Friday, 6 September 2013

आशारामको आश्रममा 'यौन-लीला'को खुलास

आशारामलाई प्रहरीले गिरफ्तार गर्दे
जोधपुर (एजेन्सीहरू), भाद्र २१ - भारतका विवादास्पद धर्मगुरु आशाराम बापुको आश्रममा सम्मोहन गर्ने सीडी देखाएर महिला भक्तजनको यौन शोषण हुने गरेको खुलासा भएको छ । उनी रात्रिकालमा गुजरातको अहमदावादस्थित एक विशेष कुटीमा एक्लै महिलासँग भेट्ने गरेको आशारामको आश्रमका सेवक शिवाले प्रहरी बयानमा बताएका छन् । उक्त थलोलाई 'ध्यान कुटी' को नाम दिइएको थियो । ती सम्मोहन सीडीहरू आफूले राखेको आशाराम भक्त शिवाले बताएका छन् ।
हाल यस मुद्दाको छानबिनमा लागेको जोधपुर प्रहरी ती सीडी बरामद गर्न उनको अहमदावाद आश्रममा छापा मार्ने भएको छ । आश्रमभित्र आशारामलाई यौन लीलामा सहयोग गर्ने उनको चेली सञ्चिता गुप्ता -शिल्पी) र सेवक प्रकाश फरार छन् ।
आप्mनै आश्रममा अध्ययनरत नाबालिगसँग बलात्कार गरेको अभियोगमा आश्रम हाल जोधपुर केन्द्रीय कारागृहमा बन्द छन् । उनको जमानतको अपिललाई बुधबार जोधपुर अदालतले खारेज गरेको छ । उनले अहिलेसम्म यसविरुद्ध उच्च न्यायालयमा जाने हिम्मत गरिसकेका छैनन् । उनलाई कारागारभित्र विशेष सुविधा दिइनुपर्नेबारेको अपिल अदालतमा विचाराधीन छ । प्रहरीले आशारामको धार्मिक कार्यक्रमको रेकर्डिङको पनि अध्ययन गर्ने भएको छ । हालसम्मको अनुसन्धानमा उनी रत्तिभर पनि निर्दोष नदेखिएको र उनीविरुद्ध कुनै षड्यन्त्र नभएको  पुष्टि भएको प्रहरीले जनाएको छ । उनको पक्षमा निजी स्वार्थबश धर्मका ठेकेदारहरुले बोले पनि यसले छानबिन र पीडित किशोरीलाई न्याय दिलाउने कार्यमा कुनै बाधा नपुग्ने प्रहरीले जनाएको छ ।
विभिन्न समस्याले पीडित भएर आश्रममा ल्याइएका छोरीचेलीहरूलाई भूत लागेको भन्दै आशारामको गोप्य कुटीसम्म पुर्‍याउने कार्य सेविका शिल्पीले गर्दै आएकी शिवाले प्रहरी बयानमा बताएका छन्् । आशाराम र शिल्पीबीचको अन्तरंग सम्बन्धबारे पनि शिवाले खुलासा गरेका छन् । शिल्पीले युवतीलाई आशारामसँग यौनक्रीडाका लागि मानसिक रूपमा तयार गर्न सक्रिय भूमिका खेल्दै आएकी उनले बताएका छन्् । आशारामले यिनै शिल्पीमार्फत अभिभावकलाई आफ्नी छोरीलाई आश्रममा राख्न वातावरण बताउँदै आएका थिए । भारतभरिका आशारामका आश्रममा हालसम्म १२ युवतीले आत्महत्या र दुई बालकको हत्या भइसकेको छ । प्रहरीले यसबारेमा पनि खोजबिन सुरु गरेको छ ।
यो सबका गुरुयोजनाकार शिल्पी भने आशाराम पक्राउ भएदेखि फरार छिन् ।  महाराष्ट्रमा लुकेर बसेकी उनको प्रहरीले सञ्चारमाध्यममार्फत तस्बिर जारी गरेको छ । उनलाई पक्राउ गर्न प्रहरीले सम्भावित स्थलमा लगातार छापा मारिरहेको छ । आशाराम र शिल्पीले आश्रमको आडमा 'सेक्स र्‍याकेट' सञ्चालन गरेको प्रहरीले जनाएको छ ।
झन्डै ८ हजार करोड भारतीय रुपैयाँबराबरको सम्पत्ति भएका आशारामले यो काण्डलाई दबाउन प्रहरी अधिकारीलाई लगातार पदोन्नति र आर्थिक लाभको प्रलोभन दिइरहेका छन् । जोधपुरका एक इमानदार प्रहरी अधिकृत अजय लाम्बालाई आशारामका प्रचारकले ज्यान मार्ने धम्कीसमेत दिएका छन् ।
आशारामको डाँका र भगौडा अपराधीहरूसँग राम्रो सम्बन्ध भएकोले प्रहरीले निकै सावधानीपूर्वक कारबाही अगाडि बढाइरहेको छ । भारतका स्वतन्त्र धर्मगुरु र सन्त समाजले यौनजन्य घृणित अपराध गर्ने आशारामलाई माफी दिन नहुने बताएका छन् ।
उनी धर्मगुरु नभएर मात्र एक कथावाचक भएको उनीहरूले बताएका छन् । मीठो र लोभ्याउने बोली एवं प्रस्तुति भएका जोकोहीलाई पनि सन्त भनिदिँदा इमानदारपूर्वक साधनमा लागेकाको पनि बद्नामी भइरहेको उनीहरूको धारणा छ ।

No comments:

Post a Comment

Nijyumaru Japanese restaurant

Delicious Otoro( blifin fish belly )sashimi mori I have ever try