Sunday, 8 September 2013

एमाओवादीले सम्पत्ति छानविन प्रतिवेदन सार्वजनिक गर्ने

नेपालगन्ज, भाद्र २३ - एमाओवादीले अमिक शेरचन संयोजकवको सम्पत्ति छानबिन आयोगको सिफारिस अनुरुप केन्द्रीय नेताहरुलाई कारबाही गर्ने भएको छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले केहीदिनभित्रै छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्ने र केन्दीय नेताहरु कारबाहीमा पर्ने बताएका छन् । तर, छानविनपछि बाहिर चर्चा गरिएजस्तो नपाइएको उनले दाबी गरे ।
'केही कमी-कमजोरी त छ । तर, पहिले भनिएजस्तो छैन,' दाहालले भने । नेताहरुले रातारात गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै गत
बर्ष सातौं विस्तारित बैठकमा तीब्र आलोचना भएपछि स्थायी समिति सदस्य अमिक शेरचनको संयोजकत्वमा छानविन समिति गठन गरिएको थियो ।
पोलिटब्यूरो तहका नेताहरु मुछिएकाले एमाओवादीले प्रतिवेदन लुकाएको आरोप लाग्दैआएको छ । मध्य र सुदूरपश्चिमका पार्टी भेलाहरुमा सहभागी हुन आएका अध्यक्ष दाहालले चुनावको मुखमा कारबाही गर्दा केही नेतालाई नमिठो लागे पनि लाखौंलाई खुशी बनाउने भएकाले कारबाही गर्ने बताए ।  
'म व्यस्त भएर हो, ढिला भएको । केही दिनभित्रै प्रतिवेदन सार्वजनिक हुन्छ' उनले आइतबार नेपालगन्जमा पत्रकार भेटघाटमा भने, 'प्रतिवेदन मैले पढिसके । केही नेताहरु र केन्द्रीय सदस्यलाई कारबाही गर्नुपर्ने छ ।' दाहाल थारुवान, भेरी-कर्णाली र सेती-महाकाली राज्यसमितिका कार्यकर्तालाई प्रशिक्षण दिएर आइतबार साँझ काठमाडौं फर्किएका छन् ।

No comments:

Post a Comment

Nijyumaru Japanese restaurant

Delicious Otoro( blifin fish belly )sashimi mori I have ever try