काठमाडौं, भाद्र २६ - साफ च्याम्पियनसिपको उपाधि अफगानिस्तानले जितेको छ । अफगानीस्तानको यो पहिलो अन्तर्राष्ट्रिय उपाधि हो ।
काठमाडौंस्थित दशरथ रंगशालामा बुधबार साँझ भएको फाइनलमा भारतलाई २-० ले हराउँदै अफगानिस्तानले उपाधि कब्जा गरेको हो । अफगानिस्तानले भातरसँग सातौं साफ च्याम्पियनसिपको बदला लिएको हो ।
भारतसाग भएको छैठौ भेटमा अफगानीस्तानले पहिलो पटक जित हात पारेको हो । यअसघिको ५ वटा भेटमा चार पटक हार व्यहोरेको अफगानीस्तानले भारतलाई एक पटक बराबरीमा रोकेको थियो ।
अफगानिस्तानले नवौं मिनेटमै गोल गरेर अग्रता लिएको थियो । अफगानिस्तानका बेलाल अरेजुको पासलाई सदुपयोग गर्दै मुस्ताफा अज्दजुले गोल गरे । अर्को गोल ६२ औं मिनेटमा सञ्जर अहमादीले गरे । अफगानिस्तानले खेलअवधिभर भारतलाई दबाबमा राख्यो ।
भारतले पटक पटकको अवसर सदुपयोग गर्न सकेन ।
सातौं संस्करणको साफ च्याम्पियनसिपमा भारतले अफगानिस्तानलाई ४-० ले हराएको थियो । त्यतिबेलाको खेल पनि रोचक थियो, अफगान गोलरक्षकले रातो कार्ड पाएर बाहिरिएपछि भारतले अन्तिम २० मिनेटमा लगालग गोल गरेको थियो ।
फिफा बरीयतामा अफगानिस्तान १ सय ३९ औं स्थानमा छ भने भारत १ सय ४५ औं स्थानमा छ ।
सातौं संस्करणको फाइनलमा भारतले नयाँदिल्लीमा अफगानिस्तानलाई ४-० ले हराएको थियो । अफगान गोलकिपरले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि अन्तिम २० मिनेटमा भारतले चारै गोल गरेको थियो ।
युरोपेली क्लबमा आबद्ध ५ सहित विदेशी लिग खेल्ने नौ खेलाडी अफगानी टिममा समावेश छन् । उसले सन् १९९७, १९९९, २००५, २००९ र २०११ मा उपाधि कब्जा गरेको थियो ।
No comments:
Post a Comment