काठमाडौ, भदौ २४- भारतीय टेलिभिजन च्यानल जीटिभीले बुद्ध नेपालमै जन्मिएको स्विकार गरेको छ । नेपालीको चर्को विरोधपछि उसले आफ्नो बेवसाइटमा बुद्ध भारतमा जन्मिएको भन्ने विज्ञापन सच्याएको छ। टेलिभिजनको वेबसाइटमा राखिएको सिरियलको प्रोमो सच्चाएर बुद्व नेपालमा जन्मिएको लेखेको छ। टीभीले नयाँ सिरियल बुद्वमा भगवान गौतम वुद्व भारतमा जन्मिएको भन्दै भ्रामक सन्देश फैलाएको थियो । विरोधलाई ध्यानमा राख्दै नेपालमा भने बुद्धको प्रशारसण बन्द गरिएको थियो। नेपाल केवुल टेलिभिजन एसोसिएसनले सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै १ घण्टाको लागी प्रशारण काटिएको बताएको थियो। बुद्धको प्रसारण अघि त्यसका निर्माता एवं कलाकारहरुले सिद्धार्थ गौतमको जन्म, ज्ञानप्राप्ति एवं महापरिनिर्वाण भारतमा भएको सार्वजनिक अभिव्यक्ति दिएका थिए। यसअघि टेलिसिरीयलका कलाकार कविर बेदीले बुद्ध भारतमा जन्मिएका हुन् भन्ने आफ्नो भनाइ सच्याउँदै ट्विटरमार्फत् माफी मागेका थिए। छुट्यो कि ?
Subscribe to:
Post Comments (Atom)
-
photo by: Nijyumaru Japanese Restaurant (Flsforever) Japanese cuisines are just so popular in Malaysia, and the number of Japanese res...
-
१३ असोज, काठमाडौं । अहिलेको नेकपा एमाले अर्थात् पञ्चायतकालको नेकपा (माले) अहिलेको वैद्य माओवादीभन्दा बढ्ता उग्र थियो । ०३७ सालमा जनमत संग...
.jpg)
No comments:
Post a Comment