक्दा आयोजक टोलीको फाइनल यात्रामा पूर्णविराम लागेको हो ।
दशरथ रंगशालामा उपस्थित १८ हजार घरेलु समर्थनले हौसिएको नेपाली टोलीले खेल अवधीभर उत्कृष्ट प्रदर्शन गर्दै गोलका दर्जनौं अवसर सिर्जना गरे पनि बलले जाली चुम्न सकेन ।
नयाँ दिल्लीमा भएको अघिल्लो संस्करणमा पनि नेपाल अफगानिस्तानसँग १-० को हार व्यहोरेर घर फर्किएको थियो । 
खेलमा सुरुवाती मिनेटमा अफगानीस्तानका सन्जरा मोहम्म अहमदीले गरेको गोल उसलाई फाइनल पुग्न काफी भयो । खेल अवधीभर नेपालले खेलमा फर्कने दर्जनौ मौका पाए पनि लक्ष्य हासिल भएन् ।
६० औं मिनेटमा राजु तामाङको स्थानमा मैदान प्रवेश गरेका बिमल घर्तीमगरले खेलमा आफ्नो उत्कृष्ट कला देखाए पनि गोल गर्न असफल रहे । 
पाकिस्तानसँगको खेलमा उनैले अन्तिम समयमा गरेको गोलका कारण नेपाल बराबरीको स्थितिमा आएको थियो । आइतबार पनि रंगशालामा उपस्थित हजारौं समर्थकले त्यस्तै जादूयी गोलको अपेक्षा गरेका भए पनि पूरा भएन ।
घरेलू भूमिमा आयोजित प्रतियोगिताको ट्रफी बाहिर जान नदिने प्रतिबद्धता व्यक्त गरेका नेपाली खेलाडी हारसँगै निकै निराश देखिए । खेल सकिएको कयौं मिनेट उनीहरु मैदानमै लडेर दु:ख मनाए । उत्कृष्ट खेल्नु तर गोल गर्न नसक्नु, नेपालको कमजोरी आज फेरि दोहोरिएको छ । 

सेमिफाइनलमा नेपाललाई हराएको अफगानिस्तानले सोमबार हुने भारत र मालदिभ्सबीचको खेल विजेतासँग फाइनल खेल्नेछ ।

No comments:

Post a Comment

Nijyumaru Japanese restaurant

Delicious Otoro( blifin fish belly )sashimi mori I have ever try