Monday, 9 September 2013

पुराक्क्को रिजल्ट आयो 61% पास


काठमाडौ, भाद्र २४ - परीक्षा नियन्त्रण कार्यालयले एसएलसी पुरक परीक्षाको रिजल्ट सोमबार बिहान प्रकाशित गरेको छ । २०६९ सालको एसएलसी परीक्षामा अनुतिर्ण भएकाहरुका लागि साउनमा पुरक परीक्षा लिइएको थियो । परीक्षा नियन्त्रक खगराज बरालका अनुसार पुरक परीक्षामा सहभागी मध्ये ६० प्रतिशत परीक्षार्थी उतिर्ण भएका छन् । कुल १ लाख ११ हजार ७ सय २४ परीक्षार्थी सहभागी भएकोमा ६७ हजार ५१ जना उतिर्ण भएका छन् । बरालका अनुसार उतिर्ण मध्ये ३४ हजार १ सय ४३ छात्रा र ३२ हजार ९ सय ८ जना छात्र छन् । रिजल्ट परीक्षा नियन्त्रण कार्यालयको वेभ साइटमा हेर्न सकिन्छ ।

राससका अनुसार पूरक परीक्षामा विशिष्ट श्रेणीमा उत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या शून्य तथा प्रथम श्रेणीमा एक हजार ६१०, द्वितीय श्रेणीमा ४८ हजार ८६७ र तृतीय श्रेणीमा १६ हजार ५७४ जना उत्तीर्ण भएका छन् ।
नेपाल टेलिकमको आइभिआर पद्धतिको १६०० मा डायल गरी प्राप्त निर्देशनबमोजिम नतिजा सुन्न सकिने व्यवस्था गरिएको छ ।

No comments:

Post a Comment

Nijyumaru Japanese restaurant

Delicious Otoro( blifin fish belly )sashimi mori I have ever try