आश्विन २४ - एमाओवादीका उम्मेदवार प्रेमबहादुर तामाङलाई भोट माग्ने क्रममा एकजनाले थप्पड हिर्काएका छन् ।
दोस्राे संविधान सभा चुनावको लागि र्यालीसहित निस्केका उम्मेदवार तामाङलाई सदरमुकाम धुन्चे ८ मा रुद्रगंगा होटल अगाडि तामाङले थप्पड खाएको स्थानीयले बताए ।
उनलाई राम तितुङले जनताको काम गर्न नसकेर आरोप लगाउदै थपड हानेका हुन् ।
एमाओवादीले यस विषयमा केही जानकारी दिन चाहेको छैन् । उम्मेदवार तामाङ तल्लो क्षेत्र बेत्रावती, कालिकास्थान, घुम्ती, राम्चे, ठाडे हुदै जुलुस लिएर सदरमुकाम पुगेका थिए ।
उनी नाराजुलुस सहित स्याफ्रु, गत्लाङ, गोल्जुङ, चिलिमेहुँदै सीमा टिमुरेका स्थानीयवासीसँंग भेटघाट र दसैको शुभकामना दिंदै भोट माग्न निस्केका थिए ।
No comments:
Post a Comment