Sunday, 15 September 2013

मावोबादीले लगायो बस मा आगो

काभ्रे, भाद्र ३० - नेकपा-माओवादीका कार्यकर्ताको
बन्दको अवज्ञा गरेको भन्दै यात्रुवाहक बसमा आगजनी गरेका छन । काठमाडौबाट मेलम्ची जाँदै गरेको  बा. २ ख ५६७२ नम्बरको यात्रु बाहक बस धुलीखेलमा राेकेर आगजनी गरेका हुन् । बसमा सवार यात्रु सुरक्षित छन । बसमा लगेको आगो नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको छ । त्यसैगरी एक पत्रकार माथि बन्दकर्ताले आक्रमण गरेका छन ।  बन्दको अवज्ञा गरेर मोटरसाइकल चलाएको भन्दै पत्रकार देवराज केसीमाथि उनीहरुले बनेपामा आक्रमण गरेका थिए । आक्रमणबाट केसीको आँखा नजिकै चोट लगेको छ ।
आगजनी गरिएको बस । तस्विर सौजन्य : दीपक थापा
पत्रकार माथि बन्दकर्ताले आक्रमण गरे लग्त्तै स्थानीय बासिन्दा बन्दको प्रतिकारमा उत्रिएका थिए ।  नेकपा-माओवादीका कार्यकर्ताहरुले स्थानीयको प्रतिकारको प्रतिरोध गर्न  हातमा रड बोकेर सडकमा उत्रिएपछि प्रहरीले उनीहरुलाई लखेटेको थियो ।
ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक आश्विन कुमार गिरीका अनुसार रड बोक्ने आधा दर्जन भन्दा बढी बन्दकर्तालाई पक्राउ गरिएको छ ।
बन्दको प्रभावले जनजिवन पूर्ण रुपमा प्रभावित बनेको छ । भाडाका सवारी साधनहरु चलेका छैनन् । बनेपामा केही पसलहरु भने खुुलेका छन ।
प्रहरीले शान्तिसुरक्षा खलल पार्ने काम गरेको आरोपमा  नेकपा-माओवादीका केन्द्रिय सदस्य चुडामणी गौतम, जिल्ला कमिटी सहसचिव गोपाल घिमिरे, क्षेत्र.न. ४ का इञ्र्चाज गिता रसाइली, अनेरास्ववियू क्रान्तिकारीका जिल्ला उपाध्यक्ष सागर मिजार, राष्ट्रिय युवा जनस्वयम् सेवक नेपालका जिल्ला  इञ्र्चाज खड्ग बहादुर श्रेष्ठ, नेता सागर मैनाली,  लगायतका नेताहरुलाई पक्राउ गरेको छ ।
'प्रहरी प्रशासनले पूर्वाग्रही ढंगले हाम्रो आन्दोलनमा हस्तक्षेप गरे' नेकपा-माओवादीका जिल्ला ईञ्र्चाज दिपक देवकोटाले भने 'प्रहरी पक्राउ गरेका हाम्रा नेताहरु तत्काल रिहा नगरे अझै सशत्त ढंगले आन्दोलन गर्दछौ । त्यसमा अप्रिय घटना समेत हुन सक्छ ।' 
अपडेट
नेपाल राष्ट्रिय तामाङ मुक्ति मोर्चाको केन्दि्रय सदस्य कान्छाराम तामाङ, सुन्तली तामाङ, शहिद परिवार समाजका जिल्ला अध्यक्ष खेजराज न्यौपाने, क्रान्तिकारी टे्रड युनियन महासंघका जिल्ला अध्यक्ष होम बहादुर खुलाल, काभ्रे गाउँ कमिटी सदस्य शिव बहादुर बानियाँ, जनगाल गाउँ कमिटीका स्वयसेवकका अध्यक्ष अर्जुन थापा, बनेपा नगर सेक्रेटरी सौरबराज कायष्थ, कृष्ण सुन्दास, अनिल रायमाझी, नकुलराज परियार, कृष्ण लामा र भीमसेन  घिसिङसहित १७ जना नेकपा-माओवादीका नेता कार्यकर्तालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी भीमकिरण बोगटीले जानकारी दिए । नियन्त्रणमा लिएकालाई के गर्ने भनेर आन्तरिक छलफल भइरहेको छ

No comments:

Post a Comment

Nijyumaru Japanese restaurant

Delicious Otoro( blifin fish belly )sashimi mori I have ever try