Sunday, 1 September 2013

धमाधम खुलेका डेरी उद्योगलाई दूध अभाव

जिल्लामा डेरी उद्योग फस्टाउँदै गएको छ । जिल्लामा दुग्ध डेरी उद्योगको संख्या ३५ पुगेको छ । यहाँ स्थापित डेरी उद्योगहरूमा दूधबाट दही, घिउ, पनिर, आइस्त्रिmम र विभिन्न प्रकारका मिठाई उत्पादन हुन्छ ।
दूधबाट उत्पादित हरेक परिकार स्थानीय बजार, सिरहा, सप्तरी र भारतको दक्षिणवर्ती गाउँमा खपत हुने गरेको जिल्ला डेरी उद्योग व्यवसायी संघका अध्यक्ष रामचन्द्र यादवले बताए । 'सिजनमा प्रत्येक डेरी उद्योगमा हजारदेखि ५ हजार लिटरसम्म दूध दैनिक खपत हुन्छ,' अध्यक्ष यादवले भने ।
गाई-भैंसी पालन गर्ने पुख्र्यौली पेसा भएका यादव समुदायको बसोबास यस जिल्लामा बढी भए पनि डेरी उद्योगीलाई दूधको समस्या छ । किसानले व्यावसायिक रूपमा गाई-भैंसी पालन नगरेकाले जिल्लामा दूधको हाहाकार भएको यादवको बुझाइ छ । दुग्ध विकास संस्थान विराटनगर, उदयपुर, धनुषा र सर्लाहीबाट दूध ल्याउनुपर्ने बाध्यता रहेको यहाँका डेरी उद्योग सञ्चालकको भनाइ छ ।
दूध, दही बढी खपत हुने सिजनमा दैनिक पाउडर दूधबाट दही, दूध बनाएर बेच्नुपर्ने बाध्यता रहेको विष्णु डेरी उद्योगका सञ्चालक सरोज यादव बताउँछन् । 'मुलुकमा उत्पादित सुजल, सफल कम्पनीलगायतका पाउडर दूध उत्पादक कम्पनीहरूले नियमित आपूर्ति गर्न सक्दैनन्,' उनले भने, 'त्यसैले यहाँका डेरी व्यवसायीले भारतीय कम्पनीको सागर, मिल्क फुड, नोभा दूध पाउडरबाट दूध, दही बनाउँछन् ।'
उपभोक्ताको अर्डर पूरा नगरे डेरीको साख गुम्ने डरले पनि पाउडर दूधको प्रयोग बढेको छ । सिजनमा एउटा डेरीमा एक क्विन्टलसम्म पाउडर दूध खपत हुने उद्योगी बताउँछन् । 'पाउडर दूधको प्रयोगमा डेरी व्यवसायीलाई फाइदा छैन तर बाध्यता छ । के गर्नु ?' उनले भने ।
डेरी व्यवसायीले स्थानीय किसानले उत्पादन गरेको दूध सस्तोमा खरिद गर्ने गरेकाले व्यावसायिक रूपमा दूध उत्पादन हुन नसकेको स्थानीय किसान गुनासो पोख्छन् । डेरी व्यवसायीहरूले दूधमा भएको प्रतिपmयाट ७ रुपैयाँको दरमा गाईको दूध प्रतिलिटर ३० रुपैयाँ र भैंसीको दूध प्रतिलिटर ४० रुपैयाँमा मात्रै खरिद गर्ने गरेको स्थानीय नागेश्वर मरिकले बताए । उक्त मूल्यमा दूध बिक्री गरेर किसानलाई फाइदा नहुने गरेको उनले भने । उनले व्यावसायिक गाई-भैंसी पालनका लागि किसानलाई सहजरूपमा ऋण उपलब्ध गराइदिने बैंक नभएको गुनसो पोखे ।
संघका अध्यक्ष यादवले दूधको स्थानीय मूल्य तोक्नुपर्ने बताउँछन् । उनले किसानहरूले नियमित दूध नदिने गरेकाले पनि डेरी व्यवसायी बाहिरबाट दूध खरिद गर्न बाध्य भएको बताए । डेरी उद्योगहरूमा आवश्यक उपकरण, दक्ष जनशक्तिको अभाव र बैंकहरूले सहज रूपमा ऋण उपलब्ध नराइदिने गरेको उनले गुनासो पोखे ।
जिल्लामा ३५ वटा डेरी उद्योग स्थापना भएका छन् । थप एक दर्जन डेरी उद्योगहरू खुल्ने तयारीमा रहेको पशु कार्यालय सिरहाले जनाएको छ । ती उद्योगमा १५ लाखदेखि एक करोड लगानी भएको कार्यालयको भनाइ छ । यादवले जिल्लामा स्थानीय जातका दूध दिने गाई ६४ हजार ९ सय ४५, उन्नत जातका दूध दिने गाई तीन हजार नौ सय ५३ र भैंसी स्थानीय जातका ४३ हजार ९ सय ९० र उन्नत जातका २० हजार आठ सय ९२ वटा रहेको बताए । उनले जिल्लामा गत आर्थिक वर्षमा ५५ हजार दुई सय ५१ टन दूध उत्पादन भएको बताए ।


No comments:

Post a Comment

Nijyumaru Japanese restaurant

Delicious Otoro( blifin fish belly )sashimi mori I have ever try