Tuesday, 17 September 2013

आज गणेशमान स्मृति दिबस

काठमाडौ, आश्विन २ - कांग्रेस नेता स्व. गणेशमान सिंहको १७ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी उनको सम्झनामा मनाइँदैछ । गणेशमान सिंह फाउण्डेसनले बिहान शोभा भगवतीमा रहेको उनको प्रतिमामा माल्यार्पण सहितको कार्यक्रम आयोजना गर्यो ।

त्यहाँ कांग्रेस महामन्त्री एवं गणेशमान पुत्र प्रकाशमान सिंह, नविन्द्र राज जोशी, भिसेनदास प्रधानाङ लगायतका नेता र कांग्रेस कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा बोल्दै महामन्त्री सिंहले मुलुकलाई संक्रमणकालबाट निकास दिन मसिंर ४ को निर्वाचन अपरिहार्य रहेको भन्दै कसैले बहिष्कार गर्दैमा चुनाव नरोकिने बताए । उनले वार्तामा उच्च स्तरीय राजनीतिक समितिले हदै सम्म लचकता अपनाएको भन्दै अब को आउने नआउने भनेर कुर्न नसकिने उल्लेख गरे ।

No comments:

Post a Comment

Nijyumaru Japanese restaurant

Delicious Otoro( blifin fish belly )sashimi mori I have ever try