Sunday, 1 September 2013

खनाललाई काठमाडौं- ९ बाट सिफारिस

भाद्र १६ - एमाले अध्यक्ष झलनाथ खनाललाई काठमाडौं क्षेत्र नम्बर- ९ बाट पनि उम्मेदवारका लागि सिफारिस गरिएको छ ।
९ नम्बर क्षेत्रीय कमिटीले खनाललाई पहिलो नम्बरमा राखेर सिफारिस गरेको हो । उनीपछि कृष्णगोपाल श्रेष्ठको नाम छ ।
..............
एमाले अध्यक्ष झलनाथ खनाल संविधानसभा- २ का लागि इलामबाट सर्वसम्मत भएनन् । सर्वसम्मत नभएपछि खनालसहित पाँच जनाको नाम सिफारिस भएको छ ।
विघटित संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ भने क्षेत्र नं. २ बाट सर्वसम्मत भएका छन् । पार्टीले पाँच जनाको नाम सिफारिस गर्न सर्कुलर गरे पनि नेम्वाङलाई सर्वसम्मत सिफारिस गरिएको हो ।
क्षेत्र नं. १ बाट सर्वसम्मत हुन नसकेपछि एमाले अध्यक्ष खनालसहित काजीमान कागते, बीरबहादुर लाप्चा, खिनु लङ्वा, र रत्न अधिकारीको नाम सिफारिसमा परेको छ ।
यस्तै क्षेत्र नं. ३ मा पनि सहमति नजुटेपछि महेश वस्नेत, भक्त केसी, टेकवहादुर राई, कृष्ण श्रेष्ठ र पदम भण्डारीलाई सिफारिस गरिएको छ ।
चुनावी सरगर्मी बढ्यो
राष्ट्रिय राजनीतिमा सकृय रहेका नेताहरु भएको जिल्लामा चुनावको सरगर्मी बढ्दै गएको छ । अघिल्लो संविधान सभाको निर्वाचनपछि जिल्लाका तीन क्षेत्रबाट निर्वाचितहरु संविधानसभा अवधीभर कुनै न कुनैरुपमा 'निर्णायक' थिए ।
पहिलो संविधानसभामा प्रत्यक्षतर्फ क्षेत्र नं. १ बाट एमाले अध्यक्ष झलनाथ खनाल, क्षेत्र नं. २ बाट एमालेकै सुवासचन्द्र नेम्बाङ र क्षेत्र नं. ३ वाट कांग्रेस नेता कुलबहादुर गुरुङले जितेका थिए । फेरि पनि तीनै जनाको उम्मेदवारी पर्ने निश्चितप्रायः छ ।
गुरुङ संविधान सभाको पहिलो वैठकमा जेष्ठ सभासद्को नाताले गणतन्त्र घोषणा गरेका थिए । यसबीचमा एमाले अध्यक्ष खनाल प्रधानमन्त्री बने भने नेम्बाङ सभाध्यक्ष भए ।

No comments:

Post a Comment

Nijyumaru Japanese restaurant

Delicious Otoro( blifin fish belly )sashimi mori I have ever try