Wednesday, 4 September 2013

डलरको मूल्य ११२ पुग्ने प्रक्षेपण

५ भदौ, काठमाडौं । जर्मन बैंक डच बैंकले अमेरिकी डलरको अधिमूल्यन भएर एक डलर बराबर ७० भारुसम्म हुने प्रक्षेपण गरेको छ । जसको नेपाली रुपान्तरण ११२ रुपैयाँ हुन्छ ।
अहिले डलरको सटही दर करिब ६४ भारु अर्थात १०२ नेरु रहेको छ । मंगलरबार भारतमा ६४.१३ भारु पुगेको डलर मूल्य बुधबार ६३.४२ भारुमा झरेको छ ।
एक महिना वा त्यसको केही दिनभित्र डलरको मूल्य ७० भारु पुग्ने प्रक्षेपण डच बैंकले बुधबार प्रकाशन गरेको रिपोर्टमा उल्लेख छ । यद्यपि यो वर्षको अन्त्य अर्थात चार महिनासम्ममा मूल्य केही झर्ने विश्लेषण पनि डच बैंकले गरेको छ ।
‘यथार्थमा भारुको अवमूल्यन स्वाभाविक बिन्दुभन्दा बढी भएको छ । भारुको अवमूल्यनले निराशा बढ्दै गएर भारु घट्ने क्रम लामो समय लम्बिन सक्छ, भारत त्यही अवस्थामा प्रवेश गरिरहेको छ’, डच बैंकले भनेको छ । बैंकले मुद्रा अवमूल्यनलाई रोक्न भारत सरकारले अपनाउनुपर्ने विभिन्न उपायबारे पनि सुझाएको छ ।

No comments:

Post a Comment

Nijyumaru Japanese restaurant

Delicious Otoro( blifin fish belly )sashimi mori I have ever try