Saturday, 7 September 2013

गिर्रफ्तारिलाई छोड्न दबाब नछाडे आन्दोलन :: सापकोटा

एमाओवादी प्रवक्त अग्नी सापकोटाले फुजेल हत्या काण्डमा संलग्न भएको आशंकामा गरिफ्तार गरिएका आफ्ना कार्यकर्तालाई नछाडिए आन्दोलनको कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् । सञ्चारकर्मीसँगको नियमित भेटघाटका क्रममा सापकोटाले गिरफ्तार गरिएका रामप्रसाद अधिकारी हत्यामा संलग्न नभएको दाबी गरे ।
'उनी घटनामा संलग्न होइनन्', सापकोटो भने,'यो कुरा सत्य निरुपण तथा मेलमिलाप आयोगले टुंग्याउनुपर्छ ।' उनले पुरानो कुरा कोट्याएर सरकारले नै चुनावी वातावरण बिथोल्न खोजेको आरोप लगाए । 'पुराना कुरा व्यूँताएर सरकारले निर्वाचनको वातावरण बिगार्न खोजेको जस्तो देखियो', उनले दाबी गरे ।
शुक्रबार आफ्ना कार्यकर्ता पकाउ परेपछि एमाओवादीले शनिबार बिहान ८ देखि १२ बजेसम्म उपत्यकासहित गोरखा र चितवन जिल्ला बन्दको आयोजना गरेको थियो । सापकोटाले तीजको बेलामा बन्द आयोजना गर्नु पार्टीको बाध्यता भएको प्रष्ट्याए ।
द्वन्द्वकालमा मारिएका आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारवाहीको माग गर्दै नन्दप्रसाद र गंगामाया अधिकारी ५६ दिनदेखि आमरण अनशन मा छन् । अधिकारी दम्पति अचेत भएपछि हाल वीर अस्पतालको आईसीयूमा राखिएको छ । उनीहरुले हत्यारालालाई कारवाही नभएसम्म अनशन नतोड्ने बताउादै आएका छन् ।


No comments:

Post a Comment

Nijyumaru Japanese restaurant

Delicious Otoro( blifin fish belly )sashimi mori I have ever try